पशु सेवा केन्द्रको स्वरुप फेरियो,सेवा पुरानै

  • भदौ १०, २०७८
  • "गोबिन्द बस्नेत"
alt

धरान/ पशुमा लाग्ने रोगको निराकरणसंगै पशुपालक कृषकको जीवन स्तर उकास्ने उद्देश्यले स्थापित धरान स्थित पशु सेवा शाखाको स्वरुप परिवर्तन भयो, तर सेवाको प्रकृति भने पुरानै शैलिमा छ ।

नगरमा भएका पशु कृषकको समस्या समाधानार्थ सञ्चालनमा आएको पशु सेवा शाखा विगतमा संघीय सरकार मार्फत सञ्चालन थियो । तर संघीयता आएसँगै अहिले स्थानीय सरकार मातहत सञ्चालन भइरहेको छ । तर पनि कामको प्रकृति भने पहिला जस्तो थियो अहिले पनि उस्तै नै छ ।

नेपाल सरकार मातहतको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकहरुलाई आइ पर्ने समस्याको समाधानका लागि संचालनमा छ । शाखा १५ बर्ष अगाडि संघीय सरकार मार्फत धरान ८ बरगाछीमा सानो कोठामा सञ्चालनमा आएको थियो । त्यसबेला कृषकहरुले आफूले पालेको पशुमा कुनै समस्या आए उपचारसँगै परामर्श दिने गरेको थियो । तर अहिले यो शाखा धरान उपमहानगपालिकामार्फत सञ्चालनमा रहेको छ ।

धरान १३ कृषि उपज बजारमा आफ्नै भवनमा यो शाखा सञ्चालनमा छ । यसले पशु प्रजनन नश्ल सुधार, पशुमा कृत्रिम गर्भाधान, पश पालनसम्बन्धी जनचेतनामूलक कार्यक्रम, पशुपालन सम्बन्धी तालिमका साथै रोग नियन्त्रणका लागि विभिन्न खोप कार्यक्रम सञ्चालन गर्ने गरिएको पशु सेवा शाखाका पशु विकास अधिकृत महेन्द्र कुमार पैकराले बताए । उनले भने, ‘पशुमा लाग्ने मुख्य रोग निराकणमा यो शाखाले काम गर्छ यसका साथै विभिन्न रोगका खोप कार्यक्रम सञ्चालन र पशु कृषकलाई सचेतनात्मक तालिम दिँदै आएका छौं ।’
उनका अनुसार अहिलेसम्म यो शाखाले धरान उपमहानगरपालिकाका २० वटै वडामा रहेका पशु कृषकहरुका समस्या समाधान गर्नका लागि ल्याब नभएका कारण कुनै समस्या आइहालेमा पशुको रगत संकलन गरेर विराटनगर तथा काठमाण्डौ पठाउने गरको बताए । शाखाले पशुहरुको व्यवस्थित उपचारका लागि धरान ६ पानमारामा सम्पर्क स्थान समेत राखिदिएको छ । यसले धरानको वडा नंं ४, ५ र ६ हेर्ने गर्छ । जटिल समस्या भएमा मात्र यी वडाहरुका लागि धरान शाखाले हेर्ने गरेको छ । अहिलेसम्म पशु उपचारमात्र ८ हजार भन्दा बढी गरेको शाखाको तथ्यांकमा उल्लेख छ भने पशुमा लाग्ने खोरेत रोग लगायत अन्य खोप १५ हजार भन्दा बढी पशुमा लगाइएको छ ।

237209719_4419024271454324_

पशु शाखाले अझ व्यवस्थित गर्न भविष्यमा यही ल्याव सञ्चालन गर्ने योजनामा रहेको छ भने पशुको विभिन्न प्रकारका शल्यक्रिया पनि यहीबाट गर्ने तयारीमा रहेको छ ।
अहिले भने उपचार, पशु सम्बन्धी प्राविधिक ज्ञान, रोगको पहिचानको सामान्य ज्ञान लगायतका कुराहरु कृषकलाई सिकाइने पशु चिकित्सक विर्खराज राईले बताए । उनले कृषकहरुको पशु पालनमा सहयोग पु¥याउन संघीय सरकारले स्थानीय सरकारलाई दिएको ५ लाख बजेट र अन्य बजेटबाट यो शाखा सञ्चालनमा रहेको बताए । उनले भने, ‘कम बजेटका बाबजुद पनि हामीले कृषकलाई भरपुर सहयोग पु¥याएका छौं ।’

यसमा स्थानीय सरकारले पनि भरपुर सहयोग पु¥याएको बताउने गरेको छ । धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले स्थानीय सरकारले पनि पशुपालक कृषकलाई सहयोग पु¥याएको बताउदै शाखा मार्फत पशु सम्बन्धी हरेक गतिविधि अगाडि बढाइदै आएको बताए । उनले भने, ‘पशुपालकलाई प्राविधिक ज्ञान, पशुको रोगको निदान र उपचार यो शाखाले गर्छ भने कृषकलाई चाहिने अन्य सहयोग उपमहानगरपालिकाले गर्छ ।’ देशमा संघीयता आएसंगै सर्वसाधारणको सहजका लागि स्थानीय स्तरबाटै कृषकको जीवनस्तर उकास्न हरेक कार्यक्रम ल्याएको छ । विगतमा संघीय सरकार मार्फत सञ्चालन भएको पशु सेवा शाखा स्थानीय सरकारमा आए पनि कार्यशैलीमा भने खासै परिवर्तन भएको पाइदैन । स्थानीय स्तरबाट नै कृषकहरुलाई सहयोग गर्ने स्थानीय सरकारको नीति भएपनि नगरमा कति पशुपालक कृषक छन् भन्ने तथ्यांक स्थानीय सरकार छैन ।

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved