पद जोगाउन रजिष्ट्रार शक्तिकेन्द्र धाउँदै

  • भदौ ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ वीपी सुधार आन्दोलनले पद नै धरापमा पारे पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी पद जोगाउन शक्तिकेन्द्र धाउन थालेका छन् ।

शुद्धीकरणको आन्दोलनमा होमिएका संयुक्त संघर्ष समितिको आन्दोलनको मुख्य मुद्दा नै चारजना पदाधिकारीको राजीनामा भएकोले पछिल्लो समय पदाधिकारीको विषयमा सम्बन्धित निकायले छानविनलाई तिब्रता दिएपछि उनी अत्तालिएको प्रतिष्ठानकै एक बरिष्ठ चिकित्सक बताउँछन् । विगतदेखि नै सत्ताको नजिक हुन चाहने रजिष्ट्रार रेग्मी केपीको ओलीको सरकार हुँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ७ करोड बुझाएको चर्चा चलेको छ । पछिल्लो पटक उनी शक्तिकेन्द्रमा धाउनुले पनि उनी सत्ताको नजिक भएर आफ्नो पद जोगाउन तल्लिन भएको प्रष्ट पारेको छ ।

प्रतिष्ठानका एक कर्मचारी भन्छन्, ‘रजिष्ट्रार रेग्मी यति चलाख छन् कि विगतमा उनी आफू टिकिरहन नेपाली कांग्रेस सत्तामा हुँदा सदस्यता लिने, मधेशी दल सत्तामा आउ“दा सोही दलको सदस्यता लिने, नेकपा सत्तामा हुदा नेकपाको सदस्यता लिने मात्र हैन नेकपाकै कार्यक्रममा सहभागी हुने लगायतका गतिविधि गरिरहेका छन् ।
केही समय अगाडि इनरुवामा भएको मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा सहभागी भएका थिए । उनी शक्तिकेन्द्रको पछि लाग्न माहिर रहेको स्पष्ट हुन्छ ।’ उनका अनुसार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उनलाई रजिष्टार बनाए पछि मन्त्रिपरिषद् नै परिवर्तन हुन लागेको थाहा पाउना साथ धनकुटाका कांग्रेस नेता सुनिलबहादुर थापा र चितवनका राजेश्वर खनाल मार्फत आफू काँग्रेसी भएको दाबी गर्न समेत पछि परेनन् ।

आफ्नो पद धरापमा परेपछि उनी केही समय अगाडि धरानका एक व्यापारीलाई लिएर नव गठित मन्त्रिपरिषद्का मन्त्रीहरुलाई चाकडी गर्न काठमाण्डौसम्म पुगेको स्रोतले बताएको छ । उनले चितवनका एक कांग्रेस नेतालाई समातेर स्वास्थ्य राज्यमन्त्री उमेश ढकाललाई भेट्न थेरै कोसिस गरेको ती कर्मचारीले बताए । तर राज्यमन्त्री ढकालले भेट नदिई राजीनामा दिएर प्रतिष्ठानको अराजकता हटाउनमा सहयोग गर्न रेग्मीलाई भनेको ती कर्मचारीले बताए ।

पछिल्लो पटक उनी धरान १८ मा रहेको ड्रिमल्याण्ड होटलमा माधव खेमाको कार्यक्रममा समेत अनुहार देखाएको त्यहा उपस्थिति एक मजदुर नेताले बताए । उनले भने, ‘रेग्मी त्यहा आएका थिए, कार्यक्रम सकिएको थियो, बाहिर नै बसेर कफी पिएर फर्किए ।’

शुद्धीकरणको माग गर्दै आन्दोलनमा उत्रिएका संयुक्त संघर्ष समितिले माग पूरा नहुन्जेल आन्दोलनलाई जारी राखेको समयमा रजिष्ट्रार रेग्मी भने आफ्नो पद बचाउन शक्तिकेन्द्र धाइरहेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved