सुनसरी/ सयम भित्रै निर्माण कार्य सम्पन्न गर्न नसकेका रानी इटहरी इटहरी, धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको ६ लेन सडकका ठेकेदार कम्पनी कारवाहीमा परेका छन् ।
सडक आयोजनाले ३ वटा ठेकेदार कम्पनीलाई कारवाही गरेको हो । कारबाहि पर्नेमा गिताञ्जिलली जेभिलाई २ करोड ४० लाख, पप्पु जेभि कन्ट्रक्सनलाई १ करोड ४० लाख र कान्छाराम जेभिलाई २ करोड ३२ लाख जरिवाना गरेको छ । २०६९÷७० मा सम्झौता भई काम भईरहेको सडक आयोजना मोरङको रानी देखि सुनसरीको धरान सम्मको ४४ किलोमिटर सडकका लागि १७ ओटा निर्माण ठेकेदारले काम गरिरहेका छन् ।
१० अर्ब ९८ करोड लागतमा निर्माण भईरहेको सडक २०८० साल सम्म सक्नु पर्ने जिम्मेवारी पाएका निर्माण कम्पनीले समयमा काम नसक्दा निर्धारित समयमा काम नसकिने देखिएको छ ।
रानी देखि धरान सम्मको सडक निर्माणमा ७ स्थानमा कान्छाराम कन्ट्रक्सन, ४ स्थानमा ढुण्डीरमण, २ स्थानमा आशिष कन्ट्रक्सन, रौता कन्ट्रक्सन, पप्पु जेभि कन्ट्रक्सन, गिताञ्जिलली जेभि र प्यासिफिक निर्माण कम्पनीले १÷१ स्थानमा काम गरिरहेका छन् । तर ठेक्का पाएका कम्पनीले हाल सम्म कुनै स्थानको पनि काम सम्पन्न गर्न सकेका छैनन् । समयमा ठेक्कापट्टा नलाग्नु, सडक छेउमा भएका संरचना हटाउन नसक्दा सोचे अनुसारको काम नभएको सडक आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए । उनले जग्गाको मुआब्जा विवादले समयमै ठेक्का लगाउन नसकेको बताए ।
सडक विस्तारको काम हाल सम्म ७५ प्रतिशत सम्पन्न भएको छ । सुनसरीको इटहरी देखि तरहरा सम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । तरहरा देखि धरानको तिनकुने सम्म साढे ९ किलोमिटर सडक गत वर्ष मात्रै ठेक्का लागेर काम भईरहेको छ । दुहबी र धरान मुख्य बजारमा अहिले सम्म ठेक्का लाग्न
सकेको छैन । तर आयोजनाले समयमै काम सक्ने बताउँदै आएको छ । काम सुस्त हुदाँ हुदै पनि सडक डिभिजनले भने गत वर्ष देखि नै कामले तिब्रता पाएकाले अब काम अघि बढ्दै आएको बताउँछन् ।