समाचार

    Showing 691-700 of 10,268 items.
  • मेचिनगर क्षयरोगमुक्त पालिका घोषणाको तयारीमा

    झापा/ बिगत तीन वर्षयता मेचीनगर नगरपालिकाले सञ्चालन गरेको घरदैलो खोजपड्ताल अभियानमार्फत ६६१ जना क्षयरोगी फेला परेका छन्। तीमध्ये ९४ प्रतिशत संक्रमित उपचारपछि पूर्ण रूपमा रोगमुक्त भएका छन्। मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ भित्र मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्यसहित अभियान तीव्र बनाएको छ। यसैअनुसार स्वास्थ्य शाखाले घर–घरमै पुगेर क्षयरोगीको पहिचान, उपचार र निरन्तर निगरानी गर्दै आएको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन्। उनका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामै ४६ जना नयाँ क्षयरोगी पहिचान भएका छन्। अघिल्ला व

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरको १२५ औँ ‘धरान डे’ पुस २० मा मनाइने

    धरान/ धरान उपमहानगरपालिकाको १२५ औँ स्थापना दिवस ‘धरान डे’ यस वर्ष पुस २० गते मनाइने भएको छ। उपमहानगरपालिकाले यो अवसरमा धरानमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार बसेको बैठकले निर्वाचन आचारसंहिता र गृह मन्त्रालयको निर्देशनका कारण ‘धरान डे’ सीमित कार्यक्रमका साथ एकदिन मात्र मनाउने निर्णय गरेको हो। यसअघि यो पर्व पाँच दिनसम्म मनाइँदै आएको थियो। कार्यक्रम अन्तर्गत करदातालाई सम्मान गर्ने विशेष कार्यक्रम पनि आयोजना गरिने उपमहानगरपालिकाले जनाएको छ।  पुस २० गते सो दिन १० बजे भेला भएर ११ बजे विभिन्न जातजातिको झाँकीसहितको र्‍याली निकालिने भएको छ । पब्लिक

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 624 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा गोली चलाउँदा एक जनाको निधन,स्थानीय आक्रोशित

    धरान/ सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको छ। गएराति करिब १ बजे सशस्त्र प्रहरी बलको बेस क्याम्प(बीओपी) लौकहीले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए। प्रहरीका अनुसार भारतबाट चिनी लोड गरी सिटी सफारीमार्फत नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा साहमाथि गोली प्रहार गरिएको हो। मृतक साहले आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी भारतबाट नेपाल ल्याइरहेका थिए। तस्करी नियन्त्रण गर्ने क्रममा गोली चलाउनु परेको सशस्त्र प्रहरीको दाबी छ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 521 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भेडेटारलाई पर्यटन हब बनाउने सरकारको तयारी

    धरान/ कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले भेडेटारलाई पूर्वी नेपालको प्रमुख पर्यटन हबका रूपमा विकास गर्ने सरकारको तयारी रहेको बताएका छन्। भेडेटारजस्ता पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचार–प्रसार गर्न सके पर्यटन प्रवर्द्धनसँगै राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ। कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा १३औँ संस्करणको भेडेटार फुड एण्ड फेस्टिवल सुरु भएसँगै भारतीय पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढेको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर होटल एशोसिएसन भेडेटारले आयोजना गरेको महोत्सवले विशेषगरी भारतको बिहार र पश्चिम बंगाल क्षेत्र

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 442 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरी युथ ओपन क्र्यु को क्याम्प

    सुनसरी/ इटहरी युथ ओपन क्र्युको आयोजनामा मोरङ को केराबारि को पर्यटकीय स्थल जेफालेमा दुई दिने (पौष १४ र १५ गते) ‘एक राते क्याम्प’ तथा रोभर रेन्जरहरूको पदोन्नति कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आवश्यक पाठ्यक्रम पूरा गरेका रोभर रेन्जरहरूलाई यस विशेष कार्यक्रमका बीच पदोन्नति गरिएको हो। जसअन्तर्गत योग्य सहभागीहरूलाई ‘पूर्ण रोभर रेन्जर’ र ‘स्क्वायर ब्याएज’ प्रदान गरियो। रोभरहरूलाई रोभर लिडर डिल्ली कुमार शर्मा र रेन्जरहरूलाई रेन्जर लिडर बन्दना दाहाल बस्नेतले दीक्षान्त तथा पदोन्नति गराउनुभएको थियो। पदोन्नति कार्यक्रमका साथै क्र्युले सामाजिक उत्तरदायित्व अन्तर

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 373 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालय जाँदै गरेकी नाबालिगमाथि यौन दुर्व्यवहार, एक जना पक्राउ

    झापा/ झापाको भद्रपुर नगरपालिका–१ मा विद्यालय जाने क्रममा एक नाबालिगमाथि यौन दुर्व्यवहार भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८२ साल पुस १३ गते बिहान करिब १० बजे विद्यालयतर्फ जाँदै गरेकी १४ वर्षीया नाबालिगलाई बाटोमै रोकी जिस्क्याउने तथा अश्लील हर्कत गरी हैरानी दिएको उजुरी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा भद्रपुर नगरपालिका–१ निवासी करिब ४० वर्षीय मंगल टुडुलाई मिति २०८२ साल पुस १४ गते इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो। प्रह

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 406 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी घोषणा सभा पौष १९ मा

    धरान/  जेनजी युवाशक्ति, सहिद परिवार, घाइते तथा सचेत नागरिकहरूको पहलमा स्थापना भएको राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी जिल्लाको घोषणा सभा यही पौष १९ गते धरानको भानुचौकमा आयोजना गर्ने भएको छ। जिल्लाभरिका पार्टी नेता–कार्यकर्ता र शुभेच्छुकको बृहत् उपस्थितिमा हुने सभामा पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार तथा नीति–कार्यक्रमबारे स्पष्ट धारणा सार्वजनिक गरिने पार्टीले जनाएको छ। पार्टीका सुनसरी जिल्ला अध्यक्ष युमेन हाङ राईका अनुसार अन्य जिल्लामा घोषणा सभा सम्पन्न भइसकेको र सुनसरीको कार्यक्रम विशेष महत्वका साथ आयोजना गर्न लागिएको हो।घोषणा सभा पार्टीका केन्द्रीय अध्यक्ष र

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 419 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भव्य रूपमा मनाइयो कुलुङ जातिको महान चाड ‘चाक्चाकूर’

    धरान/  किरात कुलुङ जातिको सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको महान चाड मीनारी दाचाम चासुमलो निङदोङ् (चाक्चाकूर–२०८२)तथा यले दोङ्–५०८६ को अवसरमा धरान–५ देविगाउँस्थित कुलुङ संघको भवनमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना किरात कुलुङ भाषा उत्थान संघ, सुनसरी ले गरेको थियो भने संघका अध्यक्ष आईत राम राजिती ले उपस्थित सबैलाई स्वागत गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघा ले चाक्चाकूर केवल कुलुङ समुदायको मात्र नभई समग्र राष्ट्रकै गौरवमय सांस्कृतिक पर्व भएको उल्लेख गर्दै संस्कृतिक पहिचान नै समुदायको मेरुदण्ड भएक

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 605 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमीका प्रिन्सिपल राई सम्मानित

    धरान/ धरान खेलकुद महोत्सव–२०८२ को समापन समारोहका अवसरमा आयोजक धरान खेलकुद मञ्चले धरान–१२ स्थित सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईलाई आईतवार सम्मान गरेको छ। धरानमा विशेषगरी फुटबल र कराते खेलको विकासमा सुनाखरी एकेडेमीले पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि धरान–१६ का वडा अध्यक्ष मुरारी भट्टराई र धरान खेलकुद मञ्चका अध्यक्ष एवं एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राईले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।  सुनाखरी एकेडेमीले कराते विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यार्थीहरू सहभागी गराउँदै उल्लेखनीय सफलत

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 372 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान स्कुल डान्सिङ स्टारको कल्चर राउन्ड सम्पन्न

    धरान/फङ्क फ्युजन डान्स एकेडेमीको आयोजनामा भइरहेको धरान स्कुल डान्सिङ स्टार सिजन–३ अन्तर्गत दोस्रो चरणको कल्चर राउन्ड अडिसन सम्पन्न भएको छ। अडिसनबाट ४१ जना प्रतियोगीहरू आगामी चरणका लागि छनोट भएका छन्। विद्यार्थीहरूको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगिताको कल्चर राउन्डमा सहभागीहरूले नेपाली मौलिक संस्कृति, परम्परा र पहिचान झल्कने नृत्य प्रस्तुत गरेका थिए। यस चरणको निर्णायकको भूमिकामा सुरेश राई रहेका थिए। फङ्क फ्युजन डान्स एकेडेमीका सञ्चालक सागर राईका अनुसार प्रतियोगिता चार चरणमा सञ्चालन हुने छ । जसअन्तर्गत अडिसन राउन्ड र कल्चर राउन्ड सम्पन्न भइसकेका छन् भने अब मोड

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved