सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ । पार्टी प्रचारप्रसार उपसमितिले विहिबार इटहरीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । जिल्ला सदरमुकाम इनरुवा स्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवम् साँगठानिक अवस्थाको बिचार, विमर्श र विश्लेषण गर्ने पार्टी जिल्ला अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए । अधिवेशनलाई पौष २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने छन् । प्रचारप्रसार उपसमितिक
धरान/ नेपालमा सर्वाधिक बिक्री हुने सुचीमा रहेको बजाज मोटरसाइकलको धरान स्थित आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आइतबार देखि शुरु भएको एक्सचेन्ज एन्ड अपग्रेड महामेला ४ दिन थप भएको छ । अटोको आफ्नै सोरुम परिसरमा ग्राहकको अधिक माग भए पछि अंग्रेजी नयाँवर्ष २०२२ को अवसरमा धरानमा आइतबार देखि बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला आउँदो सोमबार सम्म समय थप भएको आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्स अटोका सञ्चालक अर्विन तामाङले जानकारी दिए । आइतबार देखि १५ गतेसम्म हुने महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्यांकन, बजार मूल्यभन्दा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सक
धरान । धरान उपमहानगरपालिकाले नौ जना नगर प्रहरीहरुलाई दर्जांनी चिन्ह प्रदान गरिएको छ । विहीबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले नगर प्रहरी ४ जना र बारुणयन्त्र शाखामा कार्यरत ५ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मेयर तिलक राईले दज्र्यानी चिन्ह प्रदान गर्दै बढुवा भएका नगर प्रहरीहरुलाई इमान्दारिता र कर्तव्यनिष्ठ भई नगरको सुरक्षामा खटिन निर्देशन समेत दिउका थिए । नगर प्रहरी निरिक्षक विष्णु कोईरालाका अनुसार ४ जना नगर प्रहरी हवल्दारबाट असईमा बढुवा भएका हुने भने बारुणयन्त्र शाखामा कार्यरत ५ जना हवल्दारबाट जम्दारमा बढुवा भएका हुन् । नगर प्र
धरान/ नेपाल युवामाझ निकै चर्चित र्यायर आशिष राना पक्राउ परेका छन् । युवामाझ लाउरे उपनामले परिचित राना बुधबार बेलुका पोखराबाट पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनलाई लागुऔषध मुद्धामा बुधबार पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । उनि हिमाल टेलीभीजनबाट प्रसारण भइरहेको हिमालयन रोडिजका निर्णायक समेत रहेका छन् । केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात उनका गीतहरू लोकप्रयि रहेका छन् ।
काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई यथार्थता प्रदान गर्दै बुढानिलकण्ठ नगरपालिका, कपनस्थित बिमा समिति चोकमा सर्भिस सेन्टर विस्तार गरेको छ । आज एक समारोहका बीच वडा अध्यक्ष शुद्ध डंगोलबाट सर्भिस सेन्टरबाट उद्घाटन गरिएको छ । २० वर्ष देखि यसै क्षेत्रमा आवद्ध दीपक मोटरसाइकल वर्कसपका प्रोप्राइटर दीपक चौधरीलाई सो सर्भिस सेन्टरको आधिकारिकता प्रदान गरेको हो । चौधरीले आफू यस क्षेत्रमा लागेको १५ वर्ष भइसक्दा विभिन्न ब्राण्डका वाइकहरुको राम्रो ज्ञान भएको र काठमाडौंमा यो ब्रान्डको बढी सम्भावना देखिएको एवं व
धरानर धरान स्थापना भएको अवसरमा मनाउँदै आएको ‘धरान डे’ पुष २० गते देखि ३ दिन मनाउने निर्णय गरेको छ । धरान उपमहानगरपालिकामा बुधबार मेयर तिलक राईको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले पुस २० गते देखि २२ गते सम्म ‘धरान डे’ मनाईने निर्णय गरेको हो । स्थापना दिवसको अवसरमा ‘धरान डे’ विविध कार्यक्रमको आयोजना गरी हरेक वर्र्ष मनाउने गरेको छ । पुस २० गते पहिलो दिन सांस्कृतिक झाँकी सहितको ¥यालि निकालिने छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले ‘धरान डे’ उत्सवको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साँझ विभिन्न साँस्कृतिक कार्यक्रमहरु
धरान/ विगत लामो समय देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढुवा, तलब निकासी लगायतमा देखिएका समस्याहरु प्रति सुनुवाइ नभए पछि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले प्रतिष्ठानका उपकुलपतिको ध्यानाकर्षण गराएका छ । बुधबार उपकुलपतिको कार्यकक्षमै पुगेर समाजले फ्याकल्टीहरुको बढुवा, सरकारले बढाएको तलव निकासी लगायतको माग राख्दैं ध्यानाकर्षण गराएको हो । लामो समयदेखि चिकित्सक शिक्षकहरुको सामान्य मागलाई लिएर पटक पटक जानकारी गराउँदा समेत प्रशासनले सुनुवाई नगरेको भन्दैं के कति कारणले प्रतिष्ठानका लागि काम गर्ने चिकित्सकहरुको सामान्य समस्या प्रति चासो नदेखाएको हो भन्दैं प्
धरान/ दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न वार्डहरुमा प्रयोग गरिने उपचार सामग्री दाताले दिएको भरमा काम चलिरहेको छ ।एमआरआई मेसिन देखि साना साना आवश्यकीय सामग्रीहरु पनि अहिले सम्म दाताले दिएका बाटै काम चलाइरहेको छ । भ्रष्टाचार गर्न मिल्ने ठुल–ठुला मेसिनहरु खरिदमा केन्द्रित हुँदा साना साना आवश्यकीय सामग्रीमा भने प्रतिष्ठानको चासो देखिन्दैन् । प्रतिष्ठानभित्र रहेका मेडिसिन वार्ड, सर्जिकल वार्ड, हाडजोर्नी विभाग, चर्मरोग विभाग, इनटी विभान, आँखा विभाग लगायतका वार्डहरुमा प्रयोग गरिने ह्विलचियर, सक्सेन मेसिन (खकार निकाल्ने मे
धरान/ कोशीपत्र राष्ट्रिय दैनिकका समाचार सम्पादक गोबिन्द बस्नेतलाई पितृशोक परेको छ । उनका बुबा खड्ग बहादुर बस्नेतको ७५ वर्षको उमेरमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । उनको ब्रेन हेमरेजका कारण मृत्यु भएको छ । उनी विगत ६ वर्ष देखि सुगर, प्रेसर सहित कोलस्ट्रोलका बिरामी थिए । मंसिर २ गते घरमै एक्कासी लडे पछि उनलाई प्रतिष्ठान लगिएको थियो । तत्काल चेकजाँचका क्रममा कोरोना पोजिटिभ देखिए पछि घरमै ल्याइएको थियो । तर स्वास्थ्यमा झन समस्या आउन थाले पछि पुनः अस्पताल लगिएको थियो । स्वास्थ्य समस्या बढ्दै गए पछि ४३ दिन अस्पताल भर्ना गरिएको थियो
लन्डन/ पुराना एवम् चर्चित लोक गायक मास्टर मित्र सेन थापा मगरलाई उनले दिएको योगदनको चर्चा गर्दै देश विदेशका सर्जकहरूले स्मरण गरेका छन् । मास्टर मित्र सेनको १२७ औँ जन्मजयन्तीको अवसर पारेर सर्जक एवम् अभियन्ताहरूले सम्झेका हुन् । आइतबार भर्चुअल कार्यक्रम मार्फत मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमार्डौँले आयोजना गरेको साहित्यिक संवादमा विभिन्न साहित्यकार एवम् सर्जकहरूले सेन थापा मगरको कृतित्व र व्यक्तित्वको चर्चा गरेका थिए । मास्टर मित्र सेन उपर वरिष्ठ साहित्यकार, मिडियाकर्मी एवम् चलचित्र निर्देशक प्रकाश सायमीले मित्र सेन लोक गीत संगीतक ालागि महत्वपूर्ण स्रष्टा भएको बताए । उनले मित्रसेनले