तिन दिन ‘धरान डे’ मनाईने

  • पुस १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरानर धरान स्थापना भएको अवसरमा मनाउँदै आएको ‘धरान डे’ पुष २० गते देखि ३ दिन मनाउने निर्णय गरेको छ । धरान उपमहानगरपालिकामा बुधबार मेयर तिलक राईको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले पुस २० गते देखि २२ गते सम्म ‘धरान डे’ मनाईने निर्णय गरेको हो ।

स्थापना दिवसको अवसरमा ‘धरान डे’ विविध कार्यक्रमको आयोजना गरी हरेक वर्र्ष मनाउने गरेको छ । पुस २० गते पहिलो दिन सांस्कृतिक झाँकी सहितको ¥यालि निकालिने छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले ‘धरान डे’ उत्सवको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साँझ विभिन्न साँस्कृतिक कार्यक्रमहरु संचालन हुने भएको छ ।

यस्तै, दोस्रो दिन सबै वडाहरुमा टीएलओ परिचालन गरी सरसफाई गर्ने, संघसंस्थाहरुको अगुवाईमा जिरोप्वाईन्ट देखि तिनकुनेसम्म प्लाष्टिक सरसफाई कार्यक्रम र मास साईक्लिङ हुने बताईएको छ । दोस्रो दिननै धरान प्रज्ञा प्रतिष्ठानको समन्वयमा बहुभाषिक कविता गोष्ठि, धरानको दिर्घकालिन विकास सम्भावना तथा अवसर विषयक कार्यपत्र प्रस्तुती र छलफल हुनेछ भने सांगितिक कार्यक्रम तिन दिन सम्म निरन्तर हुनेछ । यस्तै, तेस्रो दिन लोक जुवारी कार्यक्रम, जातिय सांगितिक प्रस्तुति, रस्सी तान प्रतियोगिता सहित समापन हुने भएको छ ।

बैठकमा मेयर राईले धरानमा रहेका जातीहरुको साँस्कृतीक भेषभूषा, गरगहना, जातीय नाँच र खानपानलाई विशेष बाह्य तथा आन्तरीक पर्यटकहरुमा जानकारी गराउन उत्सव आयोजना गर्न लागिएको बताए । पुस २० गते पहिलो दिन धरान उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक विदा दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved