तिन दिन ‘धरान डे’ मनाईने

  • पुस १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरानर धरान स्थापना भएको अवसरमा मनाउँदै आएको ‘धरान डे’ पुष २० गते देखि ३ दिन मनाउने निर्णय गरेको छ । धरान उपमहानगरपालिकामा बुधबार मेयर तिलक राईको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले पुस २० गते देखि २२ गते सम्म ‘धरान डे’ मनाईने निर्णय गरेको हो ।

स्थापना दिवसको अवसरमा ‘धरान डे’ विविध कार्यक्रमको आयोजना गरी हरेक वर्र्ष मनाउने गरेको छ । पुस २० गते पहिलो दिन सांस्कृतिक झाँकी सहितको ¥यालि निकालिने छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले ‘धरान डे’ उत्सवको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साँझ विभिन्न साँस्कृतिक कार्यक्रमहरु संचालन हुने भएको छ ।

यस्तै, दोस्रो दिन सबै वडाहरुमा टीएलओ परिचालन गरी सरसफाई गर्ने, संघसंस्थाहरुको अगुवाईमा जिरोप्वाईन्ट देखि तिनकुनेसम्म प्लाष्टिक सरसफाई कार्यक्रम र मास साईक्लिङ हुने बताईएको छ । दोस्रो दिननै धरान प्रज्ञा प्रतिष्ठानको समन्वयमा बहुभाषिक कविता गोष्ठि, धरानको दिर्घकालिन विकास सम्भावना तथा अवसर विषयक कार्यपत्र प्रस्तुती र छलफल हुनेछ भने सांगितिक कार्यक्रम तिन दिन सम्म निरन्तर हुनेछ । यस्तै, तेस्रो दिन लोक जुवारी कार्यक्रम, जातिय सांगितिक प्रस्तुति, रस्सी तान प्रतियोगिता सहित समापन हुने भएको छ ।

बैठकमा मेयर राईले धरानमा रहेका जातीहरुको साँस्कृतीक भेषभूषा, गरगहना, जातीय नाँच र खानपानलाई विशेष बाह्य तथा आन्तरीक पर्यटकहरुमा जानकारी गराउन उत्सव आयोजना गर्न लागिएको बताए । पुस २० गते पहिलो दिन धरान उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक विदा दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved