एमाले सुनसरीको सातौं जिल्ला अधिवेसन पुष २३ मा "दुई हजार प्रतिनिधी सहभागि हुने"

  • पुस १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ । पार्टी प्रचारप्रसार उपसमितिले विहिबार इटहरीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

जिल्ला सदरमुकाम इनरुवा स्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवम् साँगठानिक अवस्थाको बिचार, विमर्श र विश्लेषण गर्ने पार्टी जिल्ला अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए । अधिवेशनलाई पौष २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने छन् ।

प्रचारप्रसार उपसमितिका संयोजक लोकेश निरौलाले जिल्ला अधिवेशनले एकतिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशिताको सिद्धान्त बमोजिम दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, अल्पसङ्ख्यक जातिहरूको समेत प्रतिनिधित्व हुने बताए ।अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप सचिव सहित १ सय ३५ सदस्य जिल्ला कमिटीको चयन गर्ने छ । अधिवेशन सम्पन्न गर्न २० लाख खर्च हुने अनुमान गरेको छ । खर्चको व्यवस्थापन प्रतिनिधि, कार्यकर्ता शुभेच्छुकबाट गरिने बताइएको छ । अधिवेशनमा नौ उपसमिति गठन गरिएको छ ।

सांगठानिक तथा आर्थिक प्रतिवेदन तयारीको संयोजकमा पार्टी अध्यक्ष खेमराज पोखरेल, आर्थिक व्यवस्थापनको जिम्मेवारी निलम खनाललाई दिएको छ । त्यस्तै मञ्च व्यवस्थापन उपसमितिको जिम्मेवारी शत्रुधन प्रसाद यादवलाई दिइएको छ । स्वयम सेवक परिचालन उपसमिति संयोजकमा पदम लिम्बु र अरुण गुरुङलाई तोकिएको छ । खाद्य व्यवस्थापन उपसमितिका लागि पर्शुराम यादव रहेका छन् ।

प्रतिनिधि व्यवस्थापन उपसमितिमा नन्द बस्नेत र राम कोइराला छन् । अतिथि सत्कार उपसमितिमा लिलम बस्नेत र सिर्जना परियार छन् भने प्रचारप्रसार उपसमितिमा लोकेश निरौला र रबि खनाल रहेका छन् । स्वास्थ्य उपसमितिको जिम्मेवारी सुशील अर्याललाई संयोजक तोकिएको छ ।

जिल्ला अधिवेशन प्रतिनिधि छनौट वडा शाखा कमिटीको एकैसाथ पौष १७ गते गर्नेछ । वडा तथा कमिटीलाई प्रतिनिधि छनौटको भूगोल मानी २५ जना सङ्गठित सदस्य बराबर १ जना र प्रत्येक ३ जना प्रतिनिधिमा १ जना महिलालाई अनिवार्य गरिएको छ ।

पार्टीको लोगोमा अर्ना
यसैबिच आजै अधिवेशनको लागो पनि सार्वजनिक गरिएको छ । लोगोमा नेपालमा सबै भन्दा धेरै अर्ना भएको कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने अर्ना प्रयोग गरिएको छ । देशकै मात्र नभई अर्ना सबै देश विदेशको आकर्षण भएकाले समावेश गरिएको प्रचारप्रसार उपसमितिका सहसंयोजक रबि खनालले जानकारी दिए । उनले अर्ना सगैं सुनसरीका धार्मिक तथा पर्यटकीय गन्तव्य रामधुनी मन्दिर, धरानमा रहेको बुढासुब्बा, पिण्डेश्वर, दण्तकाली इटहरीमा रहेको तालतलैया र बर्जू ताललाई पनि लोगोमा प्रयोग गरिएको जानकारी दिए ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved