मोटरहेडको आधिकारिक सर्भिस सेन्टर कपनमा

  • पुस १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई यथार्थता प्रदान गर्दै बुढानिलकण्ठ नगरपालिका, कपनस्थित बिमा समिति चोकमा सर्भिस सेन्टर विस्तार गरेको छ ।

आज एक समारोहका बीच वडा अध्यक्ष शुद्ध डंगोलबाट सर्भिस सेन्टरबाट उद्घाटन गरिएको छ । २० वर्ष देखि यसै क्षेत्रमा आवद्ध दीपक मोटरसाइकल वर्कसपका प्रोप्राइटर दीपक चौधरीलाई सो सर्भिस सेन्टरको आधिकारिकता प्रदान गरेको हो ।

चौधरीले आफू यस क्षेत्रमा लागेको १५ वर्ष भइसक्दा विभिन्न ब्राण्डका वाइकहरुको राम्रो ज्ञान भएको र काठमाडौंमा यो ब्रान्डको बढी सम्भावना देखिएको एवं विल्कुलै फरक सेग्मेन्टको मोटरहेड ब्राण्डका वाइकहरु पनि आफ्नो क्षेत्रमा प्रशस्त देख्न थालेको हुँदा उक्त ब्राण्डसँग आफू आवद्ध भएको बताए ।

mh-exchange

 

kapan-service-800x534

हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका वाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने थप उद्देश्य रहेको उनले बताए ।

कम्पनीले आज आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरी आज र भोलि दुई दिने एक्सचेन्ज क्याम्प पनि सञ्चालन गरेको छ । जसमा नगद खरीदमा १० हजार छुट, फाइनान्समा ७ हजार छुट र एक्सचेन्ज गर्दा बजार मूल्याकंनमा थप १५ हजार पाउने सुविधा रहेको छ । यसका साथै पार्ट्स र सर्भिसमा विशेष छुटको सुविधा र जुनसुकै ब्राण्डका वाइक ल्याउँदा फ्रि–वासको व्यवस्था समेत गरिएको बताइएको छ ।

कम्पनीले यस कार्यक्रममा सहभागी हुने ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था समेत गरेको छ ।

 

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved