लन्डन/ पुराना एवम् चर्चित लोक गायक मास्टर मित्र सेन थापा मगरलाई उनले दिएको योगदनको चर्चा गर्दै देश विदेशका सर्जकहरूले स्मरण गरेका छन् । मास्टर मित्र सेनको १२७ औँ जन्मजयन्तीको अवसर पारेर सर्जक एवम् अभियन्ताहरूले सम्झेका हुन् ।
आइतबार भर्चुअल कार्यक्रम मार्फत मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमार्डौँले आयोजना गरेको साहित्यिक संवादमा विभिन्न साहित्यकार एवम् सर्जकहरूले सेन थापा मगरको कृतित्व र व्यक्तित्वको चर्चा गरेका थिए । मास्टर मित्र सेन उपर वरिष्ठ साहित्यकार, मिडियाकर्मी एवम् चलचित्र निर्देशक प्रकाश सायमीले मित्र सेन लोक गीत संगीतक ालागि महत्वपूर्ण स्रष्टा भएको बताए । उनले मित्रसेनले ‘बटौलीको बजारमा’, ‘तानसेन शीतलपाटी’ लगायतका चर्चित लोक शब्दावलीको सिर्जना गरेको जनाए । उनले समकक्षी बहादुर सिं बरालले भजनमा पु¥याएको योगदान भन्दा अझ बृहत कोणबाट मित्रसेनलाई हेरिनुपर्ने जिकीर गरे ।
त्यसैगरी, बेलायतमा रहेका युद्ध एवम् इको साहित्यकार विजय हितान मगरले बेलायतमा मास्टर मित्र सेनबारे सन् २०१२ देखि सालिन्दा परिचर्चा कार्यक्रम भएको सुनाए । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेका अध्यक्ष समेत रहेका हितानले सन् २०२२ मा गुहावटी खुल्ला विश्वविद्यालयमा मास्टर्स तहको आउने सेमेस्टरबाट मित्रसेनको कृतिबारे अध्ययन सुरु हुने जानकारी दिए । उनले अध्ययनका लागि शैक्षिका सामग्री उपलब्ध गराएको भन्दै ‘मित्रको डायरी’ नामक मित्रसेनले लेखेको निबन्ध पढाइ हुने उल्लेख गरे । हितानले आगमी वर्ष भित्र सार्वजनिक हुने गरी मित्रसेनको जीवनीमा आधारित ‘लाहुरेको रेलिमाइ’ उपन्यासको पाण्डुलिपि समेत तयार गरिरहेका छन् ।
स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष त्रिलोकसिं थापा मगरले मास्टर मित्र सेनको गीत र संगीतको मात्रै चर्चा भएको भन्दै उनी एक साहित्यकार, समाजसेवी, नाटककार र कलाकार समेत भएको धारणा राखे । उनीबारे प्राज्ञिक स्तरमा थप अध्ययन र खोज हुनुपर्ने कुरा राखे । कार्यक्रममा चर्चित लोक गायिका कविता आलेले मित्रसेनको ‘अब त जाऊँ कान्छी घर’ गीत सुनाए । कार्यक्रममा मित्रसेन साहित्य सभा, दार्जिलिङका अध्यक्ष हरेन आले, गोरे बहादुर खपाङ्गी फाउन्डेसनका अध्यक्ष होम थापा मगर, मगर संघ यूकेका अध्यक्ष सुनिल राना मगर, मगर संघ दार्जिलिङका अमित थापा, अजय थापा लगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानका अध्यक्ष गौ बहादुर आलेको सभापतित्व एवम् महासचिव मित्रबहादुर रानाको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गायत्री रानाले स्वागत मन्तव्य व्यक्त गरेकीथिइन् । त्यस्तै, सदस्य रीतु राना मगरले मास्टर मित्र सेनको जीवनी उपर प्रस्तुति दिएकी थिइन् ।
मास्टर मित्रसेनको जन्मभारतको धर्मशालाको तोतारानीमा सन् १८९५ को डिसेम्बर २९ मा भएको थियो । त्यस्तै, उनको निधनसन् १९४६ को अप्रिल७ मा ५० वर्षको उमेरमा भएको थियो । उनले नेपालीलोक गीत संगीतको क्षेत्रमाधेरै कालजयीगीतहरू रचना गरेका थिए । उनका‘लाहुरेको रेलिमाई फेसनैराम्रो’, ‘धानको बालाझुल्यो हजुर दशैँ रमाइलो’, ‘मलाई खुत्रुक्कै पा¥यो जेठान तिम्रो बैनीले’ लगायतगीतहरू चर्चित छन् । भारतीयगोर्खा सैनिकमा सेवा समेत गरेका मित्रसेनले नेपाली संगीत र समाजसेवाकै लागिभनेर सैन्य सेवापरित्याग गरेका थिए । उनले २४ डिस्क रेकर्ड र ९७गीतहरू रकेर्ड गराएकाथिए । उनको योगदानको कदर गर्दै नेपाल र भारतकादुवै सरकारले हुलाक टिकट समेत प्रकाशित गरेको छ । उनको बुटवल, दार्जिलिङ, भाग्सु लगायतका ठाउँमा शालिक समेत निर्माण भएको छ ।