धरान । नेकपा एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद कतैबाट आयातित नभई नेपाली समाज रुपान्तरको क्रममा आन्दोलनबाट उत्पत्ति भएको पार्टीका स्थायी कमिटी सदस्य गुरु बरालले बताएका छन् । मंगलबार एमाले निटक नेपाल बुद्धिजिबी परिषद सुनसरीले धरानमा आयोजना गरेको ‘जबज, दशौ महाधिवेशन र बौदिक बर्गको दायित्व’ बिषयक अन्तक्रिया कार्यक्रममा बरालले पार्टीको निती सिद्धान्त बिचारलाई सबैले बुझ्नु जरुरी रहेको औल्याए । उनले भने, ‘धरानको राजनीतिक माटोले मनमोहन अधिकारी जस्ता लोकप्रिय प्रधानमन्त्रि पायो, यस्तै बम देवान, मन्जुल, ध्यान बहादुर राई जस्ता लोकप्रिय
धरान । मोरङको सुनवर्षी नगरपालिका ८ बाट खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी १ का २३ वर्षीय बिनोद तामाङ रहेका छन् । सोमबार राती पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको टोलिले पैदल यात्री तामाङलाई संका लागि चेक जाँच गर्दा प्लास्टिकमा पोको पारेर शरिरमा लुकाई राखेको अवस्थामा १ ग्राम ७ सय ४० मिलिग्राम खैरो हिराईन बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध खैरो हिराईन सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धरान । इलामको माईखोलामा माछा मार्ने क्रममा डुबेर बालिकाकोे मृत्यु भएको छ । इलामको माईजोगमाई गाउँपालिका ४ मा बस्ने दिपक राईकी ९ वर्षीया छोरी अरिना राईको माछा मार्ने क्रममा सोमबार बेलुकी ४ बजे डुबेर मृत्यु भएको हो । पानीमा डुबेर अचेत अवस्थामा रहेकी उनीलाई आमाले भेटे पछि उपचारका निम्ती अस्पताल लाने तयारी गर्दा गर्दै उनको घरैमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
धरान । धरानमा खानेपानीको चरम अभाव सिर्जना भएको छ । खानेपानी हाहाकार भएकै कारण सर्वसाधारणले बाटोमै पाइप खोलेर पानी थाप्न थालेका छन् । तीनचार दिनदेखि खानेपानी धारामा नआएपछि धरान १५का सर्वसाधारण खानेपानी बोर्डले वितरणका लागि विछ्याएको मेन पाइप खोलेर पानी थाप्ने गरेका छन् । धरान १५ सुनगाभामार्गकी विना विश्वकर्मा धारामा पानी आउन छाडेपछि बाटोमै पानीको पाइप खोलेर पानी थाप्ने गरेको बताउछिन् । उनी भन्छिन््–‘धारामा पानी नआएको चार दिन भइसक्यो, कही कतैबाट पानीको आवश्यकता पूरा गर्न सकिएन, पाइपमा रहलपहल आएको पानी बाटोमै खुस्क्याएर पानी भर्न गरेका छौं ।’ उनी मात्र हैन त्यस टोलका अन्य सर्व
धरान । पूर्वको झापा र मोरङमा पछिल्लो समयम श्रृंखलावद्ध आगलागी घट्ना हुन थालेका छन् । झापामा केही समय अगाडि श्रृंगलाबद्ध आगलागीका घट्ना सेलाउन नपाउदै मोरङमा समेत आगलागी भएको छ । सोमबार मोरङको पथरी शनिश्चरे वडा नं. १० मा रहेको भुटानी शरणार्थी शिविर क्याममा आगलागी भएको हो । आगलागीबाट पुरानो सेक्टर एच फोरका राम चन्द्र राईको दुईवटा भुई घर जलेर नस्ट भएको छ । दुई जम्ल्या दाजुभाईको ७ परिवार बस्दै आएको घरमा आग्लागी हुदा २ घर सहित ५ लाख बराबरको सरसामान नष्ट भएको छ । दिउसो ४ बजेको समयमा सुंगुरलाई चारो पकाउने क्रममा भएको आगलागी स्थानीय, प्रहरी र सशस्रको सहयोगमा नियन्त्रण भएको थियो । पथरी शनिश्चरे नगरपाल
धनकुटा । धनकुटामा आगो सल्काउने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । धनकुटाको पाख्रिवास नगरपालिका ९ की ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको सोमबार जलेर मृत्यु भएको हो । आफ्नै घरमा बिहान १० बजे को समयमा चुल्होममा आगो सल्काउने क्रममा उनले लगाएको कपडामा आगो सल्की घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए सँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली गई प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पुर्याइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
धरान । धरानमा ३ हजार ५ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बुस्टर डोज लगाउनेको संख्या उल्लेख्य रहेको बताए । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ हजार ८ सय जना र धरान उपमहानगरपालिकाले सञ्चालन गरेको खोप अभियानमा ६० वर्ष देखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधिहरू, पत्रकार र सार्वजनिक सेवा प्रवाहमा अग्रपंत्तीमा खटिने जनशक्तिहरू गरी १ हजार ७ सय ९७ जनाले कोरोना विरुद्धको बुस्टर डोज खोप लगाएका हुन् । उनले भने–‘कोरानाको तेस्रो लहर ओमिक्रोनको संक्
मोरङ। मोरङ उर्लाबारीका ३५ वर्षीय युवाले चिरपटले प्रहार गरी आमाको हत्या गरेका छन् । उर्लाबारी नगरपालिका –४ आइतबारेका गंगा प्रसाद भण्डारीले आइतबार घरयासी विवादहुँदा चिरपटले प्रहार गर्दा घाइते भएकी ७० वर्षीया चन्द्रमाया भण्डारीको मृत्यु भएको हो । प्रहारबाट गम्भीर घाइते भएकी चन्द्रमायाको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा आइतबार राति १०ः३० मा मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनि प्रकृया अगाडी बढाएको छ ।
धरान । फागुन २ अर्थात फ्रेबुअरी १४ तारिख । यो दिन संसारभरि प्रणय दिवस (भ्यालेन्टाइन डे) को रुपमा मनाउने प्रचलन छ । यो दिन विशेष गरेर माया गर्ने जोडी कुनै रमणीय स्थल घुम्न जाने, उपहार प्रदान गर्ने मात्र हैन सँगै बाच्ने सँगै मर्ने कसम समेत खाने गरेका छन् ।विशेष गरी धरानमा प्रेमिल जोडीहरुले धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा रहेको टुप्पो विनाको बासमा जोडाजोडीको नाम लेख्ने प्रचलन छ । बासमा जोडाजोडीको नाम लेख्दा त्यो प्रेम अमर हुने विश्वास गरिएको छ । बासमा नाम लेख्दा फोहोर हुने र बासको संरक्षण हुन नसकेको भन्दै अहिले भने बासमा लेख्न बन्देज लगाइएको छ । मन्दिर व्यवस्थापन समितिले यसरी बासमा ल
धरान । प्रेस चौतारी नेपाल धरान उपमहानगर समितीको तेस्रो अधिवेसनले कोशीपत्र राष्ट्रिय दैनिकका रोशन दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको छ । आइतबार सम्पन्न तेस्रो अधिवेसनले दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको हो । समितीको उपाध्यक्षमा हर्ट एफएमका स्टेशन मेनेजर रमेश राई, महिला उपाध्यक्षमा विजयपुर एफएमकी मेरिना तुम्सा, सचिवमा कोशीपत्रका संजोगबाबु दाहाल, सहसचिवद्वयमा औजार दैनिकका सन्देश तिमिल्सीना र कृति टेलिभिजनका ललित राई निर्वाचित भएका छन् भने कोषाध्यक्षमा रेडियो धरानकी देविका चाम्लिङ राई रहेका छन् । त्यसै गरि समितीको सदस्यहरुमा कृति