प्रणय दिवस: ‘बुढासुब्बा मन्दिर’ प्रेमिल गन्तव्य

  • फागुन २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । फागुन २ अर्थात फ्रेबुअरी १४ तारिख । यो दिन संसारभरि प्रणय दिवस (भ्यालेन्टाइन डे) को रुपमा मनाउने प्रचलन छ । यो दिन विशेष गरेर माया गर्ने जोडी कुनै रमणीय स्थल घुम्न जाने, उपहार प्रदान गर्ने मात्र हैन सँगै बाच्ने सँगै मर्ने कसम समेत खाने गरेका छन् ।
विशेष गरी धरानमा प्रेमिल जोडीहरुले धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा रहेको टुप्पो विनाको बासमा जोडाजोडीको नाम लेख्ने प्रचलन छ । बासमा जोडाजोडीको नाम लेख्दा त्यो प्रेम अमर हुने विश्वास गरिएको छ ।

बासमा नाम लेख्दा फोहोर हुने र बासको संरक्षण हुन नसकेको भन्दै अहिले भने बासमा लेख्न बन्देज लगाइएको छ । मन्दिर व्यवस्थापन समितिले यसरी बासमा लेख्नुको साटो अहिले डोरो बान्न थालिएको छ । विगत तीन बर्ष यता बासमा डोरी बाँधेर प्रेम अमर हुने विश्वास लिइरहेका छन् । त्यसैले अहिले प्रेमिल जोडीहरु प्रत्येक वर्षको प्रणय दिवसको अवसरमा आ–आफ्नो नाममा डोरी बान्ने प्रचलन बढेर गएको छ ।

धरान १५ मञ्जिला राई (नाम परिवर्तन) पनि यसबर्षको भ्यालेन्टाइन डे पहिला बुढासुब्बा मन्दिरमा गएर बासमा डोरो बाधेर मायाको प्रतिबद्धता जनाउने सोचमा छिन् । बुढास्ुब्बा मन्दिर परिषरमा रहेको टुप्पो विनाको बासमा डोरा बान्दा माया गाढा र अमर हुन्छ भन्ने विश्वास उनमा छ । उनी भन्छिन्, ‘पहिला बुढास्ुब्बा गएर मायाको प्रतीकको रुपमा बासमा डोरो बान्ने हो, त्यसपछि घुम्न जाने हो ।’

उनी जस्तै धरान १६ का प्रवीन राई (नाम परिवर्तन) पनि यस बर्ष भ्यालेन्टाइन डे धुमधाम मनाउने सोचमा छन् । बुढासुब्बा मन्दिरमा डोरो बान्दा माया गाढा हुने विश्वास भएकोले उनी पनि पहिला बुढासुब्बा मन्दिर जाने सोचमा छन् । उनी भन्छन्, ‘माया गरेपछि जन्मौजन्मसम्म गर्नुपर्छ, बुढासु्ब्बा मन्दिरमा रहेको टुप्पो विनाको बासमा डोरो बान्दा प्रेम अमर हुन्छ भनेर सुनेको छु, त्यही भएर मायालुसँग पहिला डोरो बान्न बुढासुब्बा जाने हो त्यसपछिमात्र अन्य ठाउमा घुम्न जाने हो ।’

धरान १४ स्थित विजयपुरमा जोडीहरु टुप्पो नभएको बासमा डोरा बान्न सयौं जोडी आउने गरेको बुढासुब्बा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । व्यवस्थापन समितिका सदस्य उत्तम आले मगरले भ्यालेन्टाइन डेका दिन अन्य सर्वसाधारण भन्दा जोडाजोडी बढी आउने गरेका छन् । उनले भने, ‘विगतका बर्षहरुमा आएका जोडाजोडीले बासमा नाम लेख्ने गरेका थिए, बासमा नाम लेख्दा फोहोर भएपछि हामीले रोकेका हौ, अहिले जोडीहरुले बासमा डोरो बान्ने गरेका छन्् ।’

भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमवाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहास सम्झनुपर्दा एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे ।

सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङघन गरेको थियो । एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङघन गरेको कारण सम्राट्लाई सैह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेबुरअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो ।

विगतमा नेपालमा समेत नगन्य रुपमा मनाउने भेलेन्टाइन डे अहिले मुलुकभरिका जोडाजोडीले यसलाई महत्वका साथ मनाउने गरेका छन् । यस दिनमा गुलाफको फूल दिने, रमणीय स्थानमा घुम्न जाने, प्रेमका मीठामीठा गफ गर्ने प्रचलन छ भने साझमा कुनै होटल तथा रेष्टुरामा गएर नाचगान गरेर रमाउने प्रचलन बढेर गएको छ ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved