‘जबज आयातित होइन’ : गुरु बराल

  • फागुन ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद कतैबाट आयातित नभई नेपाली समाज रुपान्तरको क्रममा आन्दोलनबाट उत्पत्ति भएको पार्टीका स्थायी कमिटी सदस्य गुरु बरालले बताएका छन् ।

मंगलबार एमाले निटक नेपाल बुद्धिजिबी परिषद सुनसरीले धरानमा आयोजना गरेको ‘जबज, दशौ महाधिवेशन र बौदिक बर्गको दायित्व’ बिषयक अन्तक्रिया कार्यक्रममा बरालले पार्टीको निती सिद्धान्त बिचारलाई सबैले बुझ्नु जरुरी रहेको औल्याए । उनले भने, ‘धरानको राजनीतिक माटोले मनमोहन अधिकारी जस्ता लोकप्रिय प्रधानमन्त्रि पायो, यस्तै बम देवान, मन्जुल, ध्यान बहादुर राई जस्ता लोकप्रिय नेता पायो ।’

IMG_3090 IMG_3096 IMG_3094

 

 

अन्तक्रियामा मुख्यबक्ता पार्टीको शिक्षा बिभाग प्रमुख समेत रहेका बरालले राष्ट्रिय पँुजीको बिकास बिना राष्ट्रलाई समुन्नत बिकास गर्न नसकिने बताए । उनले भने, हामी कम्युनिष्टहरु राष्ट्रिय पँुजीको वकालत गर्छौ, राष्ट्रिय पुँजीको बिकास गरेर मात्र देश बिकास गर्न सकिन्छ ।’ गरिबि निबारण, स्थानीय पालिकामा नै न्याय सम्पादन, जेष्ठ नागरिक वडा वडामा, फुस्को छानो उन्मुलन जस्ता एमाले सरकारले ल्याएको कार्यक्रम सफल पार्न स्थानीय सरकारको प्रभाबकारी भूमिका रहेको दाबी गरे । अन्य लोकप्रिय कार्यक्रम ल्याउन पार्टीलाई बौदिक बर्गले सुझाब दिनु पर्ने बताए ।

धरानमा रहेका इन्जिनियरिङ्, हातिसार क्याम्पसबाट दक्ष जनशक्ती उत्पादन गरेर धरानको इन्फास्ट्रक्चर निर्माण गर्नु पर्ने सुझाब दिए । अन्तक्रियामा नेपाल बुद्धिजिबी परिषदका केन्द्रिय सदस्य डा. गोपी कृष्ण खतिवडा, बुद्धिजिबी परिषद सुनसरीका अध्यक्ष मोहन उप्रेती लगायत धरानका बिभिन्न क्याम्पसका प्राध्यापक, शिक्षक, बौद्धिक ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved