धरान । पूर्वको झापा र मोरङमा पछिल्लो समयम श्रृंखलावद्ध आगलागी घट्ना हुन थालेका छन् । झापामा केही समय अगाडि श्रृंगलाबद्ध आगलागीका घट्ना सेलाउन नपाउदै मोरङमा समेत आगलागी भएको छ ।
सोमबार मोरङको पथरी शनिश्चरे वडा नं. १० मा रहेको भुटानी शरणार्थी शिविर क्याममा आगलागी भएको हो । आगलागीबाट पुरानो सेक्टर एच फोरका राम चन्द्र राईको दुईवटा भुई घर जलेर नस्ट भएको छ । दुई जम्ल्या दाजुभाईको ७ परिवार बस्दै आएको घरमा आग्लागी हुदा २ घर सहित ५ लाख बराबरको सरसामान नष्ट भएको छ ।
दिउसो ४ बजेको समयमा सुंगुरलाई चारो पकाउने क्रममा भएको आगलागी स्थानीय, प्रहरी र सशस्रको सहयोगमा नियन्त्रण भएको थियो । पथरी शनिश्चरे नगरपालिकामा दम्कल नभएका कारण छिमेकी पालिका उर्लाबारी, कानपोखरी, लेटाङ र बेलबारीको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दमकल समयमै नसेका कारण आगो नियन्त्रणमा ढिलाई भएको मोरङ प्रहरीले जनाएको छ ।