धरान । इलामको माईखोलामा माछा मार्ने क्रममा डुबेर बालिकाकोे मृत्यु भएको छ ।
इलामको माईजोगमाई गाउँपालिका ४ मा बस्ने दिपक राईकी ९ वर्षीया छोरी अरिना राईको माछा मार्ने क्रममा सोमबार बेलुकी ४ बजे डुबेर मृत्यु भएको हो ।
पानीमा डुबेर अचेत अवस्थामा रहेकी उनीलाई आमाले भेटे पछि उपचारका निम्ती अस्पताल लाने तयारी गर्दा गर्दै उनको घरैमा मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।