इलाम / अदालतले जब्बरजस्ती करणीमा कैद सजाय सुनाइएका फरार अभियुक्त २८ वर्षीय प्रितम राईलाई प्रहरीले धरानबाट विहीबार पक्राउ गरेको छ । रोङ गाउँपालिका वडा नं। २ साविक शान्तिपुर गाविस वडा नं. ४ बस्ने राईलाई जिल्ला प्रहरी कार्यालयले खोजी गर्ने क्रममा धरानबाट पक्राउ गरेको हो । जब्बरजस्ती करणीको कसुरमा राईलाई २०७२ साल जेष्ठ २१ गते जिल्ला अदालतले ५ वर्ष कैद सजाय तोकेको थियो ।
धरान/ धरानमै पहिलो पटक विद्यालय स्तरमा स्कुल थ्रिएटर प्रशिक्षण सुरु भएको छ । साहारा थ्रिएटरको अयोजनामा धरानमा मंगलबारबाट १५ दिने प्रशिक्षण कार्यक्रम सुरुभएको हो । प्रशिक्षण कार्यक्रममा के के इन्ट्रनेश्नल , शिक्षा सदन , भानु स्मृती,शहिद स्मृती लगायत धरानका ९ वटा विद्यालयका कक्षा ५ देखि १२ सम्मका ४८ जना विद्यार्थीहरु सहभागि भएको थ्रिएटरका अध्यक्ष नविन म्यानाङवोले बताए । सुस्ताउदै गएको धरानको रंगकर्मलाई चलायमान बनाउन र पछिल्लो समय लकडाउनका कारण वालवालिकामा परेको मानसिक असरका कारण आत्महत्यामा जस्ता जघन्य अपराधहरु समेत बढ्दै गएकाले यस्ता कार्यक्रमको अयोजना गरिएको उनले बताए । उनले भने,‘
विराटनगर/ वर्षौंदेखि बसेको ठाउँबाट हटाउन लागेपछि विराटनगर महानगरपालिका–३ को सुकुम्बासी परिवारले सहयोगको याचना गरेको छ । विराटनगर–३ को गोग्राहा चोक (कन्या मार्ग) मा बसोवास गर्ने कालीचरण राजवंशीले सँधियार विनयराज राजवंशीले महानगरका केही जनप्रतिनिधिसँग मिलेर हटाउने प्रयास थालेको बताए । पत्रकार महासङ्घ मोरङको सभाहलमा बुधबार परिवारका सदस्यसहित पत्रकार सम्मेलनमा उपस्थित कालीचरणले गत माघ ७ गते विनयले घर हटाउन भन्दै फिराद हालेपछि महानगरको न्यायिक समितिले समेत हट्न दवाब दिन थालेको सुनाए । ७२ वर्षीय बुबा, श्रीमती, बुहारी र ४ वर्षीया नातिनी सो घरमा बस्ने गरेको र गरिखाने मेलोसमेत राम्र
इटहरी/ लोकमार्ग सुधारका उपायहरू अविलम्ब लागू गराउन पटक–पटक पहल गर्दा पनि सरोकारवालाहरूले चासो नराखेपछि निर्माणाधीन रानी–इटहरी–धरान ६ लेन सडकअन्तर्गत यहाँ स्थानीय व्यवसायीहरूले दिनहुँ आनदोलन गर्न थालेका छन् । निर्माणको पहिलो चरणदेखि नै यो सडकमा विवाद आएको थियो । अहिले इटहरीको धरान लाइनमा निर्माणले निरन्तरता पाएको छ भने विराटनगर लाइनमा निर्माण अवरूद्ध छ । निर्माण कार्य समयमै पूरा नहुँदा धुँवा र धूलोबाट पीडित बनिरहेको भन्दै स्थानीयले दैनिक आन्दोलन गरेका हुन् । धुँवा र धूलोको कारण स्थानीयको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै व्यवसायीहरू प्रत्यक्ष मर्कामा परेको भन्दै वि
धरान / धरानलाई साहित्यिक बहुसांस्कृतिक पर्यटनको केन्द्रको रूपमा स्थापित गर्न धरानमा दुईदिने अन्तर्राष्ट्रिय साहित्यिक तथा सांस्कृतिक पर्यटन महोत्सव हुने भएको छ । धरान–१३ को कला साहित्य प्रतिष्ठानको आयोजनामा यही फागुन २८ र २९ गते अमरहाटमा महोत्सव आयोजना हुने भएको हो । महोत्सव सम्पन्न गर्न साहित्यकार बम देवानको संयोजकत्वमा १७ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन गरिएको वडाअध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । नेपाल र भारतका साहित्यकारहरूलाई भेला गरी साहित्यिक पर्यटन महोत्सवमा गजल, कविता गोष्ठीको आयोजना गरिएको समितिका अध्यक्ष देवानले बताए । देवानका अनुसार महोत्सवमा चित्रकला प्रदर्शनी, नृत्य
इलाम/ इलाम नगरपालिका वडा नं। ९ शेरामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । इलाम नगरपालिका वडा नं। ४ मलातेका अन्दाजी २० वर्षीय पुजन सोङ्मीको करेन्ट लागेर मृत्यू भएको हो । एक इन्टरनेट प्रदायक कम्पनीको फाइबर विस्तारमा काम गर्दै आएका सोङ्मी पोलमा चढेर काम गरिरहेको बेला भर्याङ्क चिप्लिँदा विद्युतको तारले छोएपछि करेन्ट लागेको उनका आफन्तले बताएका छन् । सोङ्मीको शव पोष्टमार्टनका लागि इलाम अस्पतालमा ल्याइएको बताइएको छ ।
धरान/ पछिल्लो समय धरानमा खैरो हेरोइनका प्रयोगकर्ता बढ्न थालेका छन् । सामान्य रूपमा प्रयोग गरिने लागूऔषधको तुलनामा खैरो हेरोइनको प्रयोग अत्यधिक हुन थालेको छ । केही समययता यहाँ पनि खैरो हेरोइनको प्रयोगमा वृद्धि भएको पाइएको छ । धरान प्रहरीले दैनिकजसो खैरो हेरोइनसहित प्रयोगकर्ता पक्राउ गर्नुले यसलाई पुष्टि गर्छ । अहिले खैरो हेरोइनको लहर नै चल्न थालेको छ । धरान प्रहरीले मङ्गलबार एकै दिन पाँचजनालाई खैरो हेरोइन कारोबारमा पक्राउ गरेको छ । उनीहरूको साथबाट ८ दशमलव ४ मिलीग्राम खैरो हेरोइन बरामद गरेको छ । एकै दिन पक्राउ परेका आठजना लागूऔषध कारोबारीमध्ये तीनजना सामान्य प्रकारका लागूऔषधसहित पक्र
धरान/ सुख्खायाम सुरु भएसँगै धरानमा बर्सेनी खानेपानीको चरम अभाव हुने गरेको छ । यसको दीर्घकालीन समाधानमा सम्बन्धित पक्ष गम्भीर नबन्दा खानेपानी समस्या झन् चुलिएको छ । खानेपानी आपूर्तिका लागि नेपाल खानेपानी संस्थान र धरान खानेपानी बोर्डले दीर्घकालीन समाधानमा ध्यान नदिई आपसमा द्वन्द्व सिर्जना गर्दा अन्योल थपिएको छ । सुख्खा मौसम आएसँगै धरानेहरूले खानेपानीको जोहोमै दिनरात बिताउने गर्छन् । धरान–१६ का सुवास शंकर आप्mनो धारामा पाँच दिनयता खानेपानी नआउँदा धरान–२० र १३ को संगम स्थल वीपी पार्कमा टेम्पो लिएर खानेपानी लिन पुगेका थिए । धारामा पानी नआउँदा जसोतसो खानेपानी जोहो गरे पनि नुहाउने
धरान/ केही समययता महिलाहरू आत्मनिर्भर बन्न थालेका छन् ।पुरुषबाट चलेको घरमा परिवारको आवश्यकता पूरा हुने गरे पनि धेरै महिला घरेलु हिंसाबाट पीडित बन्ने गरेका छन् । यस्तो अवस्थालाई अन्त्य गर्दै व्यावसायिक पशुपालनमार्फत् आत्मनिर्भर बन्ने उद्देश्यले लेटाङ नगरपालिकाका महिलाहरू समूह नै बनाएर बाख्रापालन गरिरहेका छन् । व्यवसायमा सफलता हात पार्न थालेपछि उनीहरू बजारको खोजी गर्दै धरानको कृषि उपज बजारमा आइपुगेका छन् । लेटाङ नगरपालिकाकी दिलमाया तामाङ स्थानीय महिलालाई समूह बनाएर आत्मनिर्भर बनाउन अग्रसर भइन् । २५ वर्षअघि अर्थात् २०५२ सालमा २५÷३० जनाको समूह बनाएर दैनिक ५–१० रूपैयाँ सङ्कलन गरेर उनी
वराहक्षेत्र / सन् १९९३ देखि २०१२ सम्म करीब १९ वर्ष २ महिना थाइल्यान्डको वाखवङ सेन्टर प्रजेन्ड (जेल) मा बिताएका चन्द्रकुमार राई अहिले भने कृषि उद्यममा लागिपरेका छन् । थाइल्यान्डमा साथीहरूसँगको सङ्गतका कारण राईले २७ वर्षदेखि ४७ वर्षको उमेरसम्म ऊर्जाशील समय जेलमा बिताउनु परेको थियो । सन् २०१२ को अन्तिममा नेपाल फर्केपछि उनले शिक्षालय खोलेर शिक्षाको ज्ञान बाँड्न सुरु गरे । आफ्नो पुख्र्यौली थलो वराहक्षेत्र–२ को जब्दी (मधेशी टोलमा) नै मन्टेश्वरी खोलेर उनले बालबालिकालाई कखरा सिकाउन थाले । उनलाई उनकी श्रीमतीले साथ, सहयोग र उत्पे्ररणा दिइन् । मन्टेश्वरी सञ्चालनसँगै राईले एक वर्षयता पुख्र्यौल