सुनसरीमा ५ लाख ३४ हजार ७ सय ६५ मतदाता

  • चैत १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आगामी बैशाख ३० गते हुने निर्वाचनमा प्रदेश नं १ मा ३३ लाख ४७ हजार मतदाता निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेश नं १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाताले मतदान गर्न पाउने भएका हुन् ।

आयोगका अनुसार १६ लाख ९९ हजार ८ सय पुरुषले प्रदेश नं. १ मा मतदात गर्न पाउने भएका छन् भने १५ लाख ३३ हजार १ सय ५८ जना महिलाले मतदान गर्न पाउने भएका हुन् । कुल मतदातामध्ये प्रदेश १ मा २३ जना मने अन्य रहेका छन् । आयोगका अनुसार प्रदेशभरि १ हजार ८ सय ७७ वटा मतदानस्थल रहनेछ भने मतदान केन्द्रको संख्या ४ हजार ५१ वटा हुनेछ ।

यसैगरी जिल्ला निर्वाचन कार्यालय सुनसरीले सार्वजनिक गरेको सूचि अनुसार सुनसरीमा यस पटकको स्थानीय चुनावमा ५ लाख ३४ हजार ७ सय ६५ जनाले मतदान गर्न पाउने भएका छन् ।

०७४ सालको स्थानीय निर्वाचनमा सुनसरीमा ४ लाख २१ हजार १ सय ५९ मतदाता रहेकोमा यसपटक भने १ लाख १३ हजार ६ सय ६ जना मतदाता थपिएका छन् ।

सुनसरी जिल्लामा १२ स्थानीय तह रहेका छन् । यसमध्ये सबैभन्दा बढी मतदाता इटहरी उपमहानगरपालिकामा रहेका छन भने दोस्रोमा धरान उपमहानगरपालिका रहेका छन् । जिल्लाको सबैभन्दा कम मतदाता संख्या बर्जुमा रहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार इटहरी उपमहानगरपालिकाका सबैभन्दा धेरै १ सय १ मतदान केन्द्र रहेका छन् । १ लाख ४ हजार ६ सय २६ मतदाता रहेको इटहरीमा पुरुष ४९ हजार ९ सय २५ र महिला ५४ हजार ७ सय मतदाता छन् । यस्तै दोस्रो धेरै मतदाता संख्या भएको धरान उपमहानगरपालिकामा १०७ मतदान केन्द्र रहेका छन् । १ लाख ३ हजार २४ मतदाता रहेको धरानमा पुरुषको संख्या ४७ हजार ४ सय ८ र महिलाको संख्या ५२ हजार ९ सय १६ छन् ।

यस्तै इनरुवा नगरपालिकामा ४२ हजार ७ सय ४८ मतदाता रहेका छन । ४७ मतदान केन्द्र रहेको इनरुवामा पुरुषको २२ हजार ९२ र महिला २० हजार ६ सय ५६ मतदाता रहेका छन् । यसगरी बराहक्षेत्र नगरपालिकामा कुल मतादाता सख्या ६३ हजार ६ सय ८ रहेका छन् । कुल ६७ मतदान केन्द्र रहेको बराहक्षेत्र नगरपालिकामा पुरुष मतदाताको संख्या ३१ हजार ४ सय २९ र महिला मतदाताको संख्या ३१ हजार १ सय ९ रहको छ । रामधुनी नगरपालिकामा ४१ हजार ४ सय २८ मतदातामा पुरुष मतदाताको संख्या २० हजार १ सय ३ र महिलाको २१ हजार ३ सय ६४ छ भने ४४ मतदान केन्द्र निर्धारण गरिएको छ । उता दुहवी नगरपालिकामा मतदान केन्द्र ४२ कायम गरिएको छ भने कुल मतदाता संख्या ३६ हजार ७ सय ३० रहेको छन् जसमा पुरुष मतदाताको १९ हजार २ सय र महिलाको १७ हजार ५ सय ३० रहेको छ ।

यसैगरी गढी गाउपालिकामा २३ हजार ८१७ मतदाता रहेका छन् कुल २७ मतदान केन्द्र निर्धारण गरिएको गढी गाउँपालिकामा पुरुष मतदाता १२ हजार ३ सय ९८ र महिला मतदाता संख्या मतदाताको संख्या ११ हजार ४ सय १९ रहेको छ । कोशी गाउँपालिकामा २९ मतदन केन्द्र रहेको र कुल मतदाता संख्या २२६ हजार ४ सय ६६ रहेक छन । जसमा पुरुष १४ हजार ६ सय ९१ र महिला ११ हजार ७ सय ७५ छन् । देवानगञ्ज गाउँपालिकामा २६ मतदान केन्द्र निर्धारण गरिएको छ भने मतदाता संख्या २३ हजार ५ सय ७८ छन् । जसमा पुरुष ११ हजार ८ सय ८१ र महिला १० हजार ७ सय ९० रहेका छन् । बर्जु गाउँपालिकामा २२ हजार ४ सय ६७ मतदाता रहेका छन् भने २५ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमा पुरुष मतदाताको ंख्या ११ हजार ८ सय ८१ र महिलाको १० हजार ५८६ छ । उता भोक्राहा गाउँपालिकामा १८ मतदान केन्द्र तोकिएको छ । कुल मतदाता संख्या २४ हजार १६ छ भने पुरुष मतदाताको संख्या १३ हजार ४ सय ५० र महिलाको १० हजार ६ सय ५१ रहेको छ ।

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved