धरान । नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहँदा सुनसरी क्षेत्र नम्बर १ का संसद जय कुमार राईले पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । एमालेमा माधव नेपाल पक्ष मानिएका संसद राईले सामाजिक सञ्जाल मार्फत नयाँ सरकार गठनको प्रक्रियामा कुनै हस्ताक्षर नगरिएको जानकारी गराएका छन् । विहिबार राष्ट्रपती श्रीमती विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजे सम्मका लागि नयाँ सरकार गठनका लागि आव्हान गरेकी थिईन् । सरकार गठनका लागि नेपाल पक्ष सहित माओवादी र काँग्रेसको सहमतीय सरकारका लागि १ सय ४९ सदस्यको हस्ताक्षर बुझाइएको छ । यसै बिच संसद राईले नयाँ सरकार गठन गर्न भनि हस्ताक्षर नगरेको पार्टीका सबै नेता तथ
धरान । कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न घोषणा गरिएको सुनसरीको जेठ १ गते देखिको लकडाउनले धरानमा ५० प्रतिशत भन्दा बढी जोखिम नियन्त्रण गर्न सफल भएको छ । कोरोना संक्रमण बढ्दै गए पछि सुनसरीमा जेठ १ गते देखि १५ गते सम्मका लागि पुर्ण निषेधाज्ञा घोषणा गरेको थियो । निषेधाज्ञाको पहिलो साता प्रभावकारी रहेको पाइएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार ५० प्रतिशत भन्दा बढी जोखिम नियन्त्रण गर्न सफल भएको हो । धरान उपमहानगरपालिकाले हप्ताको तिन दिन एन्टिजेन तथा पिसिआर परिक्षण गराउँदै आएको छ । केही दिन अघि सम्म परिक्षण गराएका मध्ये ८० प्रतिशत सम्मलाई पोजिटिभ देखिने गरे
सुनसरी । मोरङको सुन्दरहरैचा नगरपालिका ३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २३ बर्षीय पुजन राई पक्राउ परेका छन् । आज बिहान घाटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले हत्याको घटनामा राईको संलग्नता रहेको पाएसंगै उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राईले धारिलो हतियार बामफोकले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
धरान । गत जेठ १ गते देखि एक साताका लागि बन्द रहेको धरान स्थित कृषि उपज बजार स्थल आज देखि दुई घण्टाको लागि खुल्ला गरिएको छ । तरकारीजन्य वस्तुहरुको अभाव हुन थाले पछि बजारमा स्टक राखिएको तरकारीहरु बजार सम्म पुर्याउन दिनको दुई घण्टा थोक बिक्रिका लागि खुल्ला गरिएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनका अनुसार बिहान ४ बजे देखि बिहान ६ बजे सम्म मात्रै बजार खुल्ला रहनेछ । विहिबार धरान उपमहानगरपालिकामा बजारका प्रतिनिधी सहित सुनसरी उद्योग वाणिज्य संघ, धरान उपमहानगरपालिकाका प्रतिनिधीको छलफलबाट आज देखि बजार दुई घण्टा थोक बिक्रिका लागि खुल्ला गर्ने निर्णय गरेको थियो । बजारबाट आज करिब २ सय बोरा
सुनसरी । झापाको कमल गाउँपालिका ३ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ३ सानो केर्खामा बिहिवार राती प्रदेश ३–०१–०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा शिवसताक्षी नगरपालिका १ का ६२ बर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भईरहेको छ ।
मोरङ । हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विहिबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका – ११ रोडशेष चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर १३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका १ की २५ बर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न बिराटनगर १३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो । साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१ लाख ७१ हजार ५ सय र भारतीय रुपैयाँ २३ हजार तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको
धरान । बागमती प्रदेशबाट रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि खिमलाल देवकोटा निर्वाचित भएका छन् । देवकोटाले ५०८८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी एमालेका राम बहादुर थापा बादलले ४०१४ मत ल्याएर पराजित भएका छन् । स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ । उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख
धरान । रोट्रयाक क्लब अफ धरान द्वारा रोट्रयाक छात्रावृत्ति प्रदान गरिएको छ । श्री सरस्वती प्राथमिक विद्यालयका २ जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । रोटरी इन्टरनेशनलको साक्षरता अभियानलाई सहयोग पुर्याउन रोट्रयाक क्लबले रोट्रयाक छात्रावृत्तिको स्थापना गरेको हो । छात्रवृत्ति रोट्रयाक क्लब अफ धरान तथा रोटरी क्लब अफ विराटनगरका भुतपुर्व अध्यक्ष विनोद अग्रवालद्वारा प्रदान गरिएको हो । श्री सरस्वती प्राथमिक विधालय धरान १ पृथ्वीपथ निवासी कोमल साह र धरान १३ निवासी राज श्रेष्ठलाई श्री पब्लिक माविमा कक्षा ६ देखि १० सम्मका लागि अंगे्रजी माध्यममा पुर्ण छात्रा
धरान । कोरोना संक्रमण भएका पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले घरमै गएर मोबाइल डाक्टर सेवा दिदैँ आएको छ । प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार आज धरानमा रहेको कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई मोबाइल डाक्टर सेवा प्रदान गरिएको छ । धरानका तीनजना सञ्चारकर्मीहरुलाई मोबाइल डाक्टर सेवा मार्फत परामर्श दिइएको हो । यसअघि इटहरी र इनरुवाका आठजना सञ्चारकर्मीहरुलाई सेवा प्रदान गरिसकिएको उनले बताए । उनले भने, ‘‘हामीले कोरोना संक्रमित सञ्चारकर्मीको घरमै गएर डाक्टरसहित औषधी प्रदान गर्दै आएका छौँ, ‘डाक्टर र नर्सले कोरोना संक्रमितहरुलाई उत्प्रेरणामुलक कुरा सेयर गर्ने र औषधी प्र
मोरङ । कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनहरु बजारीकरण नगरपालिकाले गरीदिन थालेपछि कृषि प्रति आकर्षण बढ्न थालेको छ । मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रका कृषकले उत्पादन गरेको अन्नबालि, तरकारी, फलफुललगायतका उत्पादनहरु बजारीकरण गरीदिए पछि कृषकहरु कृषि प्रति हौसिएका हुन् । नगरपालिकाले निषेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउँ बितरण गरेको छ । २० हजार किलो धानको विउँ ५० प्रतिशत अनुदानमा बितरण गरेको हो । बितरण गरीएको बिउँले करीब ५ सय बिगाहा क्षेत्रफलमा खेतिगर्न सकिने कृषि शाखाका प्राविधिक बताउँछन । राधा १२, कान्छी मन्सुली, बहुगुणि, स्वर्णसव १, रंजित लगायतका प्रजातिका धानका विउँ बितरण गरीएको छ