‘निर्वाचन भड्किलो र खर्चिलो बन्दै गयो’

  • जेठ २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको निर्वाचन प्रणालीका विषयमा गम्भीर बहस गर्ने बेला आएको बताएका छन् ।

विराटनगरस्थित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचन प्रणालीका विषयमा दलहरूले सोच्ने बेला आएको बताए । पछिल्लो समय निर्वाचन खर्चिलो र भड्किलो हुन थालेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे । उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता लिनु दलहरूका लागि चिन्ताको विषय भएको बताए । “देशका केही पालिकामा स्वतन्त्र उम्मेदवार अगाडि आउनु जनतामा दलहरूप्रति वितृष्णा त आएको होइन भनेर खोजी गर्नुपर्ने बेला भएको छ,” उनले भने, “काठमाडौंजस्तो ठाउँमा स्वतन्त्रको उम्मेदवार अगाडि आइरहेको अवस्था छ, यसले पक्कै पनि दलहरूका लागि चुनौती दिएको छ ।”

उनले विराटनगर कुनै बेला देशको राजनीतिक राजधानी भए पनि अहिले सुस्ताउँदै गएकोमा चिन्ता व्यक्त गरे । कोइरालाले भने, “विगतमा विराटनगर राजनीतिक राजधानीका रुपमा स्थापित भएको थियो । तर, अहिले त्यो अवस्था छैन । तपाईं विराटनगरवासीहरू एकपटक फेरि जुर्मुराउने बेला भएको छ ।”

समारोहमा वरिष्ठ साहित्यकार प्रा.डा. चूडामणि बन्धुलाई ५१ हजार राशिको ‘दधिराज सुवेदी भाषा–साहित्य राष्ट्रिय पुरस्कार’ र २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भूषण दाहाललाई प्रदान गरिएको थियो । उनीहरूलाई नेता कोइराला, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, अग्रज पत्रकार शरदराज सुवेदीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved