सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

  • जेठ २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आगामी जून ५ तारिखमा महासंघले एक दिने वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गर्न लागेको हो ।

महासंघको शुक्रबार सम्पन्न कार्य समितिको बैठकले जून ५ तारिख आइतबारका दिन सातौँ वातावरण साहित्य गोष्ठी गर्ने निर्णय गरेको अध्यक्ष विजय हितानले बताए । सन् २०१६ देखि यूकेमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष पनि इको साहित्य उपर चर्चा परिचर्चासहित पर्यायवरणीय सिर्जना वाचन कार्यक्रम राखिने उनले बताए । ‘इको साहित्यलाई थप व्यापक बनाउन हामीले वातावरण साहित्य गोष्ठी गर्दैछौँ । यस वर्ष सातौँ संस्करण भर्चुअल रूपमा जुममा हुँदैछ,’ कार्यक्रम संयोजक समेत रहेका हितानले भने, ‘पर्यावरण साहित्य उपर चर्चा चल्नेछ । त्यस्तै, बेलायत र अन्य मुलुकबाट जम्मा भएका साहित्यकारहरूले इको सिर्जना सुनाउनेछन् ।’ चर्चित कवि एवम् सञ्चारकर्मी विमला तुम्खेवालाई प्रमुख अतिथिका रूपमा गोष्ठीमा निम्त्याइने उनले जनाए । त्यस्तै, पर्यावरण र नारीकेन्द्रित समालोचना पुस्तकका लेखक डा. गीता त्रिपाठी र पर्यावरण साहित्यमा विद्यावारिधि तहमा अध्ययन गर्दै गरेका हरिप्रसाद काफ्लेलाई वक्ताका रूपमा बोलाउने तयारी गरिरहेको हितानले जानकारी दिए । सन् १९७४ बाट मनाउन थालिएको विश्व वातावरण दिवस प्रत्येक वर्ष जून ५ मा मनाइन्छ ।

कार्यक्रमका दिन महासंघले तयार पार्दै गरेको आधा दर्जन बढी इको गीतहरूको सार्वजनिकीकरण हुने सचिव अमित थेवेले बताए । उनका अनुसार उपाध्यक्ष समेत रहेका संगीताकार थिर थापा मगरले उक्त परियोजनालाई संयोजन गरिरहको र विश्व वातावरण दिवसका दिन गीतहरू सार्वजनिक गरिने जनाए । त्यसैगरी, गत वर्षको जून ५ र ६ मा आयोजित दुई दिने छैटौँ वातावरण साहित्य गोष्ठीमा सहभागी सर्जकहरूमध्ये उत्कृष्ट ठहरिएका दुई जनालाई वातावरण साहित्य पुरस्कार प्रदान गरिनेछ । इको मुक्तक वाचनमा काठमाडौँकी सीता भण्डारी कणेल र संखुवासभा घर भई जापानमा रहेकी सयपत्री थुलुङ उत्कृष्ट मुक्तककार घोषित भएकी थिइन् । उनीहरूलाई जनही दस हजार रूपैयाँ र प्रमाणपत्र समेत प्रदान गरिनेछ । गत वर्ष करिब छ दर्जन बढी सर्जकहरूले इको सिर्जना वाचन गरेका थिए ।

महासंघको बैठकमा सल्लाहकारहरू विश्वासदीप तिगेला, औतारी साइँला गुरुङ, गणेश पुन, सहसचिव लाहाङ चेम्जोङ, मिडिया सचिव विश्वजीत थापाको सहभागिता रहेको थियो ।

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved