मोरङ । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ मा नेकपा एमालेको प्यानलै विजय भएको छन् ।
एमालेका तर्फबाट उम्मदेव्वार बनेका शुशिल बुढाथोकी १ हजार ८ सय ६४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गोपाल खड्कालाई ५ सय ६० मतको अन्तरले पछि पार्दै वियजी भएका हुन् ।
त्यसैगरी महिला सदस्य सबित्रा चौधरी १ हजार ७ सय ६२, दलित महिला सदस्य किना ऋषिदेव १ हजार ७ सय ७४, खुल्ला पहिलो सदस्य केशव दाहल १ हजार ६ सय ९९ र खुल्ला दोस्रो सदस्य भिम बहादुर कार्कीले १ हजार ६ सय ३९ मत प्राप्त गर्दै प्यानलनै विजयी भएका हुन् ।
त्यसैगरी एमालेबाट अध्यक्षका उम्मेद्वार राजमती इङ्नामले १ हजार ६ सय ८७, कांग्रेसका सन्जय भट्टराईले ९ सय ८८, माओवादी केन्द्रका सुर्य धिमालले ७ सय १० र राप्रपाको मोहन गौतमले ५६ मत पाएका थिए । त्यसैगरी नेकपा एमालेबाट उपाध्यक्षका उम्मेद्वार भोला अधिकारी १ हजार ७ सय ६९, कांग्रेसका मनकुमारी गुरुङ १ हजार २सय , माओवादी केन्द्रका तारा ओझा ४ सय १७ र राप्रपाले ६३ मत पाएका थिए ।
यसअघि पनि २ नं वडामा सोही प्यानल विजयी भएको थियो ।