बुढासुब्बा मन्दिरमा गरिने परम्पराको चर्चा नै भएन

  • जेठ २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैसाख पूर्णिमा दिन बुद्ध जयन्ति, किरातहरुले साकेला उद्यौलीका रुपमा धुमधामका साथ मनाउने गरिए पनि प्रदेश नं. १ कै एकमात्र मन्दिर बुढासुब्बा मन्दिरमा वैसाख पूर्णिमाका दिन मनाइने पर्वका विषयमा भने कसैलाई थाहा नै छैन ।

बुढासुब्बा मन्दिरमा वैसाखे पूर्णिमा दिन धुमधामका साथ मनाउने गरिएको छ । पूर्णिमाको पहिलो दिन त्यहा ढलेका, लडेका र सुकेका बास काट्ने प्रचलन रहेको छ । अर्थात परम्परा अनुसार पूर्णिमाको दिन त्यसरी बास काट्ने प्रचलन रहेको छ ।

यसै क्रममा आइतबार धरान १४ विजयपुरमा रहेका ढलेका, सुकेका बासहरु काटिएका छन् । अरु बेला बासलाई काट्न नहुने परम्परा रहेको छ । बुढासुब्बा नजिक व्यापार गर्दै आएका प्रेमप्रसाद पराजुलीले भने–‘सबै मन्दिरका आ आफ्ना पर्व हुने गरेका छन्, पिण्डेश्वरको शिवरात्री, दन्तकालीको दशै, बराहक्षेत्रको कार्तिक पूर्णिमाभएजस्तै भगवान बुढासुब्बाको पर्व वैसाख पूर्णिमा हो ।’

उनका अनुसार बुढास्ुब्बा धनुषबाट उत्पति भएको किवन्ति भए अनुसार ढलेका, लडेकाबासहरुलाई टिप्ने काम गरिने बताए । उनले भने–‘टिपेका बासलाई सर्वसाधारणले प्रसादको रुपमा घरमा लग्ने प्रचलन रहेको छ, शायद बास प्रशाादको रुपमा प्रयोग गरिने परम्परा अन्यत्र छैन, बुढासुब्बा मन्दिरमात्र हुनुपर्छ ।’

उनले त्यहाको बास प्रसादको रुपमा घरमा राख्दा फलीफाप हुने जनविश्वास रहेको बताए । बास घरमा राख्दा बस्तुभाउ फस्टाउने, व्यापार गर्नेको व्यापार फस्टाउने लगायत जसले जे पेशा गर्छ उसको त्यस पेशामा पलिफाप हुने परम्परा रहेको बताए ।

उनले वैसाख पूर्णिमा दिन त्यहाका पूजारीहरुले बुढासुब्बा मन्दिरमा धुमधामका साथ मनाउने गरे पनि यहाको पूजाको विषयमा प्रचार नहुदा पूजाको विषयमा धेरैलाई थाहा नभएको बताए । उनले भने–‘साकेला पर्व, उद्यौली, उभौली, शिवरात्री लगायतका पर्वको जति चर्चा छ, बुढासुब्बाको वैसाख पूर्णिमा हुने पर्वको विषयमा सायदै कसैलाई थाहा छैन, होला यसको प्रचारप्रसार गर्न जरुरी छ ।’

यहाको परम्परा बर्षौदेखि चलिआएको भएपनि यसको चर्चा कमै भएको मन्दिरका पूजारीहरुले समेत बताएका छन् ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved