कोलोराडो । नेपालमा कोभिड–१९ विरुद्ध आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न हेतु रकम संकलन गर्न कोलोराडो पुगेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले ४ लाख २१ हजार ३ सय ९८ रुपैया सहयोग संकलन गर्न सफल भएका छन् । ‘मिट एण्ड ग्रेट फन्डराइजिङ डिनर विथ डा. पुन’ नामक कार्यक्रम गत विहिबार साँझ सम्पन्न भएको थियो । कार्यक्रममा नव निर्वाचित एनआरएनए कोलोराडो चाप्टरबाट ४२ हजार २ सय ६०, सिस्टर ग्रुप कोलोराडोबाट ४३ हनार ६ सय ४४, हिमालयन लायन्स क्लवबाट ४१ हजार १ सय ८७, सुमन हुमागाई (दरबार नेप्लिज एण्ड इण्डियन बीस्ट्रो)बाट ४१ हजार, ‘वानको’मा कार्यरत एक समूह बाट ४५ हजार
सुनसरी । चलचित्र पर्यटन क्षेत्रको बिकास गर्दै प्रदेशलाईनै चलचित्रमय बनाउन सुझाव सहित नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ले प्रदेश सरकारलाई वार्षिक योजना सहितको प्रस्तावना बुझाएको छ । नौं बुँदे कार्ययोजना सहित प्रदेश नम्बर १ लाई चलचित्र नगरी बनाउन सुझाव समेत दिएको छ । महासंघले बुझाएको योजना अनुसार छायाँकन स्थल निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरेको छ । त्यसै गरि राष्ट्रिय स्तरको कार्यशाला तथा तालिम, प्रदेशमा चलचित्र महोत्सव तथा विविध कार्यक्रम, संस्थागत रुपमा चलचित्र सम्बन्धी बिभिन्न गतिविधी तथा आदिवासी जनजाती चलचित्र महोत्सव गर्न सुझाव दिएको छ । त्यसै गरि चलचित्र प्रोत्साह
धरान/ कोरोनाको दोश्रो लहरसँगै सरकारले जारी गरेको निषेधाज्ञाका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ठुला उद्योगले आफ्नो उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । ती उद्योगले पछिल्लो समय क्षमताको ४० प्रतिशतमात्र उत्पादन गरिरहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा लम्बिँदै जाँदा औद्योगिक करिडोर विराटनगर,दुहबी र खनारमा सञ्चालित सिमेन्ट,स्टिल,वायर्स लगायतका उद्योग बन्द गर्ने मनिस्थितिमा सम्बन्धित उद्योगी पुगेका छन् । निषेधाज्ञा लम्बिदै जाँदा खाध्यान्न,स्वास्थ्य सामग्री उत्पादन गर्ने बाहेकका एक सयभन्दा बढी साना तथा मझौला उद्योग बन्द हुदा झ
झापा । झापा कचनकवल गाऊपालिका ६ का ४० बर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएकोमा कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको हो ।
बराहक्षेत्र । अघिल्लो वर्षको कोरोना महामारीले मन्दिर परिषरमा फुलपातीको व्यापार गर्ने व्यापारीहरु लाई वर्ष भरीनै बेरोजगार बनायो । लकडाउन केही सहज हुँदै गर्दा मन्दिर आउने भक्तजनले उनिहरुको व्यापार तङरिन खोज्दै थियो । पुनः दोस्रो चरणको कोरोनाको महामारिले फेरि बेरोजगार मात्रै बनाएन उनिहरुलाइ आर्थिक भार समेत थपिदिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण जोखिम बढे पछि सरकारले लगाएको निषेधाज्ञा घोषणा गरे पछि मन्दिरमा चहल शुन्य छ । पर्यटन व्यवसायलाई समेत दुर्गामी असर पारेको छ । वराहक्षेत्र मन्दिर परिषदमा फुलपाति, मिठाइँ व्ययसाय गर्दै आइरहेकी आशा कार्की व्यवसाय गत बर्षको जस्तै यस बर्षको सुरुवाती म
धरान/ कोरोना भाइरसको संक्रमण न्युनकरण गर्न सुनसरी जिल्ला प्रशासनले लगाएको निषेधाज्ञा थप एक साता लम्बयाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा शुक्रबार बसेको डिसिसिएमसिकको बैठकले निषेधाज्ञाको अवधि बढाएर जेष्ठ ३१ गते सम्म पु¥याएको हो । यसअघि थपिएको निषेधाज्ञाको अवधि शनिवार राती १२ बजे सकिदैछ । बैठकले निषेधाज्ञा अवधिभर कुनै पनि पसलहरु खोल्न नदिने निर्णय गरेको छ । सर्वसाधारणहरुलाई पनि औषधी खरीद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको छ । तर, मजदुरहरुलाई भने निर्वाधरुपमा आवतजावत गर्न दिइने निर्णय भएको छ । कृर्षि तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिन
इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले बताइन । उपमेयर गौतमको अनुसार अहिले सम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको हो । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षण सँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिएको छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह समेत गरि
विराटनगर । कोभिड महामारीसंग जुध्न तीन तहकै सरकारबीच प्रभावकारी समन्वय र स्पष्ट जिम्मेवारी बोध गरेर अघि बढ्न गाउँपालिका राष्ट्रिय महासंघले आग्रह गरेको छ । महामारी नियन्त्रणमा सक्रिय तीनै तहका सरकारबीच समन्वय नुहँदा संघीयताको मर्म नै हराउँदै गएको महासंघको ठहर छ । महासंघले अनलाइन आवेदन दिएर कोरोना खोप वितरण गर्दा त्यो समानुपातिक नहुने र ग्रामीण भेगमा इन्टरनेटको पहुँच नभएकोले दूरदराजका नागरिक छुट्ने भएकोले यो सहर केन्द्रीत मात्र हुने जनाएको छ । स्थानीय सरकारका सन्दर्भमा संघीय सरकारबाट ल्याइएको बजेटका मुख्य विषय, सवालहरु र गाउँपालिकाहरुले आगामी आ.व.को बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयमा महा
झापा/ झापाको बिर्तामोड नगरपालिका-९ धौलापुरबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर्षीय दिपक चौधरी र एक १७ बर्षीय बालकलाई बिहिवार राती ७ बजे १ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङ । मोटरसाईकल चोरीको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-२ का ४० बर्षीय सुवास चन्द्र राई, ईटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र ईटहरी १३ का २६ बर्षिय राजेश मेहेता रहेका छन् । जेष्ठ १२ गते मोरङको सुन्दरहरैचा नगरपालिका-४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश-१-०५-००१ प.००६१ एन.एस २०० सी.सी को मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ईटहरीको खनारबाट चोरी भएको मोटरसाईकल सहित २० गते बिहिवार राती १० बजे पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।