प्रदेश नं. एकको धरानसहित ९ स्थानमा जुनसुकै समय इन्टरनेट बन्द हुनसक्ने

  • जेठ २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश नं. १ को धरान सहित ९ स्थानमा जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने सम्बन्धित संस्थाहरुले जनाएका छन् ।

निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल र्( स्पान) ले प्र्रदेश नं १ का ९ स्थान सहित देशका ११ ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने जनाएका हो ।

स्पानले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानूनी ढङ्गले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट (डेटा सेन्टर, पीओपी) र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको र त्यस्ता ठाउँमा इन्टरनेट बन्द हुनसक्छ ।’

स्पानद्वारा जारी गरिएको सूचनामा विद्युत प्राधिकरणले यी स्थानमा विद्युत लाइन काट्दा ब्याकअप सिस्टमका कारण केही समय इन्टरनेट चलिरहेपनि ब्याकअप सिस्टमले धान्न छाडेपछि कुनै पनि समयमा इन्टरनेट बन्द हुनसक्ने उल्लेख गरेको छ । जस अन्तर्गत इलाम, मोरङको विराटनगर, खोटाङ, उदयपुरको गाइघाट, सुनसरीको इनरुवा, धरान, दुहवी, लहान र डोटीमा इन्टरनेट सेवा बन्द हुनसक्ने जनाइएको छ ।

‘ब्याकअप सिस्टमले धान्न छोडेपछि यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने कुरा ग्राहक महानुभावहरु र सम्बन्धित सबैलाई दुःखका साथ जानकारी गराउँदछौ,’ सूचनामा भनिएको छ ।

साथै सूचनामा नेपाल सरकारको उच्चस्तरीय समितिको प्रतिवेदन अनुसार मात्र पोल भाडा तिर्न इन्टरनेट सेवा प्रदायकहरू तयार जानकारी समेत दिइएको छ ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved