धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप बढ्दै गएपछि प्रतिष्ठानले ओपिडीको बिल काट्ने समयमा हेरफेरि गरेको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोख्रेलका अनुसार विरामीको चापलाई ध्यानमा राख्दै उनीहरुकै सुविधाको लागि ओपिडीको टिकट काट्ने समय हेरफेरि गरिएको हो । उनका अनुसार यसभन्दा अगाडि विहान ८ बजेदेखि ११ बजेसम्म खालिने टिकट काउन्टर अब विहान ७ः३० देखि १२ बजेसम्म र दिउँसो २ देखि ३ बजेसम्म खोलिने बताए ।
प्रवक्ता पोख्र्लले भने–‘प्रतिष्ठानमा उपचार गराउने आउनेको संख्यामा अत्याधिक वृद्धि भएको छ, दैनिक ५ हजारसम्म विरामी प्रतिष्ठानको ओपिडीमा मात्र उपचार गराउन आउछन्, सर्वसाधारणको सुविधाकै लागि हामीले समय थप गरेका हौं ।’
प्रतिष्ठानले सयम थप गरेको प्रति सर्वसाधारणले समेत सकारात्मक रुपमा लिएका छन् । धरान १५ का सुवास राईले प्रतिष्ठानले ओपिडीको बिल काट्ने समय थप गरेको प्रति सकारात्मक भएको बताए । उनले भने–‘अत्याधिक भीडका कारण विल काट्न नसकेर कतिपटक फर्किएका पनि छौै, समय थप भएपछि त्यस्तो नहोला ।’