बीपी प्रतिष्ठानद्वारा ओपिडीको बिल काट्ने समयमा हेरफेर

  • जेठ २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप बढ्दै गएपछि प्रतिष्ठानले ओपिडीको बिल काट्ने समयमा हेरफेरि गरेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोख्रेलका अनुसार विरामीको चापलाई ध्यानमा राख्दै उनीहरुकै सुविधाको लागि ओपिडीको टिकट काट्ने समय हेरफेरि गरिएको हो । उनका अनुसार यसभन्दा अगाडि विहान ८ बजेदेखि ११ बजेसम्म खालिने टिकट काउन्टर अब विहान ७ः३० देखि १२ बजेसम्म र दिउँसो २ देखि ३ बजेसम्म खोलिने बताए ।

प्रवक्ता पोख्र्लले भने–‘प्रतिष्ठानमा उपचार गराउने आउनेको संख्यामा अत्याधिक वृद्धि भएको छ, दैनिक ५ हजारसम्म विरामी प्रतिष्ठानको ओपिडीमा मात्र उपचार गराउन आउछन्, सर्वसाधारणको सुविधाकै लागि हामीले समय थप गरेका हौं ।’

प्रतिष्ठानले सयम थप गरेको प्रति सर्वसाधारणले समेत सकारात्मक रुपमा लिएका छन् । धरान १५ का सुवास राईले प्रतिष्ठानले ओपिडीको बिल काट्ने समय थप गरेको प्रति सकारात्मक भएको बताए । उनले भने–‘अत्याधिक भीडका कारण विल काट्न नसकेर कतिपटक फर्किएका पनि छौै, समय थप भएपछि त्यस्तो नहोला ।’

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved