आर्युवेदिक औषधिको महत्व बढ्दै: स्थानीय तहहरुले आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन गर्न थाले

  • जेठ २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पछिल्लो समय आयुर्वेद औषधिको महत्व बढ्दै गएको छ । महत्व बढेकै कारण स्थानीय तहहरुले यसम्बन्धी स्वास्थ्य केन्द्रहरु सञ्चालन गर्न थालेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकाको माहतमा रहने गरी कविराज ९चिकित्सक० नै राखेर बर्षौ अघि आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । आर्युवेद केन्द्रको खासै प्रचारप्रसार नहुदा सर्वसाधारण यदाकदा पुग्ने गरेका छन् । सञ्चालन भएको केन्द्रमा पाइने औषधि र उपचारका विषयमा सर्वसाधारणलाई जानकारी नहुदा यस्तो समस्या आएको हो ।्

आयुर्वेदिक औषधालय सञ्चालन भएपनि यसको महत्वका विषयमा धरान उपमहानगरपालिकाले बुझाउन नसक्दा लथालिंग तरिकाले सञ्चालन भएको छ ।

पछिल्लो समय विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो । विराटनगर वडा नम्बर ११ को जनपथ टोलमा सञ्चालनमा ल्याइएको सेवा केन्द्रबाट आयुर्वेदसम्बन्धी सम्पूर्ण उपचार हुनेछ । औषधिसहित सबै सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने महानगरले जनाएको छ । महानगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर हाल एउटा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइए पनि आगामी दिनमा सबै वडामा सेवा विस्तार गर्ने महानगरकी कार्यबाहक प्रमुख कार्कीले बताइन् । उपमेयर कार्कीले सम्पूर्ण महानगरलाई प्रतिनिधित्व हुनेगरी विराटनगर–११ मा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्न पाएकोमा खुसी व्यक्त गरिन् । “सबै महानगरवासीको सेवाका लागि अहिलेलाई विराटनगर–११ मा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र स्थापना गरिए पनि आगामी दिनमा अन्य वडामा पनि विस्तार गर्ने योजना छ,” कार्कीले भनिन्, “आयुर्वेदका विषयमा आमनागरिकलाई जानकारी गराउनुपर्ने पनि देखिन्छ ।”

कार्यक्रममा महानगरका प्रशासकीय अधिकृत उमेश बस्नेतले सेवा केन्द्रबाट महानगरवासीले बढीभन्दा बढी लाभ प्राप्त गर्ने बताए । उनले आगामी दिनमा महानगरका १९ वटै वडामा आयुर्वेद सेवा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । “यो आयुर्वेद स्वास्थ्य केन्द्र उत्तरतर्फ लाने तयारी भएको थियो, मैले नै दिइन् । लाने भए कार्यपालिकाबाट निर्णय गर्नुपर्छ भन्ने अडान राखेका कारण यहाँ स्थापना भएको हो,” बस्नेतले भने, “यसका लागि वडाध्यक्षले पनि तर्कसंगत आफ्ना विचार राख्नुभयो ।” विराटनगरको उत्तरी र दक्षिणी क्षेत्रलाई समेटेर मध्यभागमा आयुर्वेद केन्द्र स्थापना गरिएको उनले प्रस्ट्याए ।

आधुनिक चिकित्साका साथै आयुर्वेद चिकित्सालाई पनिसँगै लानुपर्नेमा अन्य वक्ताहरूले जोड दिए । वडाध्यक्ष तीथेन्द्र न्यौपानेले आयुर्वेद केन्द्रको प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए । उनले सञ्चालनमा ल्याइएको आयुर्वेद केन्द्र सफल भए अन्य वडामा पनि विस्तार गर्न सकिने उल्लेख गरे ।

हालको जनशक्ति र भौतिक संरचनाका आधारमा दैनिक २५ जनालाई सेवा दिन सकिने महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिए । बिरामी जाँच, औषधि वितरणसँगै हाडजोर्नी दुखाइलगायतका समस्याको उपचारसमेत हुनेछ । त्यस्तै पञ्चकर्म र पूर्वकर्मको समेत सुविधा आयुर्वेद स्वास्थ्य केन्द्रमा उपलब्ध हुने उनले बताए । उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृत बस्नेत, वडाध्यक्ष न्यौपानेले क्रमशः पहिलो, दोस्रो र तेस्रो सेवा लिएका थिए । कार्यक्रममा स्वास्थ्य महाशाखाका सहसंयोजक राजेन्द्र कुइँकेल, जिल्ला आयुर्वेद केन्द्रका चिकित्सिक डा। निशान्त ढकाललगायतले आयुर्वेद चिकित्साका विषयमा आ–आफ्ना विचार राखेका थिए ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved