कार्यदलले निमित्त उपकुलपतिलाई प्रतिवेदन बुझायो

  • जेठ २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । घोपा बचाउ अभियानको आन्दोलनका विषयमा गठित कार्यदलले मगलबार प्रतिवेदन बुझाएको छ ।

प्रतिष्ठानको अस्पतालका समस्याहरु सुधार गर्दै छिटो छरितो ढंगले गुणस्तरिय सेवा उपलब्ध गराउनुपर्ने माग राखदै घोपा बचाउ अभियानले संचालन गरिरहेको आन्दोलनको विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको उपस्थितिमा जेष्ठ १६ गते भएकोले छलफललले राय सुझाव सहितको प्रतिवेदन पेश गर्न प्रतिष्ठान, धरान उपमहानगरपालिका तथा घोपा बचाउ अभियानका प्रतिनिधी रहने गरि गठित अध्ययन कार्यदल गठन भएको थियो । गठित कार्यदलले लगातार ७ दिनसम्म विभिन्न सरोकारवालाहरुसंग छलफल एवं परामर्श गरी मगलबार प्रतिवेदन बुझाएको हो ।

कायदलले शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति प्रा.डा. गुरु प्रसाद खनालूलाईे प्रतिवेदन बुझाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलले बताए । उने भने–‘ मंगलबार कार्यदलले प्रतिवेदन बुझाएको छ, प्रतिवेदनमा औल्याइएका सुझावहरु अध्ययन गरी तत्काल गर्न सकिने कार्यहरु लगायत मध्यकालिन तथा दिर्घकालिन रुपमा सम्पन्न गर्न सकिने कार्यहरुको विस्तृत कार्ययोजना पांच दिनभित्र उपकुलपतिूको कार्यलयमा पेश गर्न सम्बन्धित विभाग, शाखा, महाशाखाहरुलाई निमित्त उपकुपतिुबाट निर्देशन भएको छ ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved