बाढीपहिरोबाट भौतिक तथा मानवीय क्षति हुन नदिन पूर्व तयारी

  • जेठ २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बर्षाद्को समयमा भौतिक तथा मानवीय क्षतिबाट जोगनका लागि संखुवासभामा नमूना उदार अर्थात नमूना अभ्यास प्रदर्शनी ९सिम्युलेसन० गरिएको छ ।

पहाडी क्षेत्रमा वर्षायाम सुरु हुन थालेपछि बाढी पहिरोको बढी जोखिम हुन्छ ।स बाढी तथा पहिरोले मावनीय तथा भौतिक क्षति हुने गरेको छ । यसैलाई मध्यनजर गरी बाढी तथा पहिरोबाट बच्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी ९सिम्युलेसन० गरिएको हो । सदरमुकाम खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा कृत्रिम पहिरो बनाई अभ्यास गरिएको हो ।

पहिरोबाट बच्ने उपायबारे जनचेतना जगाउने जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा अभ्यास गरिएको हो । बर्सेनी बाढीपहिरो, चट्याङ, आगलागी, दुर्घटना र महामारी लगायतका विपत्ति तथा प्रकोपले पु¥याउने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार टोलीले गर्नुपर्ने कार्य र तयारीबारे प्रदर्शनी गरिएको हो ।

अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पहिरोबाट प्रभावितको उद्धारसम्बन्धी अभ्यास गरे । नयाँ भैरवी दल गुल्मका मेजर दिनेश चौलागाईँले बाढीपहिरो जस्ता विपत्ति आउँदा उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म पु–याउने विधिबारेमा नमुना अभ्यास गरेको जानकारी दिए । उनले भने–‘विपत्तका बेलामा कसरी सावधानी अपनाउने, भइपरी आएको समयमा कसरी उद्धार गर्ने र कसरी प्राथमिक उपचार गराउने भन्ने विषयमा जानकारी गराएका हौं ।’

उनले बाढीपहिरोमा कसरी र कुनकुन माध्यम उपयोग गरेर मानवीय सहयोग गर्न सकिन्छ भन्ने अभ्यास गराएको बताए । नमुना अभ्यासमा जिल्ला स्थित सरकारी कार्यालय,नेपाल रेडक्रस सोसाइटी,जिल्ला अस्पताल,जिल्ला स्वास्थ्य, खाँदबारी नगरपालिका र सामाजिक संघ संस्थाका प्रतिनिधि पनि सहभागी थिए। जिल्लामा पहिरोबाट गत वर्ष ११ जनाको ज्यान गुमाएका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved