समाचार

    Showing 5,921-5,930 of 10,034 items.
  • 'ब्रेथलाइजर बिग्रियो'

    धरान । ट्राफिक प्रहरीको हतियारको रुपमा मानिएको मादक पदार्थ सेवन गरे नगरेको जाच गने मेसिन ब्रेथलाइजर विग्रिएर थन्किदा मोरङमा सवारी जाँच प्रभावित बनेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र प्रहरीले प्रयोग गर्दै आएको ब्रेथलाइजर मेसिन बिग्रेको लामो समय भयो तर बिग्रिएको ब्रेथलाइज नबनाउदा सवारी साधनमा चलाउनेहरुले निर्वाधरुपमा मापासे गरी सवारी चलाउने गरेका छन् । ब्रेथलाइजर मेसिन मोरङ ट्राफिकसँग १२ वटा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । १२ वटा सबै ब्रेथलाइजर मेसिन बिग्रिएर थन्किएका कारण मापसे चेकजाँच गर्न नै समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्ष

    • प्रकाशित मितिः असार २७, २०७९
    • 826 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिबिस्कसमा कानून विषय पढाइ हुने

    धरान । कानून विषयमा विद्यार्थीको रुचि र आवश्यकतालाई महसुस गरी पछिल्लो समय नीजि विद्यालयले समेत कानून विषयलाई समावेश गर्न थालेका छन् । विद्यार्थीको रुचिलाई मध्यनजर गर्दै धरानको हिबिस्कस इ.बो.स्कुलले कानुन बिषयमा अध्यन गराउने भएको छ । धरान १५ मा रहेको हिबिस्कस ईङ्गलिस बोडिङ्ग स्कुलले ११ र १२ मा कानुन बिषयको अध्यन गराउने भएको हो । आइतबार पत्रकार समेलन गरी पूर्वको शैक्षिक हबको रुपमा रहेको धरान शिक्षाको लागि महत्त्त्वपूर्ण क्षेत्रको रुपमा परिचित रहेकोले पनि नीजि विद्यालयमा पनि कानूनको अध्यापन गराउन लागेको हिबिस्कस स्कूलले जनाएको छ । शैक्षिक सत्र २०७९÷८० बाट कानुनको कक्षा सञ्चालन गर्ने

    • प्रकाशित मितिः असार २७, २०७९
    • 768 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

    धरान । एक महिलालाई बलात्कार गरेको आरोपमा धनकुटा सहीदभूमि गाउपालिका वडा नं ५ का वडाध्यक्ष सन्तोष राईलाई शनिवार प्रहरीले धनकुटाबाट प्रक्राउ गरेको छ । पीडित महिला पक्षले राईले बलात्कार गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय धनकुटामा दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहिदभूमि गाउँपालिका–५ का वडाअध्यक्ष ३८ वर्षीय ा राईलाई पक्राउ गरी अनुसन्धान थालेको छ । पीडितले पक्षले दिउको उजुरीमा राईले ती युवतीलाई तेह्रथुमको लालीगुरास नगरपालिकामा वसन्तपुरमा रहेको ताप्लेजुङ होटलमा पु¥याएर बन्धक बनाएर बलात्कार गरेको उल्लेख गरेकी छन् । पीडित प

    • प्रकाशित मितिः असार २७, २०७९
    • 990 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मीरगञ्ज पुल नबन्दा नेपाली उद्योगी व्यवसायी मारमा

    धरान । पुल सुचारु गराउन भारतको अररियामा पुगेर व्यवसायीले ज्ञापनपत्र बुझाए l विराटनगरका उद्योगी व्यवसायीहरुले भारत बिहारलाई नेपालको विराटनगरसँग जोड्ने मार्गमा पर्ने मीरगन्ज पुल सञ्चालनका लागि भारतको अररियालाई सम्बन्धित स्थानमै पुगेर ज्ञापनपत्र बुझाए । लामो समयदेखि नेपाल सरकारलाई सञ्चालनको पहलका लागि आग्रह गर्दासम्म नेपाल सरकारले सुुनुवाई नै नगरेपछि सम्बन्धित ठाउँमा नै पुगेर कलेक्टरको कार्यालय, सह जिल्ला मजिष्ट्रेट पुगेर कलेक्टर श्रीमति इनायत खानलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले ६ जनवरी २०२२ मा मिरगञ्जको पुल क्षति पुगेपछि जोगबनी–विराटनगर नाकाबाट सवारी साधनको आवतजावत क्रमशः घट्दै गए

    • प्रकाशित मितिः असार २७, २०७९
    • 794 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकीय क्षेत्र चिण्डे डाँडा बर्षाद्को समयमा सुनसान

    धरान । धरानको पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको धरान २० चिण्डेडाडाका सर्वसाधारण बर्षेनी बर्षाद्कोको समयमा सास्ती भोग्नु नियति नै बनिसकेको छ । बर्षादका समयमा आएको अविरल बर्षाका कारण सडक भत्किने, अवरुद्ध हुने भएपछि उनीहरुलाई सास्ती भोग्नुपरेको हो । धरान आसपासका अन्य क्षेत्रजस्तै चिण्डे डाडा समेत पर्यटकीय स्थल बन्दै गएको छ । यहाँबाट प्याग्लाइडिङसमेत सञ्चालनमा आउन थालेको छ तर सडकको स्तरोन्नति हुन नसक्दा यहाँका सर्वसाधारणले बर्षेनी बर्षाको समयमा समस्या भाग्नुपरेको छ । धरान २० चिण्डेडाडाका स्थानीय विजय राईले धरान उपमहानगरपालिकामा पर्ने चिण्डेडाँडा बर्षादको समयमा धरानसँग नै सम्बन्ध विच्छेद

    • प्रकाशित मितिः असार २७, २०७९
    • 1,421 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • वातावरण संरक्षणका लागि साइकल प्रयोग गर्ने सम्झौता

    धरान । विद्यालयस्तरबाट वातावरण संरक्षण गर्ने अभियान अनुरुप धरानको कलेज र जोइन्ट बाइकबीच सम्झौता भएको छ । धरान उपमहनगरपालिकाका मेयर हर्क साम्पाङको समुपस्थितिमा प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज र जोइण्ट बाइक धरानबीच दैनिक रुपमा साइकलको प्रयोग गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने सम्झौता भएको हो ।सम्झौतामा प्राइम भिजन कलेजका तर्फबाट कलेजका सिइओ अभिषेक श्रेष्ठ र जोइण्ट बाइकका तर्फबाट धरान डिलर कृष्ण केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् l सम्झौतामा प्राइम भिजनमा अध्यनरत विद्यार्थीले प्रयोग गर्ने साइकल खरिद र साइकल ममर्तमा छुट र वार्षिक रुपमा मर्मतहरुमा बिशेष छुटको व्यवस्था

    • प्रकाशित मितिः असार २६, २०७९
    • 841 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हाम्रो समूहद्वारा धरानलाई डस्बिन सहयोग

    धरान । धरानलाई सफा सुग्गर बनाउने मेयर हर्क साम्पाङको अभियानलाई सहयोग गर्न हङकङमा कार्यरत ‘हाम्रो समूह’ मा आवद्ध रहेका धरानका स्थानीय वासीहरुले शनिबार १४ थान डस्विन सहयोग प्रदान गरेका छन् । हङकङमा कार्यरत धरान ११ निवासी दिपेन्द्र फुपाहाङ्ग लिम्बूले पठाएको रकमबाट उनका छोरा महेश फोम्बो र नुगेकेश काफ्ले नगर प्रमुख राईलाई डस्विन प्रदान गरेका हुन् । सो अवसरमा मेरि साम्पाङले ‘थोपा थोपा मिलेर समुन्द्र बन्छ, भनेझै सबैले साथ दिएमा धरानलाई सुन्दर नगरी बनाउन सकिन्छ, सहयोग गरेकोप्रति म अभार प्रकट गर्छु ।’

    • प्रकाशित मितिः असार २६, २०७९
    • 1,182 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साम्पाङका सात अभियान

    धरान । अभियन्ता हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयर बनिसकेपछि पनि आफ्नो अभियानलाई छोडेका छैनन् । १४ बर्ष अभियानमा लागेर २०७९ सालमा भएको दोस्रो निर्वाचनमा स्वतन्त्रका तर्फबाट मेयर बनेका साम्पाङले धरानको खानेपानी समस्या समाधान, वृृक्षरोपणमार्फत धरानलाई स्वच्छ सफा बनाउने, दुव्र्यसनीमुक्त सहर बनाउने, भ्रष्टाचार न्यूनिकरण गर्ने, मितव्ययिता अपाउने, सरसफाई अभियान चलाउने र तारलाई व्यवस्थित गर्ने अभियानलाई निरन्तता दिइरहेका छन् । उनको अभियानलाई सार्थक बनाउन पछिल्लो समय धरानेहरुले समेत साथ दिन थालेका छन् । धरान २० पकुवा खोलामा पुगेर धरानका सर्वसाधारण, विभिन्न सरोकारवाला संघ संस्थाहरुले जनश्रमदान नै

    • प्रकाशित मितिः असार २६, २०७९
    • 809 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर महानगरको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित

    धरान । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । शनिबार बसेको १० औं नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले असार १० गते आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । आयस्रोत कमजोर हुँदा विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७९÷८० को बजेट आर्थिक वर्ष ०७८÷७९ कोभन्दा १५ प्रतिशतले कम बजेट सार्वजनिक गरेको थियो । शनिबार बसेको बैठकमा मेयर नागेश कोइरालाको अनुमतिले उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आर्थिक विधेयक, विनियोज

    • प्रकाशित मितिः असार २६, २०७९
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अमाह सिमसार क्षेत्रमा वृक्षरोपण

    धरान । लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा रहेको पर्यटकीय स्थल अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र अन्य प्रजातिका विरुवाहरु रोपेका छन । आमाह वन उपभोक्ता समूह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रमको आयोजना गरी विरुवा रोपिएको हो । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ न. वडामा पर्दछ । आन्तरिक पर्यटकहरुमा अमाह सिमसार चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेका छन । पर्यटकिय स्थलको रुपमा चर्चित रहेको अम

    • प्रकाशित मितिः असार २६, २०७९
    • 1,278 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved