विराटनगर महानगरको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित

  • असार २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ ।

शनिबार बसेको १० औं नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले असार १० गते आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । आयस्रोत कमजोर हुँदा विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७९÷८० को बजेट आर्थिक वर्ष ०७८÷७९ कोभन्दा १५ प्रतिशतले कम बजेट सार्वजनिक गरेको थियो । शनिबार बसेको बैठकमा मेयर नागेश कोइरालाको अनुमतिले उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आर्थिक विधेयक, विनियोजन विधेयक र महानगर खेलकुद विकास विधेयक पनि सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी बैठकले केही महत्वपूर्ण नीतिगत निर्णयहरूसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।

सोही बैठकले उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा न्यायिक समिति र महानगर सदस्य बलराम कारञ्जितको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ । न्यायिक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । न्यायिक समितिको सदस्यमा वडा नम्बर ११ का अध्यक्ष तीथेन्द्र न्यौपाने र वडा नम्बर ९ की सदस्य रुपा देउजा चयन हुँदा लेखा समितिको सदस्यमा २ नम्बर वडाकी सदस्य मेनुका परियार र ९ नम्बर वडाका सदस्य रियाज अहमदलाई बैठकले सर्वसहमतिले चयन गरेको बस्नेतले जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगरको आफ्नो स्रोतले मात्रै समग्र विराटनगरको विकास नहुने धारणा राखे । ‘सबै वडालाई धेरैभन्दा धेरै बजेट छुट्याएर समग्र विराटनगरको विकास गरौं भन्ने इच्छा र चाहना त कति धेरै छ,’ उनले भने, ‘तर हाम्रो क्षमता छैन । हाम्रो आर्थिक अवस्था कमजोर छ । जबसम्म हामीले राजस्व संकलनलाई १ अर्ब नघाउँदैनौं तबसम्म सोचेंजस्तो विकास गर्न सक्दैनौं ।’

मेयर कोइरालाले भौतिक संरचना निर्माणसँगै खानेपानी, सरसफाई, डुबान समस्या समाधानका लागि बजेटका विषयमा दातृ निकायहरूसित छलफल भइरहेको बताए । उपमेयर कार्कीले पनि महानगरको आर्थिक अवस्था बलियो बनाउनुपर्नेमा जोड दिइन् । कार्कीले भनिन्, ‘करको दायरामा नआउने धेरै छन्, उनीहरु सबैलाई करको दायरामा ल्याउनुपर्छ । हाम्रो आन्तरिक स्रोतलाई बलियो बनाउनुपर्छ । अनि मात्रै हामीले चाहेजस्तो विकास गर्न सक्छौं ।’

बैठकमा वडा नम्बर ४ का वडाध्यक्ष जितन थापा, वडा नम्बर ५ की वडा सदस्य अन्जु दाहाल, वडा नम्बर ११ का सदस्य बलराम कारञ्जित, वडा नम्बर ७ का वडाध्यक्ष जितेन्द्र अग्रवाल, वडा नम्बर १ की सदस्य लक्ष्मीदेवी राईलगायतले सडक बत्ती, सरसफाई, डुबान समस्या, जनप्रतिनिधिका सेवासुविधालगायतका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved