वातावरण संरक्षणका लागि साइकल प्रयोग गर्ने सम्झौता

  • असार २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विद्यालयस्तरबाट वातावरण संरक्षण गर्ने अभियान अनुरुप धरानको कलेज र जोइन्ट बाइकबीच सम्झौता भएको छ ।

धरान उपमहनगरपालिकाका मेयर हर्क साम्पाङको समुपस्थितिमा प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज र जोइण्ट बाइक धरानबीच दैनिक रुपमा साइकलको प्रयोग गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने सम्झौता भएको हो ।सम्झौतामा प्राइम भिजन कलेजका तर्फबाट कलेजका सिइओ अभिषेक श्रेष्ठ र जोइण्ट बाइकका तर्फबाट धरान डिलर कृष्ण केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् l

सम्झौतामा प्राइम भिजनमा अध्यनरत विद्यार्थीले प्रयोग गर्ने साइकल खरिद र साइकल ममर्तमा छुट र वार्षिक रुपमा मर्मतहरुमा बिशेष छुटको व्यवस्था गर्ने सम्झौता गरिएको कलेजका निर्देशक अनिल श्रेष्ठले जानकारी दिए ।

मेयर साम्पाङ्गले आह्वान गरेको ५ हजार वृक्ष रोपण अभियान अन्तर्गत शनिबार धरान १४ स्थित विजयपुरको पन्चकन्या मन्दिर परिसरमा भएको कार्यक्रममा प्राइम भिजनका बिद्यार्थी तथा शिक्षकहरु र अन्य धराने जनताको उपस्थितिमा कलेज द्वारा २ थान फोहोर राख्ने डस्विन समेत मेयर साम्पाङ्गलाई प्रदान गरिएको थियो ।

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved