मीरगञ्ज पुल नबन्दा नेपाली उद्योगी व्यवसायी मारमा

  • असार २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पुल सुचारु गराउन भारतको अररियामा पुगेर व्यवसायीले ज्ञापनपत्र बुझाए l

विराटनगरका उद्योगी व्यवसायीहरुले भारत बिहारलाई नेपालको विराटनगरसँग जोड्ने मार्गमा पर्ने मीरगन्ज पुल सञ्चालनका लागि भारतको अररियालाई सम्बन्धित स्थानमै पुगेर ज्ञापनपत्र बुझाए ।

लामो समयदेखि नेपाल सरकारलाई सञ्चालनको पहलका लागि आग्रह गर्दासम्म नेपाल सरकारले सुुनुवाई नै नगरेपछि सम्बन्धित ठाउँमा नै पुगेर कलेक्टरको कार्यालय, सह जिल्ला मजिष्ट्रेट पुगेर कलेक्टर श्रीमति इनायत खानलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले ६ जनवरी २०२२ मा मिरगञ्जको पुल क्षति पुगेपछि जोगबनी–विराटनगर नाकाबाट सवारी साधनको आवतजावत क्रमशः घट्दै गएको जनाउदै नेपाली उद्योगी÷व्यवसायीहरुले आफ्ना मालवाहक सवारी साधनहरु भीमनगर–भन्टाबारी भन्सार मार्फत रिरुट गर्दै आएको बताएका थिए । उनीहरुले यसले नेपाली आयातकर्ता÷निर्यातकर्ताहरुले उच्च ढुवानी लागत, अतिरिक्त समय, झन्झटिलो प्रक्रिया र अन्य विभिन्न अनावश्यक खर्चहरु व्यहोर्न बाध्य हुनु परेको र नेपाली अर्थतन्त्रमै नकारात्मक प्रभाव परिरहेको विहारका सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

उनले भने–‘व्यवसायीकै अनुरोधमा ८ फेबु्रअरी, २०२२मा अररीयाका तत्कालिन डिस्ट्रीक्ट मजीस्टे«ट प्रशान्त कुमार सीएच लगायत विभिन्न भारतीय निकायका अधिकारीहरु सहितको टोलीले पुलकोे निरीक्षण गरेका थिए, सवारी साधनहरुको आवागमन सूचारु गराउन शीघ्र सञ्चालनमा ल्याउ आवश्वासन दिए तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।’

पुल क्षति भएको ६ महिनाभन्दा बढी समय वितिसक्दा समेत पुल निर्माणकाृ कामसुस्त गतिमा अघि बढेको व्यवसायीहरुको गुनासो छ । ठूला सवारी साधनको आवतजावतलाई पुनः सुचारु गर्ने सम्बन्धमा सरोकारवाला पक्षले गम्भीरता नदेखाएको उनीहरुको आरोप छ । अध्यक्ष रिजालले भने– ‘हालै जिर्णोद्वार गरिएको मीरगञ्ज पुलको क्षमता समेत विगतको क्षमता भन्दा न्यून भएकोले सो पुलको भार क्षमता वृद्धि हुने गरी जिर्णोद्वार गर्न र सोही पुलको समानान्तरमा नवनिर्मित आरसीसी पुललाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई हामीले ध्यानाकर्षण गराएका हौं ।’

तेस्रो ‘मिस्टर कञ्च ...

झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र ...

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved