बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

  • असार २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एक महिलालाई बलात्कार गरेको आरोपमा धनकुटा सहीदभूमि गाउपालिका वडा नं ५ का वडाध्यक्ष सन्तोष राईलाई शनिवार प्रहरीले धनकुटाबाट प्रक्राउ गरेको छ ।

पीडित महिला पक्षले राईले बलात्कार गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय धनकुटामा दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहिदभूमि गाउँपालिका–५ का वडाअध्यक्ष ३८ वर्षीय ा राईलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

पीडितले पक्षले दिउको उजुरीमा राईले ती युवतीलाई तेह्रथुमको लालीगुरास नगरपालिकामा वसन्तपुरमा रहेको ताप्लेजुङ होटलमा पु¥याएर बन्धक बनाएर बलात्कार गरेको उल्लेख गरेकी छन् । पीडित पक्षले दिएको उजुरीमा–धनकुटाको हिले घुम्न जाउँ भनि बोलाएर लगेको अनि वसन्तपुर पु¥याइ राति होटलमै बन्धक बनाएर बलत्कार गरेको उल्लेख गरेकी छन्

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताए । उनले भने–‘पीडितले दिएको उजुरीको आधारमा हामीले वडाध्यक्ष राईलाई प्रक्राउ गरी अनुसन्धान शुरु गरेका छौं भने पीडितको स्वास्थ्य परीक्षण हामीले जिल्ला अस्पतालमा गराएका छौं ।’

घटनास्थल तेह्रथुम भएकाले कारबाहीको प्रक्रियाको लागि तेह्रथुम प्रहरीलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ । घटनाका आरोपित राई गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सहीदभूमि गाउँपालिकाको वडा नं. ५ बाट उमेदेवारी दिएर निर्वाचित भएका थिए ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved