अमाह सिमसार क्षेत्रमा वृक्षरोपण

  • असार २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt तस्बिर : विकाश चाम्लिङ राइ

धरान । लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा रहेको पर्यटकीय स्थल अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र अन्य प्रजातिका विरुवाहरु रोपेका छन ।

आमाह वन उपभोक्ता समूह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रमको आयोजना गरी विरुवा रोपिएको हो । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ न. वडामा पर्दछ । आन्तरिक पर्यटकहरुमा अमाह सिमसार चर्चित वन्दै गइरहेको छ ।

वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेका छन ।

पर्यटकिय स्थलको रुपमा चर्चित रहेको अमाह सिमसार क्षेत्रको वातावरण संरक्षणका लायन्स पञ्चकन्या र अमाह वन उपभोक्ता समुहसँग सहकार्य गरी वृक्षारोपण गरिएको हो ।

जंगली पशुपक्षिको आहारा हुने खालको फलफुलको विरुवा सहित वृक्षरोपण गरिएको धरान सरोकार समाजका सल्लाहकार सरु जोशीले वताइन् । यसले नेपालमा वढ्दो जलवायु परिवर्तनको असरलाई पनि न्युनिकरण गर्नमा सहयोग पुग्ने वताइन । डिस्ट्रिक गभर्नर पिएमजीफ ३२५ धिरज गुरुङ्गले बिरुवा रोपेर सुरु गरेका थिए ।

सो क्षेत्रमा अम्वक, अमला, तितिरी, शिरिस, सजिवनी, किम्वु, वेल, अशोक, अर्जुन, रक्तचन्दन, पिपल, तेजपत्ता लगायत ३३ प्रजातिको विरुवा रोपिएको आयोजक लायन्स क्लव अफ पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले वताइन् ।

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved