विराटनगर / नेपाल प्रहरी श्रीमती सङ्घ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ । नोबेल मेडिकल कलेजसँगको सहकार्यमा आयोजित शिविरमा प्रहरी कर्मचारीहरू, पूर्वप्रहरी, अमर÷अशक्त प्रहरीका सन्ततिसमेत गरी पुरुष २८५, महिला ७६ र बालबालिका १० गरी ३७१ जनाले सेवा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले बताए । शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौनरोग, हाडजोर्नी तथा नशा, दाँत, जनरल मेडिसिन, स्त्रीरोग र फोक्सोसम्बन्धी रोगका विशेषज्ञ चिकित्सकहरूले जाँच गरेका थिए ।शिविरमा भिडियो एक्सरे, ईसीजीलगायत विभिन्न किसिमका
मोरङ / विराटनगर महानगरपालिकामा रहेको सरकारी अस्पताल कोशी अस्पताल सेवाग्राहीको चापका कारण अस्तव्यस्त हुने गरेको छ । यसैलाई मध्यनगर गरी कोशीमा ५ सय शै्याको भवन बन्ने भएको हो ।आठतले मेडिकल भवनको बन्ने सो भवनको शिलान्यास शहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ्गले संयुक्त रूपमा गरेका छन् । विहीबार २ करोड १७ लाख ६६ लाख २० हजार २८३ रूपैयाँ लागतमा निर्माण हुन लागेको आठतले भवनको शिलान्यास गरिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रूपैयाँ १३ पैसामा कुल लागत अनुमान गरेकोमा ठेकेदार कम्पनी केसी कन्स्ट्रक
धरान / देशभरका औद्योगिक क्षेत्रमा अवस्थित उद्योगीहरू आन्दोलनमा ओर्लिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अस्वाभाविक भाडा वृद्धि गरेको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । लिमिटेडले एकैपटक आठ सय प्रतिशतसम्म भाडा बढाएको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको नेतृत्वमा उनीहरू आन्दोलित बनेका हुन् । महासङ्घले ९ दिनयता काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा निरन्तर आन्दोलन गरिरहेको छ । लिमिटेडले एकैपटक अस्वाभाविकरूपमा भाडा बढाएको महासङ्घको आरोप छ । महासङ्घका अध्यक्ष रामहिरा पाठकले काठमाडौँ, भक्तपुर, ललितपुर र पोखरामा अवस्थित औद्योगिक क्षेत्रमा आठ सय प्रतिशतसम्म भाडावृद्धि भएको जानका
विजयपुर / धरानका स्थानीय चिकित्सकलाई विभागबाटै हटाउने षड्यन्त्रमा लागेको भन्दै नाक कान घाँटी विभागकी प्राडा सङ्गीता भण्डारीविरुद्ध कारवाहीको माग गरिएको छ । ऐन–नियम मिचेर फ्याकल्टी प्रोफेसरले वरिष्ठ चिकित्सकलाई दुव्र्यवहार गरेको भन्दै पीडित चिकित्सकले न्यायको माग गरेका छन् । प्रोफेसरले अनधिकृत हस्तक्षेप गरेको आरोप लगाउँदै उनले आवश्यक कारवाही गर्न माग गरेका हुन् । दुव्र्यवहारपूर्ण ढङ्गले दैनिक कामकारवाहीमा रोक लगाएपछि आपूmले न्यायको माग गरेको उनले बताए ।यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् वरिष्ठ आवासीय चिकित्सक (एसआर) डा. प्रविद गजुरेललाई प्रतिष्ठानकी प्राडा भण्
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेकी छन् । राष्ट्रपतिले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । उनले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । ‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका ल
धरान : चौतर्फी आलोचनापछि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले आफ्नो एउटा फेसबुक स्टाटसमा प्रयोग भएको शब्दप्रति आइतबार क्षमा मागेका छन् । उनले फेसबुक स्टाटस र पत्रमार्फत् नै क्षमा मागेका हुन् । उनले गत मङ्सिर २८ गते लेखेको एउटा स्टाटसमा विरोधीहरूका लागि ‘चमारे’ शब्द प्रयोग गरेका थिए । सो विषयमा आपत्ति जनाउँदै राष्ट्रिय दलित आयोगले उनलाई स्टाटस सच्याउन आग्रह गरेको थियो तर मेयर राईले उल्टै आयोगको खिल्ली उडाएका थिए । आफू कुनै हालतमा नझुक्ने अडान लिएका राई अहिले भने आफ्नाे पद नै धरापमा परेपछि क्षमा माग्न बाध्य भएका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो स्टाटसल
मोरङ / प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निर्वाचन आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको छ । निर्वाचिन आआयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश प्रमुख खापुङ समक्ष प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवदेन पेश गरेका हुन् । ऐन, २०७४ को दफा ६२ बमोजिम सनिवार प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन आयुक्त थपलियाले प्रदेश प्रमुख समक्ष निर्वाचनको परिणमसहितको प्रतिवेदन पेश गरेको जनाइएको छ्। निर्वाचन ऐनमा उल्लेख भएअनुसार परिणामसहितको प्रतिवेदन पेश गर्नुपर्ने भनिएको भए पनि निर्वाचन आयोगले यसलाई कर्तव्यको रुपमा बुझेर प
विराटनगर / विराटनगरमा रहेको ग्रिनक्रस हस्पिटल प्रा.लि.ले स्वास्थ्यको पहुँच नपुगेकाहरुलाई लक्षित गरी एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ ।‘स्वास्थ्य परीक्षण गरौ, निरोगी र स्वास्थ्य बनौ’ भन्न मूल उद्देश्यका साथ स्वास्थ्य शिविरको आयोजना गरिएको हो । विराटनगर नगर ९ रंगेली रोडमा रहेको अस्पतालले सम्वृद्धि महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा आएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाच गरेको हो । शिविरमा सहकारी संस्थाका सदस्य तथा सर्वसाधारणले सेवा लिएका थिए । शिविरमा आएका सर्वसाधारणलाई ग्रिन क्रस हस्पिटलका फिजिसियन डा.चन्दन विश्वास, अर्थोप
विजयपुर / विगत अढाई महिनादेखि धरान नगरकार्यपालिका अनिर्णयको ब न्दी बनेको छ । कार्यपालिका सदस्य र धरान नगरप्रमुखबीचको विवादका कारण गत असोज १३ गतेदेखि बस्न नसकेको कार्यापालिका बैठक बिहीबारसमेत अनिर्णित बन्यो । नगर प्रमुख हर्कराज राई निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाउँदै बिहीबार पनि कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरे । बैठक बहिष्कारपछि पत्रकार सम्मेलन गर्दै कार्यपालिका सदस्यहरुले बैठक बस्न नसक्नुमा नगर प्रमुख राईले बैठकमा कार्यपालिका सदस्यलाई दिएको गैरजिम्मेवार अभिव्यक्ति भएको बताए । नगर प्रमुख राईको अभिव्यक्तिप्रति आत्मालोचना गर्न माग राख्दै कार्यपालिका सदस्यले बैठक बहिष्कार ग
धनकुटा / धनकुटामा पछिल्लो समय टनेल खेती तथा बेमौसमी तरकारी खेतीप्रति किसान आकर्षित भएका छन् । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेसँगै टनेल खेतितर्फ किसान आकर्षित भएका हुन् । टनेल खेती गर्दा लगाइको तरकारी सुरक्षित हुने र धेरै उत्पादनसँगै राम्रो आम्दानी हुने भएपछि टर्नेल खेतितर्फ आकर्षित बनेका हुन् । टर्नेल खेति गर्दा वेमौसमी तरकारी उत्पादन गर्न सकिने भएकोले पनि कृषकहरु टनेल खेतितर्फ आकर्षित भएका हुन् । महालक्ष्मी नगरपालिका मारेक कटहरेका कृषक कृषक पुष्प ढकालले टर्नेल खेति गर्दा झरी, असिना, घामबाट जोगाउन सकिने भएकोले लगाएको तरकारी खेर नजाने बताए । उनले भने–‘खुल्ला रुपमा तरकारी खेति ग