समाचार

    Showing 5,451-5,460 of 8,599 items.
  • भारतमा पनि भेटिन थाले ओमिक्रोनका संक्रमित

    एजन्सी/  अफ्रिकी मुलुकमा तिब्ररुपमा फैलिएकोे कोरोनाको नयाँ भेरियट ओमिक्रोन भारतमा पनि भेटिन थालेको छ । भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेसका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका छन् भने महाराष्ट्रको पुने जिल्लामा ७ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट फर्किएका थिए । भारतको राजधानी नयाँदिल्लीमा पनि आइतबार १ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । योसँगै भारतमा २१ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ ।भारतको कनार्टका राज्यमा पहिलोपटक देखिएको यो भाइरसको संक्रमण अहिले अरु राज्यहरुमा पनि बढ्न थालेको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 985 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वेता बनिन् मिस स्टेट १ को विजेता

    धरान। पूर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा गत शनिबार सम्पन्न तेस्रो मिस स्टेट १ को उपाधि धरान–११ की स्वेता भुजेलले हात पारेकी छिन् भने गायत तर्फको उपाधि उदयपुरका अर्जुन राईले पाएका छन् । धरान सभागृहमा आयोजना भएको मिस स्टेट १ तेस्रो सिजनको उपाधि हात पार्दै स्वेताले डियो स्कुटर सहित बिबिएस र नेपाल एयरहोस्टेज काठमाडौंमा एयरहोस्टेज पठनपाठनका लागि पूर्ण छात्रवृत्ति, क्राउन, ट्रफी, प्रमाणपत्र हात पारिन् । उनले मिस पर्सनालिटीको सवटाइटल पनि हात पारिन् । उनलाई यसअघिकी बिजेता रजनी तुम्सा लिम्बूले ताज पहि¥याइन् ।उनि धरान मेघा कलेजमा बि.बि.एस अध्ययन गर्दैछिन् । यस्तै, फस्ट रनरअप मोरङकी सुन्

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 1,241 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिस ग्राण्डको उपाधि निशुलाई

    सुनसरी/ काठमाण्डौमा सम्पन्न मिस ग्राण्डको उपाधि सिराहाकी निशुकुमारी साहले जितेकी छन् । आरके इन्टरटेन्मेन्ट गु्रपको आयोजनामा भएको मिस ग्राण्डको फाइनलमा बन्दी सहायता केन्द्रमा कार्यरत निशुसहित अन्य पाँच जनाले फरक फरक विधामा उपाधि जितेका छन् । साहसँगै काठमाण्डौकी सिर्जना श्रेष्ठले मिस टुरिजम, हेटौडाकी मनिष छिनालले मिस ल्यान्डस्कोपस नेपाल, झापाकी बबिता आचार्यले मिस स्कुवा नेपाल र पोखराकी प्रमिला विश्वकर्माले मिस मल्टिनेशनल नेपालको उपाधि जितेकी छन् । उनले यस्ता खालका प्रतियोगिताले महिलाको क्षमतामा विकास हुने विश्वास व्यक्त गरिन् । आयोजक आरके इन्टरटेन्मेन्ट ग्रुपका अनुसार विजेताहरुलाई नेपा

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 437 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘काम गर्न अझै कठिन छ’

    धरान/ महिला स्वयम्सेविकाले स्वास्थ्य सम्बन्धी काम गर्न धेरै कठिनाई भएको गुनासो गरेका छन् । विभिन्न कठिनाईका कारण सोचेजस्तो काम गर्न नसकेको उनीहरुको गुनासो छ । १८ औं महिला स्वयम्सेविका दिवसको अवसरमा धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले धरान १ छाताचौक स्थित स्वास्थ्य चौकीमा गरेको कार्यक्रममा वडा नं. १ की महिला स्वयमसेविका हेलिना मगरले महिला स्वयम्सेवकले सोचेजस्तो काम गर्न नसकेको बताइन् । उनले भनिन्, ‘वडामा रहेका स्वास्थ्य सम्बन्धी कामहरु गर्न घरघरमा पुग्नुपर्ने हुन्छ, महिला स्वयम्सेविकाको काम कर्तव्यको विषयमा सर्वसाधारणलाई जानकारी नहुँदा खुलेर भन्न नसक्ने समस्या भएको छ ।’ उनल

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 812 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्सारीद्वारा काङ्ग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    धरान/ नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य डा अबुल हुसेन अन्सारीले प्रदेश नम्बर १ बाट काङ्ग्रेस केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।उनले काङ्ग्रेसको १४ औँ महाधिवेशनमा मुस्लिम कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन् । सुनसरी क्षेत्र नं. ४ (ख) मा भोक्राहा नरसिंह गाउँपालिका–४ को वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि हुँदै क्षेत्र नं.४ को क्षेत्रीय अधिवेशनबाट उनी भारी मतले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । उनको पारिवारिक पृष्ठभूमि पनि काङ्ग्रेससँग जोडिएको छ । डा अन्सारीका दाजु हारुन अन्सारी सुनसरी क्षेत्र नं.४ (ख) का पूर

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 919 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल विजनेस कलेजले शुरु गर्यो बीआईटी

    विराटनगर । विराटनगर ११ मा रहेको नेपाल विजनेस कलेजले चालु शैक्षिक सत्रदेखि व्याचलर इन इन्फर्मेशन टेक्नोलोजी (बीआईटी) सुरू गरेको छ । कलेजका निर्देशक दीपक कोइरालाले मलेसियाको लिंकन विश्वविद्यालयको सम्बन्धनमा बीआईटी अध्यापन सुरू गरिएको जानकारी दिए । बीआईटीका लागि छ सेमेष्टरमा प्रति विद्यार्थी जम्मा ५ लाख १६ हजार रूपैयाँ लाग्ने जनाइएको छ । सोही रकमबाट चौथौं सेमेष्टरमा थाइल्याण्डमा शैक्षिक भ्रमणसमेत राखिएको छ । यस शैक्षिक सत्रमा बीआईटीका लागि कलेजले ३६ जनाका लागि कोटा तोकेको छ । कलेजमा हाल चार वर्षे बीबीए र एमबीए अध्यापन हुँदै आएको छ । निर्देशक कोइरालाले बीबीए र एमबीए अध्ययनरत रहेका धेरै विद्यार्थ

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 515 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘अस्पतालको समस्या समाधान गर्न पहल गर्छु’

    इलाम । प्रदेश नं. १ सामाजिक विकास मन्त्री जयराम यादवले इलाम अस्पतालको निरिक्षण गरेका छन । इलामको सन्दकपुर गाउँपालिकाको मावुमा संगठनको जनजागरण कार्यक्रममा जाने क्रममा अस्पतालको निरिक्षण गरेका हुन । निरिक्षण पछि मन्त्री यादवले अस्पतालमा भएको समस्याको समाधानमा लाग्ने बताएका छन् । उनले अस्पताल भएको कर्मचारी अभावको पदपुर्तिका लागि पनि पहल गर्ने बताए । उनले कर्मचारी अभाव पदपुर्ति करारमा राखेर सम्भव नहुने र प्रदेश लोकसेवा खोल्न कानुनी समस्या रहेको हुँदा केन्द्र सरकारसँग पनि सम्पर्कका रहेका छौ । त्यसलाई चाँडो भन्दा चाँडो विज्ञापन खोलर नै समस्या समाधानमा लाग्ने बताए । जनशक्ति अभावका कारण इलाम अस्पताल

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 721 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ‘होम मेकर आर्किलिग’ फुटबल प्रतियोगिता भोलीबाट

    धरान । अध्ययनसँगै शारीरिक स्फुुर्ती कायम गर्न आवश्यक रहेको भन्दै पूर्वाञ्चल इन्जिनियरीङ क्याम्पस धरानमा विभिन्न विषयमा अध्यनरत विद्यार्थीहरुले खेलकुद कार्यक्रम आयोजना गर्ने गरेका छन् । प्राविधिक ज्ञान अध्ययन हुने कलेजमा मानसिकसँगै शारीरिक व्यायामको समेत आवश्यकता महसुस गरी समय समयमा त्यहा अध्ययनरत विद्यार्थीहरुले खेलकुदका कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । यसै क्रममा कलेजमा अध्ययनरत आर्किटेचर फ्याकल्टीमा अध्ययनरत विद्यार्थीहरुले सोमबारदेखि फ्याकल्टीकै विद्यार्थी र कलेजको (विभागिय प्रमुख)एचओडी, तथा प्राध्यापकहरु समावेश गरेर ‘होम मेकर आर्किलिग फुटबल प्रतियागिता’को आयोजना गर्ने भएक

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 536 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अध्ययन पूरा गरिसक्दा पनि काम पाइएन : विद्यार्थीको भविष्य नै अन्यौल

    धरान/ कुनै पनि विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले राम्रो काम गर्ने र आफ्नो सुनौलो भविष्य कसरी निर्माण गर्ने भन्ने विषयमा सोचेका हुन्छन् । यो सपना एमविएस विषयमा अध्ययन गर्ने होस् वा मानविकी, म्यानेजमेन्ट अथवा शिक्षा संकायका विद्यार्थी हुन् उनीहरुको पहिलो उद्देश्य नै राम्रो र धेरै कमाइ हुने ठाउमा जागिर खाने नै हो । तर केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण विज्ञानमा अध्ययन सकेका विद्यार्थीहरु बेरोजगार बस्नुपर्ने बाध्यता छ । यसको प्रमुख कारण हो यो विषयलाई कुन निकाय अन्तर्गत राख्ने भन्ने सरकारी अन्यौलतासंगै अध्ययन गरिसकेका विद्यार्थीका लागि लोकसेवा नखुल्दा पढाइको सदुपयोग गर्न पाएका छैन

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 548 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • युवा व्यवसायी मेन्याङ्बोले बालबालिकासँग मनाए जन्मदिन

    धरान/  युवा व्यवसायी तथा थिएटर सहाराका अध्यक्ष नवीन मेन्याङ्बोले आप्mनो जन्मदिन शनिबार धरान–१३ को इम्मानुयल चिल्ड्रेन होमका बालबालिकासँग मनाएका छन् । उनले त्यहाँ आश्रय लिएर बसेका बालबालिकालाई चिल्ड्रेन होममै पुगेर स्वेटर वितरण गर्दै उनीहरूलाई खाना पनि खुवाएका थिए । त्यस क्रममा मेन्याङ्बोलाई शुभकामना दिन चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले चिल्ड्रेन हाममै औपचारिक कार्यक्रम पनि आयोजना गरेका थियो । महासङ्घका प्रदेश १ अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रम महासचिव दिनेश कोइरालाले सञ्चालन गरेका थिए । कार्यक्रममा सुनसरीभरिका चलचित्रकर्मीहरू र नाट्यकर्मीहरूका साथै मेन्याङ्बो क

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 600 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved