विराटनगर / नेपाल प्रहरी श्रीमती सङ्घ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ ।
नोबेल मेडिकल कलेजसँगको सहकार्यमा आयोजित शिविरमा प्रहरी कर्मचारीहरू, पूर्वप्रहरी, अमर÷अशक्त प्रहरीका सन्ततिसमेत गरी पुरुष २८५, महिला ७६ र बालबालिका १० गरी ३७१ जनाले सेवा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले बताए ।
शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौनरोग, हाडजोर्नी तथा नशा, दाँत, जनरल मेडिसिन, स्त्रीरोग र फोक्सोसम्बन्धी रोगका विशेषज्ञ चिकित्सकहरूले जाँच गरेका थिए ।
शिविरमा भिडियो एक्सरे, ईसीजीलगायत विभिन्न किसिमका परीक्षणको सुविधाका साथै निःशुल्क औषधीसमेत वितरण गरिएको थियो ।