मोरङ / विराटनगर महानगरपालिकामा रहेको सरकारी अस्पताल कोशी अस्पताल सेवाग्राहीको चापका कारण अस्तव्यस्त हुने गरेको छ । यसैलाई मध्यनगर गरी कोशीमा ५ सय शै्याको भवन बन्ने भएको हो ।
आठतले मेडिकल भवनको बन्ने सो भवनको शिलान्यास शहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ्गले संयुक्त रूपमा गरेका छन् । विहीबार २ करोड १७ लाख ६६ लाख २० हजार २८३ रूपैयाँ लागतमा निर्माण हुन लागेको आठतले भवनको शिलान्यास गरिएको हो ।
शहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रूपैयाँ १३ पैसामा कुल लागत अनुमान गरेकोमा ठेकेदार कम्पनी केसी कन्स्ट्रक्सन काठमाडौंले ३ लाख ७१ हजार ७१९ रूपैयाँ कम लागतमा २ अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रूपैयाँमा ठेक्का लिएको हो ।
३ वर्षमा काम सक्ने गरी ठेकेदार कम्पनीले निर्माण थाल्ने संघीय आयोजना कार्यान्वयन एकाइ विराटनगर मोरङका प्रमुख गणेशबहादुर महर्जनले जानकारी दिए। उनका अनुसार कोशी अस्पतालको शिलान्यास भएको मेडिकल भवनको निर्माण पूरा भएर सञ्चालनमा आएपछि कोशी अस्पतालमा शै्याको संख्या १ हजार पुग्नेछ ।