विजयपुर / धरानका स्थानीय चिकित्सकलाई विभागबाटै हटाउने षड्यन्त्रमा लागेको भन्दै नाक कान घाँटी विभागकी प्राडा सङ्गीता भण्डारीविरुद्ध कारवाहीको माग गरिएको छ ।
ऐन–नियम मिचेर फ्याकल्टी प्रोफेसरले वरिष्ठ चिकित्सकलाई दुव्र्यवहार गरेको भन्दै पीडित चिकित्सकले न्यायको माग गरेका छन् ।
प्रोफेसरले अनधिकृत हस्तक्षेप गरेको आरोप लगाउँदै उनले आवश्यक कारवाही गर्न माग गरेका हुन् । दुव्र्यवहारपूर्ण ढङ्गले दैनिक कामकारवाहीमा रोक लगाएपछि आपूmले न्यायको माग गरेको उनले बताए ।
यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् वरिष्ठ आवासीय चिकित्सक (एसआर) डा. प्रविद गजुरेललाई प्रतिष्ठानकी प्राडा भण्डारीले दुव्र्यवहार गर्दै पाँचबुँदे अभियोग लगाएकी छन् । न्यायको माग गर्दै डा गजुरेलले प्mयाकल्टी वेलफेयर सोसाइटीलाई निवेदन दिएका छन् ।
नाक, कान, घाँटी विभागमा कार्यरत् डा गजुरेललाई गत कात्तिक २६ गते भण्डारीले ‘ओटी’ (शल्यक्रिया कक्ष) प्रवेशमा रोक लगाएकी थिइन् । ‘केस स्टडी’ राम्रो नगरेको मिथ्या आरोप लगाउँदै डा भण्डारीले शल्यक्रियामा आपूmलाई रोक लगाएको डा गजुरेलले बताए ।
‘ओटी’ प्रवेशमा रोक लगाएको भोलिपल्ट २७ गते भण्डारीले पाँचबुँदे अभियोग लगाउँदै डा गजुरेलको नाममा पत्र काटेकी छन् । अफिसियटिङ एचओडीका रुपमा डिपार्टमेन्ट सम्हाल्ने गैरकानुनी जिम्मेवारी पाएकी प्राडा भण्डारीले दुराशयपूर्ण ढङ्गले पत्र काटेकी छन् । चिकित्सकको नामसमेत लेख्न नजानेकी प्राडा भण्डारीले प्रतिष्ठानमा चलखेल गर्न स्थानीय चिकित्सकलाई षड्यन्त्रपूर्ण ढङ्गले निकाल्न खोजेको चिकित्सकहरूको आरोप छ ।
प्राडा भण्डारीले काटेको पत्रमा डा गजुरेलले स्वतन्त्र रूपमा शल्यक्रिया गर्न नपाउने, बिरामीको विषयमा थाहा हुनुपर्ने, आफ्नो ड्युटी सकेर फ्याकल्टीलाई खबर गर्नुपर्ने र विभागले भनेको कुरा गर्नुपर्ने लेखिएको छ । भण्डारीको पत्रमा डा गजुरेललाई अनुशासनको कारवाही गरिएको आशय व्यक्त गरिएको छ ।
भण्डारीको गैरकानुनी पत्र
प्रतिष्ठानकी प्राडा भण्डारी विभागीय प्रमुख (एचओडी) होइनन् तर विभागीय प्रमुखको हैसियतमा उनले डा गजुरेललाई कारवाही पत्र पठाएकी छन् । प्रतिष्ठानका कार्यालय सहायकमार्पmत् थमाइएको पत्रले चिकित्सकको मानमर्दन भएको चिकित्सकहरूको भनाइ छ ।
प्रतिष्ठानको नाक, कान, घाँटी विभागका विभागीय प्रमुख डा श्याम थापा हुन् तर डा थापाले हालका विभागीय प्रमुख प्राडा भण्डारी नै रहेको बताए । ऐन र प्रक्रिया मिचेर भण्डारीलाई इञ्चार्ज दिएको आरोप डा थापालाई लागेको छ । ‘अहिले म निमित्त रेक्टर भएर काम गरिरहेकाले डिपार्टमेन्ट उहाँले नै हेरिरहनुभएको छ’, डा थापाले भने, ‘रजिष्ट्रारसँगै कुरा गरेर एक्टिङ एचओडी दिएको हो । जबसम्म म फर्किन्नँ, अफिसियल्ली एचओडी गरिरहनुस् भनेर मैले दिएको थिएँ ।’
बिदा लिँदा सिनियरलाई विभागीय प्रमुखको जिम्मेवारी दिनुपर्ने भएकाले आपूmले जिम्मेवारी दिएको डा थापाको भनाइ छ । आपूm रेक्टर अफिसमा भएकाले विभागका विषयमा थाहा नभएको बताउँदै उनले यसबारे जानकारी गराउने जनाए । उपकुलपति, शिक्षाध्यक्ष र निर्देशक नभएको अवस्थामा कार्यवाहक शिक्षाध्यक्षको जिम्मेवारी सम्हाल्नुपर्ने भएकोले प्राडा भण्डारीलाई इञ्चार्जको जिम्मेवारी दिएको डा थापाले स्वीकार गरे । उपकुलपतिको हस्ताक्षरविना विभागीय प्रमुखकै पदभार दिन पाउने व्यवस्था छैन तर अवस्था हेरेर रजिष्ट्रारसँगको समन्वयमा ‘अफिसियटिङ एचओडी’ दिएको डा थापा बताउँछन् ।
कारवाहीको माग
डा गजुरेलले आइतबार प्रतिष्ठानस्थित सोसाइटीलाई निवेदन दिँदै अनधिकृत हस्तक्षेपविरुद्ध आवश्यक कारवाही गर्न माग गरेका छन् । चिकित्सकलाई विनाकारण चिकित्सा कार्य गर्नबाट बन्देज लगाउनु न्यायिक नभएको डा गजुरेलको भनाइ छ ।
वेलफेयर सोसाइटीका अध्यक्ष डा सेराज खानले निवेदन बुझेका छन् । उनले सोसाइटीको बैठक बसेर उपकुलपति र प्रतिष्ठान व्यवस्थापनको ध्यानाकर्षण गराउने बताए । ‘फ्याकल्टीमाथिको अत्याचारका सन्दर्भमा हामी संवेदनशील छौँ ।’ डा खानले भने । यसबारे बुभ्mन खोज्दा प्राडा भण्डारीले फोन उठाए पनि प्रतिक्रिया दिन मानिनन् ।