विराटनगर / विराटनगरमा रहेको ग्रिनक्रस हस्पिटल प्रा.लि.ले स्वास्थ्यको पहुँच नपुगेकाहरुलाई लक्षित गरी एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
‘स्वास्थ्य परीक्षण गरौ, निरोगी र स्वास्थ्य बनौ’ भन्न मूल उद्देश्यका साथ स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
विराटनगर नगर ९ रंगेली रोडमा रहेको अस्पतालले सम्वृद्धि महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा आएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाच गरेको हो ।
शिविरमा सहकारी संस्थाका सदस्य तथा सर्वसाधारणले सेवा लिएका थिए । शिविरमा आएका सर्वसाधारणलाई ग्रिन क्रस हस्पिटलका फिजिसियन डा.चन्दन विश्वास, अर्थोपेडिक्स डा. अमितकुमार सेठ, बालरोग विशेषज्ञ डा. प्रभु अग्रवालले चेकजाँच गरेका थिए ।
शिविरमा मधुमेह, थाइराइड लगायतका रोगको चेकजाँच गरिएको ग्रिनक्रसका सञ्चालक कृष्ण खवासले जानकारी दिए ।