झापा। झापा मेचीनगर नगरपालिका १२ मा राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका २ का ३५ बर्षिय भिम प्रसाद पौडेल रहेका छन् । सोमबार राती पौने ९ बजे बिग्रेर बाटो छेउमा रोकी राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि घाईते भएका मोटरसाईकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।
झापा/ झापाको मेचीपारिका सर्वसाधारण विजुली बत्ती भए पनि अँध्यारोमा बस्न बाध्य छन् । गाउँमा विजुलीको पोल छ, घरमा बत्ती जडान गरिएको छ तर महिनौदेखि बत्ती भने बलेको छैन । उनीहरु टुकी र मैनबत्तीको सहारामा बस्न बाध्य छन् । बर्षाद्को समयमा आएको बाढीका कारण बत्तीको संरचना सबै भताभुंग बनाए पछि घरमा बत्ती जडान भएपनि अँध्यारोमा बस्नु परेको छ । २०७७ साल चैत्र ७ गते मेची नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखेरलले उद्घाटन गरेपछि पहिलो पटक गाउँमा बत्ती बाल्न पाउदा मेची नगरपालिका वडा नं. १५ ग्वालवस्तीका सर्वसाधारण हर्षित थिए । उद्घाटन गरेसँगै वैसाखदेखि विजुली बत्ती बाल्न शुरु गरेका उनीहरुले
विराटनगर/ नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत प्रदेश नं १ को चुनावमा पौडेल–कोइराला समूहबाट सभापतिका उमेदवार गुरुराज घिमिरे दुई मतले पराजित भए । उनलाई आफ्नै समूहका केन्द्रीय नेताले मत हालिदिएको भए गुरु दुई मतले विजयी बन्ने थिए । तर, निर्वाचनमा मताधिकारी प्राप्त गरेपनि चार जना केन्द्रीय नेताहरुले मत नहालेपछि घिमिरे पराजित बन्न पुगेको अहिले कांग्रेस समर्थकले सामाजिक संजालमा असन्तुष्टि पोखिरहेका छन् । घिमिरेलाई सभापति बनाउने समूहकै केन्द्रीय नेताले मत नहालेको भन्दै उनका समर्थक असन्तुष्ट बनेका हुन ।कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, महेश आचार्य, बलबहादुर केसी र सुजाता कोइराल
धरान/ विगत ३ वर्ष देखि भुमाफियाहरुले गिद्धेदृष्टि गाढेको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमिसुधार तथा मालपोत कार्यालय सुनसरीले हडप्न अझै सहज बनाइदिएको छ ।२०३४ सालमा क्याम्पसले खरिद गरी उपभोग गर्दै आएको धरान ११ स्थित स्वस्तिक चौकमा रहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा भुमाफियाहरुले हडप्न खोजेका थिए । विगत ३ वर्ष देखि विवाद चर्किएको मोहियानी नामसारी मुद्धा क्याम्पसको विपक्षमा फैसला गर्दै जग्गा हडप्न मालपोत कार्यालयले सहज बनाईदिएको हो । क्याम्पसले जग्गा खरिद गरेको समयमा मोही कायम रहेका डम्बर बहादुर घिमिरेको छोरा भनिएका यज्ञ बहादुर क्षेत्रीको नाममा नामसारी गरिदिने फैसला
धरान/ ‘मिस स्टेट १’ को उपाधि हात पार्न सफल आप्mनी छात्रा श्वेता भुजेललाई धरान मेघा कलेजले सोमबार सम्मान गरेको छ । कलेजले उनलाई कलेज परिसरमै औपचारिक कार्यक्रम आयोजना गरेर खदा र अबिर लगाउँदै सम्मान–पत्र प्रदान गरेको थियो । भुजेल मेघा कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत् छिन् । आफ्नो विद्यार्थी मिस स्टेटको उपाधि जित्न सफल हुँदा आपूmलाई खुसी लागेको कलेजका प्राचार्य भाष्कर पौडेलले बताए । उनले उपाधि विजेतालाई बधाई तथा शुभकामना दिँदै अन्य विद्यार्थीलाई पनि पढाइसँगै आप्mनो प्रतिभा भएको अतिरिक्त क्षेत्रमा समेत सहभागी हुन आग्रह गरे । त्यस क्रममा कलेजका प्रशासनिक प्रमुख कैलाश
खोटाङ । खोटाङ ऐसेलुखर्क गाँउपालिका–२ स्थितबाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका इलका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ । आइतबार दिउँसो ३ बजे बिशेष सुचनाका आधारमा राईको घरमा गई राईको घर खानतासी गर्दा १ थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना सबन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।
धरान/ दक्षिण अफ्रिकी मुलुकमा फैलीएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेको छ । पहिलाको भन्दा चाडै संक्रमण फैलन सक्ने चेतावनी दिँदै आइएको नयाँ भेरियन्ट ओमिक्रोन आइतबार नेपालमा दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपालमा दुई जनामा संक्रमण पुष्टि भएको जनाएको छ । कसरी नेपालमा आइपुग्यो नयाँ भेरियन्ट ?स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मंसिर ३ गते संक्रमण पुष्टि भएको देशहुदैँ नेपाल आएका ६६ वर्षीय एक व्यक्तीमा संक्रमण पुष्टि भए पछि उनकै सम्र्पकमा आएका अर्का ७१ वर्षीय अर्का व्यक्तीमा संक्रमण पुष्टि भएको हो । नेपाल आएकी दुबैको
धरान/ अफ्रिकी मुलुकमा तीब्र रुपमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेको छ । सोमबार स्वास्थ्य तथा जनंसंख्या मन्त्रालयले नेपालमा २ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले सोमबार दिउँसो १ विज्ञप्ती जारी गर्दै नेपालमा २ जनामा संक्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका अनुुसार मंसिर ३ गते संक्रमण फैलिएको देश हुदैँ नेपाल आएका ६६ वर्षीय एक विदेशी नागरीकमा संक्रमण पुष्टि भएको हो । नेपाल आएका ती वीदेशी नागरीक र उनको सम्र्पकमा आएका ७१ वर्षीय व्यक्तीको गत मंसिर ७ स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनिहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा प्रथम वराह नकआउट क्लव स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । हाटखोटा फुटवल क्लबको आयोजनामा प्रथम वराह नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । मसिंर २३ गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल चतरा फुटबल क्लब चतरा र सप्तकोसी फुटबल क्लब देविघाट बिच हुने आयोजकले जानकारी दिएको छ । आयोजक क्लबका सचिव रोहित साहका अनुसार प्रतियोगितामा सुनसरी जिल्लाका १० वटा फुटबल क्लवले सहभागिता जनाउने छन् । आयोजक हाटखोला रातो, आयोजक निलो, राजावास फुटवल क्लव राजावास, चतरा फुटबल क्लब चतरा, सप्तकोसी फुटवल क्लव देबिघाट, ग्रिन कल्चर फुटवल क्लब चक्रघट्टि, पञ्
एजन्सी/ नोबल शान्ति पुरस्कार बिजेता म्यानमारकी प्रजतन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ । गत फेब्रुअरीमा म्यानमारका सेनाले जननविर्चाचित सरकारलाई अपदस्त गरी नियन्त्रणमा लिएको सुकीलाई ४ चार वर्षको जेल सजाए सुनाइएको समाचार संस्था एएफपीले जनाएको छ । सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ। सैनिक कूभन्दा केही महिनाअघि गत वर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा धाँधली भएको भन्द