उद्यमशील बचतको साधारणसभा सम्पन्न

  • पुस ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान–१०, सैनिक चोकस्थित उद्यमशील सहकारीले शनिबार आप्mनो ११ औँ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवस तथा १० औँ वार्षिक साधारणसभामा संस्थाका कार्यवाहक अध्यक्ष भूपालप्रसाद घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८\७९ मा ९० लाख ७ हजार रूपैयाँ खुद मुनाफा गर्न सफल भएको जनाए । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा करीब साढे २ अर्ब रुपैयाँ कुल कारोबार गरेको उनले बताए । सहकारीले विभिन्न कोषहरूमा बाँडफाँट गर्दा शेयर बोनस कोषमा करीब ३० लाख २० हजार रुपैयाँ सञ्चित गरी ७ प्रतिशतका दरले लाभांश वितरण गरेको सहकारीले बताएको छ ।

सहकारीले आर्थिक वर्ष २०७८\७९ को अन्त्यमा करीब पौने ६ करोड रुपैयाँ कुल आम्दानी गरेकोमा पौने ५ करोड रुपैयाँभन्दा बढी खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ । कार्यवाहक अध्यक्ष घिमिरेले आर्थिक वर्ष २०७८\७९ को अन्त्यमा ५ करोड २ लाख २४ हजार ४ सय रुपैयाँ शेयर पूँजी पु¥याउन सफल भएको बताउँदै झण्डै डेढ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको जनाए ।

साधारणसभामा सहकारीका व्यावस्थापक जितबहादुर राउतले व्यवस्थापकीय प्रगतिबारे जानकारी दिए । उनले गत वर्ष सम्पन्न भएका मुख्य कार्यहरू र संस्थाका उपलब्धिहरूबारे शेयर सदस्यहरूलाई जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि धरान उमनपाका उपप्रमुख अइन्द्रविक्रम बेघाले सहकारीका तर्पmबाट नागरिक दैनिकका संवाददाता तथा क्लिकधरान डटकमका सम्पादक रोहित राईलाई नगद १० हजार ५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरे ।

त्यसै क्रममा असहाय तथा अपाङ्ग शेयर सदस्य टीकाराम तामाङलाई पनि नगद ५ हजार रूपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा अनिता श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट कर्मचारीका रूपमा जुनू लिम्बू, उत्कृष्ट नियमित बजार कर्मचारीका रूपमा बलबहादुर लिम्बू, असल तथा नियमित बजार कर्मचारीका रूपमा बिना राई एवम् असल तथा नियमित बजार कर्मचारीका रूपमा वर्षा श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको थियो ।

त्यस क्रममा आठजना नियमित बचतकर्तालाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने बचतकर्ताहरूमा राजेन्द्रप्रसाद लखेटिया, मिलन लिम्बू, धनबहादुर राई, पवित्रा श्रेष्ठ, शिवानी राई र सुशिल लिम्बू, राजनकुमारी शिवाकोटी र निर्मल सुनुवार छन् । विमल श्रेष्ठ, रश्की श्रेष्ठ, सन्तोष देवान, पदम बस्नेत, कृष्णकुमारी राई, लालमाया लिम्बू र दीपक राई असल ऋणीका रूपमा सम्मानित भए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved