समाचार

    Showing 5,241-5,250 of 8,594 items.
  • प्रदेश १ का मुख्यमन्त्रीलाई कालो झण्डा

    मोरङ । भागण्डा मिलाउनै लागि मन्त्री थप गर्ने र मन्त्रालय ट्क्र्याएको विरोधमा एमाले निकट विद्यार्थी संठठन अनेरास्ववियुले विरोध गर्दै प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाएका छन् । अनेरास्ववियुका कार्यकर्ताले मुख्यमन्त्री राईलाई काठमाडौंदेखि विराटनगर आउने क्रममा कालो झण्डा देखाउने प्रयास गरेका हुन् । ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरूलाई कालो झण्डा देखाउन रोकेका थिए । तर, मुख्यमन्त्री राईको गाडी क्रस गरिसकेपछि विद्यार्थीहरूले कालो झण्डा देखाउदै नाराबाजी गरेका थिए । उनीहरुले प्रदेश १ मा मन्त्रीहरू थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 711 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारले पुरस्कृत गर्ने, फागुन १० गतेभित्र आवेदन दिइसक्नुपर्ने

    धरान । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन १० गतेभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । कामदार भिसामा विदेश गरी कम्तिमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय सञ्चालन गरेको न्यूनतम् एक वर्ष पूरा भएको र विगत पाँच वर

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 698 पटक पढिएको
    • "रासस"
  • न्याय खोज्दा उल्टै अभद्र व्यवहारको मुद्धा

    मोरङ/ जातिय गालीगलौज गर्दै प्रहरी कार्यालय अगाडी नै कुटपिट गरेको भन्दै न्यायको माग गर्दै आएका दलित आमा छोरीले उल्टै अभद्र व्यवहारको मुद्दा भोग्नु परेको छ । २३ कात्र्तिकमा सुनसरीको दुहबी स्थित ईलाका प्रहरी अगाडी मरणासन्न हुने गरि कुटपिटमा परेपछि न्यायका लागि भौतारिरहेका नगरपालिका ५ की ७० बर्षिया लक्ष्मी परियार र उनकी छोरी ४० बर्षिया आरती परियारले उल्टै तीन महिनापछि झुठो आरोपमा अभद्र व्यवहार मुद्दा भोग्नु परेको हो । अहिले प्रहरीले उनीहरुलाई २३ कार्तिकमा बृद्ध व्यक्तिलाई कुटपिट गरेको आरोपमा फरार रहेका आरोपीहरु भन्दै तीन महिनापछि १६ माघमा पक्राउ गरेर अभद्र व्यवहार कसुरमा ४ दिन म्याद थप गराएक

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 487 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आमाको हत्याको आरोपमा छोरा पक्राउ

    धरान। मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको थियो । पछि आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 767 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस युनियनद्वारा निःशुल्क फोटो पत्रकारिता प्रशिक्षण

    धरान । फोटो पत्रकारिताको माध्यमबाट समाजलाई शुसुचित गर्न सक्ने सीप प्रदान गर्ने उद्देश्यले इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौंसँगको सहकार्यमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षण दिएको छ । प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेको छ । प्रशिक्षणमा कस्तो विषय वस्तु समेटेका दृष्य खिच्ने, कसरी खिच्नेदेखि प्रकाशमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रदिपराज वन्तले सहजिकरण गरेका थिए । त्यसैगरी, नेपाल पत्रकार महासंघका

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,005 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा कांग्रेसको सक्रियता बढ्यो

    धरान । नेपाली कांग्रेस धरान उपमहानगर समितिले पार्टीलाई जनस्तरमा बलियो बनाउन वडास्तरमा पार्टीको संगठन विस्तार गर्न सक्रियता बढाएको छ । सभापति श्याम पोख्रेलले दुई साता अघिदेखि वडास्तरमा पार्टीको संगठन विस्तार गर्न थालिएको जानकारी दिए । मङ्गलबार नगर सभापति पोख्रेलकै प्रमुख आतिथ्यतामा धरान वडा नं. ८ का सहीद रत्नमार्ग, बम्जन टोल र बरपीपल चौकमा संगठन बिस्तार गरेको हो । कांग्रेसले अन्तरक्रियासँगै धरानको सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै बिकास निर्माण कार्यमा सक्रियता बढाउने जनाएको छ । कांग्रेस धरान उपमहानगर समितिका सचिव हिमाल श्रेष्ठले उपमहानगरप

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाह्र मन्त्रालय बनाउने प्रदेश सरकारको निर्णय प्रति एमालेको आपत्ति

    धरान । प्रदेश एक सरकारले भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्न लागेको भन्दै एमालेले विरोध जनाएको छ । एमाले प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपानेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालय फुटाएर आर्थिक व्ययभार बढाउने कुकृत्यको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । घाटा बजेटमा चलेको प्रदेश सरकारले ६ वटा मन्त्रालयलाई फुटाएर १२ वटा बनाउने निर्णयको औचित्य पुष्टि गर्नुपर्ने एमालेको माग छ । जनताको चाहना र प्रदेशको आवश्यकता विपरीत प्रदेश सरकारले संघीयता विरोधी गतिविधि गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाबाट पारित महत्वपूर्ण योजनाहरू खारेज गरिएको र सयौँ आयोजनाहरूमा विनियोजित रकम कटौती गरेर मन्त्राल

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा छ महिनामा बने १२ हजार १ सय बढी नागरिकता

    धरान/ जिल्ला प्रशासन कार्यालयले चालु आ.व. ७८÷७९ पुस मसान्त सम्ममा १२ हजार १ सय ३१ थान नयाँ नागरिकता जारी गरेको छ ।कार्यालयले चालु अर्थिक वर्षको श्रावण महिनामा १ हजार ७ सय ७२, भाद्रमा २ हजार दुई सय ६, असोजमा १ हजार ५ सय ६०, कार्तिकमा १ हजार ४ सय १८ मंसिरमा १ हजार ९ सय ९१ र पौष महिनामा ३ हजार १ सय ८४ गरी जम्मा १२ हजार १ सय ३१ थान नयाँ नागरिकता जारी गरेको हो । त्यस्तै कार्यालयले ७ हजार ७ सय ३८ थान नागरिकताका प्रतिलिपि जारी गरेको छ । चालु आ.व.को पहिलो ६ महिनामा मात्र कुल २ सय १८ वटा मुद्धा दर्ता भएका छन् भने सोही अवधिमा १ सय ७६ वटा मुद्धा फछर्यौट भएका छन् । प्रशासनले जारी गरेको प्रगत

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 676 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • जनजागृति सामुदायिक वनमा अनियमितता : पूर्व अध्यक्षले हिसाब नमिलाउँदा लेखापरीक्षण गर्न अबरोध

    बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ स्थित जनजागृति सामुदायिक वन उपभोक्ता समितिको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन तयार गराउन ढिलाई भएको छ । समितिका पूर्व अध्यक्ष खड्ग बहादुर कार्कीले आफ्नो कार्यकालको चुस्त हिसाब किताब देखाउन नसकेकाले लेखापरीक्षण गराउन अबरोध भएको समितिका वर्तमान अध्यक्ष पर्शुराम काफ्लेले बताए । जडिबुटी प्रशोधन मेसिन खरिद गर्दा अनियमितता भएको, बोटविरुवा वृक्षारोपण गराउने क्रममा र आय व्ययका बिल भौचरहरु माथि विश्वासनियता नदेखिएको समेत अध्यक्ष काफ्लेले आरोप लगाए । २ वर्षअघि तेलपेल्ने मेसिनको कम्पनी दर ५ लाख रहेको तर उक्त मेसिन ९ लाख बराबरको मूल्

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 646 पटक पढिएको
    • "लक्ष्मण कटुवाल"
  • ज्येष्ठ नागरिकलाई खीर खुवाएर स्थापना दिवस मनाइयो

    धरान/ प्रेस सेन्टर नेपालको सुनसरी समन्वय समितिले संगठनको १८ औँ स्थापना दिवस शनिबार ज्येष्ठ नागरिकहरूलाई खीर खुवाएर मनाएको छ । इटहरी १६ स्थित पकलीको रामजानकी शान्ति वृद्धाश्रममा खीर पकाएर त्यहाँका ज्येष्ठ नागरिकहरूलाई खुवाइएको सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए । दिवसको अवसरमा ज्येष्ठ नागरिकहरूलाई फलपूmल पनि वितरण गरिएको थियो । वृद्धाश्रममा १३ जना आमाहरू छन् । सो अवसरमा त्यहाँ आपसमा शुभकामना पनि आदान–प्रदान गरिएको थियो । अवसरमा वृद्धाश्रममै आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, पार्टीका प्रदेश न. १

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 846 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved