समाचार

    Showing 4,821-4,830 of 10,030 items.
  • नगरिकता नपाउँदा युवाहरु लागे भारतिर

    रंगेली / बर्षौदेखि नेपालमा बसोबास गरे पनि जन्मको आधारमा पाउने जन्मसिद्ध नागरिकता नपाएपछि पूर्वी मोरङका युवाहरु रोजगारीका लागि भारत जान थालेका छन् । नेपाली नागरिक्ता नहुँदा उनीहरुले स्वदेशमै रोजगारी पाउनबाट बञ्चित भएका छन्। स्वदेशमै रोजगारीको अवसर नपाएपछि उनीहरु धमाधम रोजगारीका लागि भारततर्फ पलायन भएका हुन् । रंगेली नगरपालिका–५ आमगाछीका सुकुम्वासी टोलका युवाहरु परिवार नै लिएर जीवनयापनका लागि रोजगारका लागि भारत पलायन भएका छन् ।उनी मात्र हैन ससुकुम्वासी टोलका ३० घर परिवारमध्ये १५ परिवार भारतको दिल्ली, पन्जाव, हरियाणा लगायतका सहरहरुमा गएर काम गर्न थालेका छन्। नेपाली नागरिकता नहुदा बैक तथा व

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 1,457 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • कक्षा ८ को नतिजा सार्वजनिक

    मोरङ / विराटनगर महानगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार शैक्षिकसत्र २०७९ को नतिजा सार्वजनिक गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार मदर्साको चैत ३ देखि र सार्वजनिक विद्यालयहरूको चैत ६ गतेदेखि परीक्षा लिइएको थियो । सम्भवतः चैतभित्रै नतिजा सार्वजनिक गर्ने पालिकामध्ये विराटनगर महानगरपालिका पहिलो भएको कोइरालाको भनाइ छ । उनले भने ‘मोरङमा चाहिं १७ वटा पालिकामध्ये विराटनगर महानगर कक्षा ८ को नतिजा सार्वजनिक गर्ने पहिलो भएको छ, मलाई लाग्छ देशका अन्य पालिकाले पनि अहिलेसम्म नतिजा

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 767 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पशुसेवा शाखा स्थानीय सरकार मातहतमा सञ्चालन

    धरान/ देशमा संघीयता आएसँगै धरानस्थित पशु सेवा शाखा स्थानीय तह मातहत सञ्चालन भएको छ । सर्वसाधारणको सहजताका लागि कृषकको जीवन स्तर उकास्न विभिन्न कार्यक्रम पनि ल्याएको छ । तर कृषकले स्थानीय सरकारले सञ्चालन गरेको आभाष भने गर्न पाएका छै्रनन् । पशुमा लाग्ने रोगको् निराकरणसँगै पशुपालक कृषको जीवन स्तर उकास्ने उद्देश्यले स्थापना भएको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकलाई पर्ने समस्याको समाधान गर्दै आएको छ । विगतमा संघीय सरकारमार्फत सञ्चालित पशु सेवा शाखा अहिले स्थानीय सरकार मातहतमा सञ्चालन भइरहेको छ । पशु सेवा शाखा केही बर्ष अगाडि संघीय सरकारमार्फत धरान ८ बगरगाछीमा सानो कोठामा सञ्

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 428 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सियोनको अभिभावक दिवसमा विविध कार्यक्रम

    धरान / धरान–१६ स्थित सियोन स्कुलले अभिभावक दिवसको अवसर पारेर दीक्षान्त समारोह र विद्यार्थीहरुको नतिजा सार्वजनिक गरेका छन् ।२०६२ सालदेखि धरान–१६ जोरसखुवामा सञ्चालनमा आएको स्कुलको अभिभावक दिवसमा बाक्लो उपस्थिति रहेको थियो ।   कार्यक्रममा बोल्दै सियोन स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर खड्गबहादुर थापा मगरले सियोन स्कुलले यस वर्ष झनै उल्लेखनीय प्रगति गरेको बताए । यस वर्षको नतिजा विगतको भन्दा राम्रा भएकोले स्कुलले प्रगति गरेको दाबी गरे । प्रिन्सिपल, डाइरेक्टर थापा मगरले विद्यार्थीहरुलाई मानसिक, शारीरिक स्वास्थ्यमा ख्याल गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न यो स्कुल विगतदेखि न

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अदुवाको मूल्य बढेपछि कृषक हर्षित

    धरान / यस बर्ष अदुवाले बजार मूल्य पाएपछि कृषकहरु हर्षित बनेका छन् । गतबर्षको तुलनामा यस बर्ष अदुवाको मूल्य दोब्बर बन्दा कृषकले धेरै मुनाफा लिन सक्ने भएपछि कृषहरु ह्र्षित बनेका हुन् । धरान १३ मा रहेको कृषि उपज बजारका अनुसार यस बर्ष अदुवाको मूल्य एभरेजमा १ सय रुपैया प्रति विक्री हुदै आएको जनाएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जेष्ठ असारतिर अहिलेको मूल्यभन्दा बढी विक्री हुने संकेत देखिएको बताए । कृषकहरुले आफूले उत्पादन गरेको अदुवाले बजार पाएको बताएका छन् । विष्णुपादुकाका कृषक मानवहादुर राईले यस बर्ष गत बर्षको तुलनामा यस बर्ष दोब्बर मूल्य रहेको बताए । उनले भने–‘यस पटक व

    • प्रकाशित मितिः चैत २८, २०७९
    • 686 पटक पढिएको
    • " फणिन्द्र तिम्सिना"
  • कर संकलन अभिवृद्धि तालिम

    मोरङ / विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यले वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिहरुका लागि क्षमता वृद्धि तालिम सुरु गरिएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा सुरु भएको तालिमको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् । महानगरले आफ्नो आन्तरिक आय वृद्धिका लागि हरेक वडामा सदस्यलाई चार वर्षका लागि सम्पर्क व्यक्ति तोकेको छ । यसरी तोकिएका सम्पर्क व्यक्तिले स्वयमसेवकहरुसँगै घरदैलोमा जाने, कर बढाउन अभियान सञ्चालन गर्ने, करको दायरामा ल्याउन करदाता शिक्षा अभियान सञ्चालन गर्नेसहित विकास निर्माणका

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 578 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १५ का टोल विकास संस्थालाई प्रशिक्षण

    धरान/ धरान उपमहानगरपालिका वडा नंं १५ ले टोल विकास संस्थाहरुलाई प्रशिक्षण दिएको छ । शनिवार बाँझगरा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा प्रशिक्षण दिइएको हो । स्थानीय तहको सबै भन्दा तल्लो निकाय टोल विकास संस्था वडाको समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले सरकारले दिने सेवा सुविधा जनतासम्म पु¥याउन टोल विकास संस्थाले खेल्नुपर्ने भूमिकाबारे अवगत गराउन प्रशिक्षण कार्यक्रम गरिएको वडाध्यक्ष नरेशकुमार इवारामले जानकारी दिए । प्रशिक्षणको सहजीकरण धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, वडा

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 811 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘जनताको काम गर्न कसैको आदेश पर्खिनु पर्दैन’

    धरान / प्रहरी संगठनले जनताको काम गर्न कसैलाई पर्खिनु नपर्ने कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ वास्तालोले बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय निरीक्षणणका क्रममा उनले कार्यरत प्रहरीहरुलाई यस्तो निर्देशन दिएका थिए । उनले दिर्नेशनका क्रममा दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाएर अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम राख्न अहोरात्र खट्न कार्यरत प्रहरीहरुलाई निर्देशन दिए । उनले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यव

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 777 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोकाहाको प्रोजेक्टलाई सहयोग जुट्दै

    धरान / धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले दीर्घकालीन खानेपानी अभावलाई समाधान गर्न सुनसरीको धरान उपमहानगरपालिका २० मा पर्ने कोकाहाबाट पानी ल्याउने अभियान सञ्चालन गरेसँगै सहयोगी हातहरु बढ्न थालेका छन् । कोकाहाबाट पानी ल्याउने अभियान अन्तर्गत शनिवार कन्सर्ट गरेर सहयोग जुटाएका साम्पाङलाई अहिले देश तथा विदेशबाट सहयोगहरु आउन थालेका छन् ।धरानको खानेपानी समस्यालाई नजिकबाट नियालिरहेकाहरुले यो अभियानमा सहयोग जुटाएका हुन् । धरानलाई श्रम सँस्कृतिको शुरुवात गरेका गोरखाली सेनाले साम्पाङको अभियानलाई साथ दिँदै सहयोग रकम हस्तान्तरण गरेका छन् । विगतमा धरानमा बसेर धरानको विकासमा हातेमालो गर्दै

    • प्रकाशित मितिः चैत २७, २०७९
    • 592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल उद्योग तथा व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ

    धरान / व्यवसायी तथा उद्योगीको संठन नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान प्रथम अधिवेशनले शिवराज श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । धरान १२ पूर्वी होटलमा शनिवार आयोजित प्रथम नगरअधिवेशन भएको थियो । प्रदेशसभाका सभासद रमेश बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा व्यापारी तथा व्यवसायीहरुको हितका लागि गठन गरेको महासंघका नयाँ कार्यसमितिलाई सभासद बस्नेतले कार्यकाल शुभकामना व्यक्त गरेका थिए । २ बर्षे कार्यल रहने महासंघका नवनिर्वाचित अध्यक्ष शिवराज श्रेष्ठले आफ्नो कार्यकालमा व्यवसायिक हक हितका कामलाई खर्चिने बताए ।

    • प्रकाशित मितिः चैत २६, २०७९
    • 688 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved