कक्षा ८ को नतिजा सार्वजनिक

  • चैत २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा सार्वजनिक भएको छ ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार शैक्षिकसत्र २०७९ को नतिजा सार्वजनिक गरेको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार मदर्साको चैत ३ देखि र सार्वजनिक विद्यालयहरूको चैत ६ गतेदेखि परीक्षा लिइएको थियो । सम्भवतः चैतभित्रै नतिजा सार्वजनिक गर्ने पालिकामध्ये विराटनगर महानगरपालिका पहिलो भएको कोइरालाको भनाइ छ ।

उनले भने ‘मोरङमा चाहिं १७ वटा पालिकामध्ये विराटनगर महानगर कक्षा ८ को नतिजा सार्वजनिक गर्ने पहिलो भएको छ, मलाई लाग्छ देशका अन्य पालिकाले पनि अहिलेसम्म नतिजा सार्वजनिक गरेका छैनन् ।

शैक्षिक प्रशासन महाशाखाको  सक्रियता कारण छिटो र छरितो रुपमा नतिजा सार्वजिक भएको महानगरका सामाजिक विकास समितिका संयोजकसमेत रहेका कार्यबाहक मेयर काजीबहादुर बस्नेतले बताए ।

परीक्षामा निजी र सार्वजनिक गरी १ सय २२ विद्यालयका ५ हजार १०४ जना विद्यार्थी सहभागी भएको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए । उक्त परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमन गरेका थिए ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved