धरान १५ का टोल विकास संस्थालाई प्रशिक्षण

  • चैत २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान उपमहानगरपालिका वडा नंं १५ ले टोल विकास संस्थाहरुलाई प्रशिक्षण दिएको छ । शनिवार बाँझगरा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा प्रशिक्षण दिइएको हो ।

स्थानीय तहको सबै भन्दा तल्लो निकाय टोल विकास संस्था वडाको समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले सरकारले दिने सेवा सुविधा जनतासम्म पु¥याउन टोल विकास संस्थाले खेल्नुपर्ने भूमिकाबारे अवगत गराउन प्रशिक्षण कार्यक्रम गरिएको वडाध्यक्ष नरेशकुमार इवारामले जानकारी दिए ।

प्रशिक्षणको सहजीकरण धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले गरेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, वडा सदस्य रंगलाल गिरी, रचना नेपाली, वडा सचिव नारायण राई, भूपाल निरौलालगायतको सहभागीता रहेको थियो ।

प्रशिक्षणमा वडामा रहेका ३९ वडा टोल विकास संस्थाहरुका अध्यक्ष र सचिवर्को सहभागिता रहेको थियो ।

कार्यक्रममा वडामा उत्कृष्ट काम गर्ने टोल विकास संस्थाहरु छनौट गरि सम्मान समेत गरिएको कार्यक्रमकी फोकल परसन दीपिका कार्कीले जानकारी दिइन ।

सो अवसरमा प्रथम दसरथ टोल विकास संस्था, दोस्रो विशाल चोक टोल विकास संस्था, तेस्रो तुलसी गोविन्द टोल विकास संस्थालाई छानिएको थियो । उनीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved