पशुसेवा शाखा स्थानीय सरकार मातहतमा सञ्चालन " कृषकले भने त्यसो आभाष नै पाएनन्"

  • चैत २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ देशमा संघीयता आएसँगै धरानस्थित पशु सेवा शाखा स्थानीय तह मातहत सञ्चालन भएको छ । सर्वसाधारणको सहजताका लागि कृषकको जीवन स्तर उकास्न विभिन्न कार्यक्रम पनि ल्याएको छ । तर कृषकले स्थानीय सरकारले सञ्चालन गरेको आभाष भने गर्न पाएका छै्रनन् ।

पशुमा लाग्ने रोगको् निराकरणसँगै पशुपालक कृषको जीवन स्तर उकास्ने उद्देश्यले स्थापना भएको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकलाई पर्ने समस्याको समाधान गर्दै आएको छ । विगतमा संघीय सरकारमार्फत सञ्चालित पशु सेवा शाखा अहिले स्थानीय सरकार मातहतमा सञ्चालन भइरहेको छ । पशु सेवा शाखा केही बर्ष अगाडि संघीय सरकारमार्फत धरान ८ बगरगाछीमा सानो कोठामा सञ्चालनमा आएको थियो ।

त्यसबेला कृषकहरुले आफूले पालेको पशुमा समस्या आए उपचारसँगै परामर्श दिने गरेको थियो । तर अहिले यो शाखा धरान उपमहानगरपालिकामार्फत सञ्चालनमा रहेको छ । धरान १३ कृषि उपज बजारभित्र आफ्नै भवनमा यो शाखा सञ्चालन भइरहेको छ । यसले पशु प्रजनन्, नश्ल सुधार, पशुमा कृतिम गर्भाधान, पशुपालन सम्बन्धी जनचेतनामूलक कार्यक्रम, पशुपालनसम्बन्धी तालिमका साथै रोग नियन्त्रणका लागि विभिन्न खोप कार्यक्रम सञ्चालन गर्ने गरिएको पशुशाखा सेवाका पशु विकास अधिकृत महेन्द्रकुमार पैकराले बताए ।

उनले पशुमा लाग्ने मुख्य रोग निराकरणमा यो शाखाले खोप कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । उनले भने पशुमा लाग्ने रोगका विरुद्धमा बर्षेनी खोप लगाउने गरेका छौं, पशुमा महामारी नफैलियोस् भन्ने उद्देश्यले बर्षमा एक पटक पशुलाई खोप लगाउने गरेका छौं ।’उनका अनुसार अहिलेसम्म धरान उपमहानगरपालिकामा रहेका २० वटै वडाका पशु कृषकहरुको समस्या समाधान गर्नकै लागि ल्याव नभएका कारण कुनै समस्या आइहालेमा पशुको रगत संकलन गरेर विराटनगर तथा काठमाण्डौ पठाउने गरिएको छ ।

यो शाखाले पशुहरुको व्यवस्थित उपचारका लागि धरान ६ पानकारीमा सम्पर्क स्थान समेत स्थापना गरेको छ । यसल धरानको वडा नं. ४, ५ र ६ हेर्ने गर्दछ । जटिल समस्या भएको अवस्थामा भने यी वडामा धरान शाखाले हेर्न गरेको प्रमुख पैकरा बताउँछन् । अहिलेसम्म कति पशुमा खोप लगाएको भन्ने यकिन नभए पनि पशुमा लाग्ने खोरेत रोग लगायत अन्य खोप अनगिन्त पशुमा लगाइएको उनको भनाई छ । यो शाखालाई अझ व्यवस्थित गर्न ल्याव यही सञ्चालनमा ल्याउने तयारीमा रहेको छ ।

प्रमुख पैगराले पशुको शल्यक्रिया समेत यही शाखाबाट गर्ने तयारी गरिरहेको जानकारी दिए ।अहिले भने पशुसम्बन्धी उपचार, पशुसम्बन्धी प्रविधि ज्ञान, रोगको पहिचानको सामान्य ज्ञान कृषकलाई सिकाइने गरिएको उनले जानकारी दिए ।यसमा स्थानीय सरकारले समेत भरपुर सहयोग पु¥याएको बताइएको छ । धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लले स्थानीय सरकारले पनि पशुपालक कृषकलाई सहयोग पु¥याएको बताउँदै शाखामार्फत पशुसम्बन्धी हरेक गतिविधि बढाउँदै आएको बताए ।

पशुहरु विरामी हुँदा किसानको घरघरमा ट्रिटमेन्टसँगै पशुपालक कृषकरुलाई सहुलियतमा अनुदान प्रदान गर्ने गरेको उनले बताए । देशमा संघीयता आएसँगै कृषकको जीवन स्तर उकास्न स्थानीय स्तरबाटै विभिन्न कार्यक्रम अगाडि सारिएको छ । विगतमा संघीय सरकारमार्फत सञ्चालित पशु शाखा स्थानीय स्तरमा सञ्चालित भए पनि नगरमा कति पशुपालक कृषक छन् भन्ने यकिन तथ्यांक समेत राख्न सकिएको् पाइदैन ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved