समाचार

    Showing 4,581-4,590 of 10,029 items.
  • पत्रकारको क्षमता विकास तथा मल्टिमिडीया तालिमको समापन

    विजयपुर / नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा आन्तरिक तथा मामिला कानुन मन्त्रालयको संयोजनमा शुक्रबारदेखि शुरु भएको ३ दिने मल्टिमिडीया तालिम आईतवार समापन भएको छ । कोशी प्रदेशको संखुवासभा ,धनकुटा, भोजपुर, खोटाङ ,उदयपुर,मोरङ र सुनसरीका ३० जना पत्रकारहरुको सभागिता रहेको थियो । कार्यक्रम उदयपुर बेलका स्थित सोमबारेमा रहेको बेलका बिच रिसोर्टमा सम्पन्न भएको थियो । तीन दिने मल्टिमिडिया अर्थात मोबाइल पत्रकारिताको बारेमा प्रशिक्षण गराइएको थियो। पछिल्लो समय छापा भन्दा अनलाईन समाचारले बढि प्रभाव पार्ने भएकाले छिटो छरितो ढंगले समाचार संकलन गरि मोबाइलबाट नै लेखेर मिडियामा पढाउन सहज हुने भएकाले

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 871 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • विश्व वातावरण दिवस मनाइँदै

    धरान / ‘प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौ, वातावरणमैत्री विकल्पको उपयोग गरौ’ भन्ने नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइएको छ । प्रत्येक बर्ष जुन ५ का दिन विश्वभरि मनाइने गरिएको यो दिवस नेपालमा पनि मनाइने गरिएको हो । आजको दिन धरानमा समेत विभिन्न स्थानको सरफाई गर्दै विश्व वातावरण दिवस मनाइएको छ । उपमहानगरपालिका, विभिन्न वडाहरुले छुट्टाछुट्टै रुपमा विश्व वातावरण दिवस विभिन्न स्थानको सरसफाइ गरी मनाएका छन् । यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १९ को आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयको संयुक्त व्यार्नर सामुदायिक प्रहरी साझेदारीसहित हरिय

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 891 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • विपद् व्यवस्थापन पूर्व तयारी गोष्टि सम्पन्न ।

    रंगेली / विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि नगर स्तरीय कार्यशाला गोष्टि भएको छ । सोम्बार रंगेली नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिका भरि रहेका खोला नालाहरु मा बर्खाको समयमा नगर बासिले खोलानाला बाट भोग्नु पर्ने समस्या र सवधानका लाई बर्षा सुरु हुनु अगावै के कसरी त्यस्ता जोखिम बाट बचन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियोे । उक्त कार्यक्रममा बक्राह खोला, चिस्याङ खोला, मरिया खोला, डाँस खोला लगायत अन्य खोला नालाले वाडी पस्ेको घरधुरी हरु कत्तिको जोखिम रहेको भन्ने बिषयमम छलफल समेत भएको थियो। कार्यक्रममा वडा नं ३ मा रहेको चिसाङ खोलाले विगतमा काजीमान चोक देखि बाबुसाहेब टोल

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जिल्ला प्रशासन इलामलाई आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्न आग्रह

    इलाम /   इलामको रोङ गाउँपालिका– ३ कुटि डाँडा स्थित पाथीभरा मन्दिरमा सङ्कलन भएको भेटी (नगद, सुन र चाँदी) हिनामिना भएको विषयमा पालिका र जिल्ला प्रशासन कार्यालय बिच विवाद उत्पन्न भएको छ । रोङ गाउँपालिकाले सर्वदलीय बैठक बोलाएर पाथीभरा संरक्षण संस्थामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय इलामलाई आग्रह गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले रोङ गाउँपालिकालाई स–प्रमाण जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्राचार गनेपछि विवाद सुरु भएको हो । जिल्ला प्रशासन कार्यालयले गाउँपालिकालाई पत्र काटेपछि पालिका अध्यक्ष मणिकुमार स्याङ्वो सुवासले स्थानीय सरकारलाई सप्रमाण उपस्थित ह

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 1,044 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • खडेरीका कारण कृषक मारमा

    धरान/  एक हप्ता समय भन्दा अगाडिदेखि भएको खडेरीका कारण धनकुटाका कृषक मारमा परेका छन् । खडेरीका कारण समयमै पानी नपर्दा लगाएको बर्खे बाली सुकेर गएको छ । कृषकले लगाएको मकै, बदाम, तरकारी बाली तथा फूल बाली खडेरीका कारण प्रभावित बनेको हो । कृषी कर्म गरेर उब्जाएको फलफूल, अन्नबाली तथा सागसब्जी बेचेर गुजारा टार्ने कृषकहरु बढी मारमा परेका छन् । महालक्ष्मी नगरपालिका चानुवा धनकुटाका कृषक देवीबहादुर चापागाईले खडेरीका कारण लगाएको बाली, अन्नबाली तथा फलफूल सुकेर जान थालेको बताए । उनले भने–‘खडेरी परेको झण्डै एक साता भन्दा बढी भयो, अझै यो लम्बिने हो भने गाउँमा केही उत्पादन हुदैन, भोकमरीको समस्

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 589 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित जनप्रतिनिधि महासंघको अध्यक्षमा दिपक बिश्वकर्मा

    धरान/  स्थानीय तहका दलित जनप्रतिनिधिहरुको राष्ट्रिय भेलाले धादिङको निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक बिश्वकर्माको अध्यक्षतामा स्थानीय तह दलित जनप्रतिनिधि महासंघ गठन गरेको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा शनिबारदेखि सुरू भएको भेलाले २१ सदस्यीय तदर्थ समितको गठन गरेको हो।महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन्। त्यसै गरि महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा चयन भएका छन्। भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना बिक उपमहासचिव चयन गरेको छ। महासंघको सचिवमा शुक्लागण्डकी नगरपालिका

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहलेश युथ क्लब सिराहा भलुवा गोल्डकपको उपाधी नजिक

    दुहबी / सुनसरीको दुहबी ७ स्थित भलुवा खेल मैदानमा जारी ९ औ भलुवा गोल्ड कप फुटबल प्रतियोगिताको आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेश युथ क्लब सिराहाले बिरगंज युनाइटेड पर्सा लाई २-० गोल अन्तरले पाखा लगाउदैं उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ ।   निर्धारित समय ८० मिनेटको खेलमा पहिलो हाफको ४० मिनेट सम्म दुवै तर्फबाट प्रतिस्पर्धात्मक खेल भएपनि गोल रहित बराबरी भएको थियो । दोस्रो हाफको ७ औं मिनेटमा सहलेश युथ क्लब सिराहाका खेलाडी योनेपोलियनले १ गोल गर्दै अग्रता लिएका थिए । लगतै १८ औं मिनेटमा सहलेश युथ क्लब सिराहाका खेलाडी समीर तामाङले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 953 पटक पढिएको
    • " चन्दन रौनियार"
  • भ्रष्टाचार मुद्दा लागेका वीपीका पुर्वउपकुलपति दाससहित ३ जनालाई कैद र जरिवाना

    धरान / भ्रष्टाचार मुद्दा लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ ।   विशेष जिल्ला अदालत काठमाडौंका न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले दास सहोत अरविन्दकुमार सिन्हा र  नन्द कुमार थापालाइ दोषी ठहर गर्दै जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ। अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन्।  प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकह

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 1,379 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा कोशीको पानी ल्याउन समन्वय गर्न मेयरको संयोजकत्वमा समिती गठन

    विजयपुर / कोसीको पानी ल्याउनको लागी समन्वय गर्न मेयर हर्कराज राइको संयोजकत्वमा ५ सदस्यीय समिती बनेको छ । उपमहानगरको आज बसेको बैठकमा संघीय सरकारले एकीकृत खानेपानी तथा ढल ब्यवस्थापन कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने भए पछि मेयर राइले बराहक्षेत्रसंग समन्वय गर्ने निर्णय गर्ने प्रस्ताब गरेका थिए । बैठकमा कार्यपालिका सदस्यहरुले बजेटको श्रोत सुनिश्चित नभैसकेकाले अहिले नै निर्णय गर्न नहुने बताएका थिए । समितिले समन्वय गरे पछि पुनः कार्यपालिकाको छलफल गरिने भएको छ । समितिमा वडा नम्बर ११,१३,१४ र १८ का अध्यक्षहरु रहेका छन् । बैठकमा धरान र इटहरीको सिमा बिबाद समाधान गर्ने जिल्ला समन्वय समितीलाई पत्राचार

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 883 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • मेयर कोईराला दुारा विराट राजाको दरबार निर्माणाधीन संरचनाको अनुगमन

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माण कार्यको  स्थलगत अनुगमन गरि ठेकेदारलाई  भेटि हाल सम्मको निर्माण कार्यको बारे जानकारी लिएका छन । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबारका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । तर निर्माण कम्पनी देवी छिन्नमस्ता कन्ट्रक्सनले ७० लाख ६५ हजार ६सय २५ रुपैयाँमा ठेक्का पारेको थियो ।अनुगमनका क्रमा मेयर कोइरालाले तोकिएको मिति भित्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन । महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथ

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 681 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved