समाचार

    Showing 3,921-3,930 of 8,517 items.
  • हिमाली तथा पहाडी जिल्ला सडक सञ्जालले जोडियो :तराई झरेर जानुपर्ने बाध्यता हट्यो

    धरान / पहाडी तथा हिमाली जिल्लाहरु तराईसँग सडक सञ्जाल जोडिएको लामो समय बिते पनि पहाडी जिल्लाबाट अर्को पहाडी जिल्लामा जान तराई झर्नैै पर्ने बाध्यता थियो तर पछिल्लो समय सडक विस्तार भएसँगै त्यो अन्त्य भएको छ । धनकुटामा करिब २०३८ सालदेखि नै सवारी साधन सञ्चालनमा आएका हुन् । धनकुटासँगै सीमाना जोडिएको पाँचथर जिल्लामा पनि करिब २०४२ सालदेखि यातायातको साधन सञ्चालनमा आएको बताइएको छ । बेलैदेखि यी जिल्लामा सवारी साधन तथा एक अपासमा सीमाना जोडिएको भए पनि धनकुटा सदरमुकामबाट पाँचथर सदरमुकाम जान तराईका सुनसरी, मोरङ र झापा र इलाम हुँदै करिब ३ किलोमिटर पार गरेर मात्र पुग्न सकिन्थ्यो । तर केही बर्ष यता पनि त्यो ब

    • प्रकाशित मितिः पुस ७, २०७९
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेटको अभाव देखाउदै ट्राफिक भवन निर्माणको काम रोकियो

    झापा / नेपालीमा एउटा उखान छ, अर्काको काम कहिले जाला घाम । दमक ट्राफिक प्रहरी कार्यालयको भवनसँग ठ्याक्कै मिल्न गएको छ । एक बर्ष भित्रमा सम्पन्न गर्ने गरी २०७६  वैैशाखमै २३ गते १ नं. प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी केदार रिजालको प्रमुख आतिथ्यतामा भवनको शिलान्यास गरिएको थियो ।तर शिलान्यास भएकै तीन बर्ष बितिसक्दा भवनको काम बल्लतल्ल ६० प्रतिशतमात्रै पूरा भएको छ । झापाको दमक ५ स्थित करिब २ करोड ८४ लाख रुपैयाँ लागतमा निर्माण शुरु भएको भवनको लामो समयदेखि निर्माणको काम रोकिएको छ । बजेट अभावकै कारण भवन निर्माणको काम लामो समयसम्म रोकिएको दमक ट्राफिक भवन निर्माण समितिका सचि

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 325 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरबाट आँखाको लेन्स बरामद

    विराटनगर / विगतदेखि नै नेपालको सुरक्षा व्यवस्थालाई चुनौति दिँदै तस्करहरु सक्रिय बन्दै आएका छन् । तर पछिल्लो समय नेपालमा आँखाको लेन्स तस्करी भएर आउने गरेको पाइएको छ । नेपालमा उत्पादन भएको आँखाको लेन्स भारत लगायत तेस्रो मुलुकहरुमा निर्यात हुने भारतबाट तस्करी भएर लेन्स आयात गरेको अवस्थामा पक्राउ गरेसँगै सार्वजनिक भएको हो । भारतबाट तस्करी भएर आयात भएको आँखाको लेन्स प्रहरीले आइतबार विराटनगर १६ बाट बरामद गरेको छ । नेपालमा सस्तो, भरपर्दो र विश्वसनीय उपचार हुने भएकोले मुख्य गरी भारत र छिमेकी मुलुक बंगलादेशबाट ठूलो संख्यामा विरामीहरु आउने गरेका छन् । प्रहरीले भन्सार छलेर भारतबाट ल्याइएको आँखामा लगाइने

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 349 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षा एवम् स्वास्थ्य उपचार सेवामा प्रतिष्ठान उत्कृष्ट

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य शिक्षा एवम् स्वास्थ्य उपचार सेवामा नेपालकै उत्कृष्ट सेवा दिने संस्था बनेको छ ।नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको देशभरिका सबै संघिय सरकारी अस्पताल तथा देशका स्वाथ्य विज्ञान प्रतिष्ठानहरुको राष्ट्रिय बार्षिक समीक्षा बैठकको प्रतिवेदनबाट वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट सावित भएको हो । समीक्षा बैठकमा पेश गरिएका वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 622 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका सामाजिक संस्थाको ध्यानाकर्षण : रजिस्ट्रारलाई बुझाए पत्र

    विजयपुर / स्थानीय चिकित्सकलाई कार्यक्षेत्रमा रोक लगाएपछि विवादित छविकी प्राडा सङ्गीता भण्डारी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप विवादमा तानिएकी छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रहेकी प्राडा भण्डारी चार महिना अघि बिपी प्रतिष्ठान आएकी हुन् । विवादमा आइरहने प्राडा भण्डारीले अनधिकृत रुपमा चिकित्सकमाथि हस्तक्षेप गरेको आरोप लागेको छ । धरानका स्थानीय चिकित्सकलाई डिपार्टमेन्टबाटै हटाउने षडयन्त्रमा लागेकी इएनटी डिपार्टमेन्टकी प्रोफेसर डा. भण्डारीविरुद्ध कारबाहीको माग गर्दै स्थानीय नागरिक समाजले प्रतिष्ठानका रजिस्ट्रार प्राडा सूर्यप्रसाद सङ्ग्रौलालाई ध्या

    • प्रकाशित मितिः पुस ६, २०७९
    • 573 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • ‘सामुदायिक विद्यालयको गुणस्तर बढाउन आवश्यक’

    धनकुटा / शिक्षाक्षेत्रको नियमक निकाय स्थानीय सरकारलाई दिइएको छ । तर पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार नआउँदा सर्वसाधारण महँगो शुल्क तिरेर नीजि स्कूलमा पढाउन बाध्य छन् । पछिल्लो समय धनकुटाको पाख्रीबास नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको खाँचो रहेको महसुस गरेको छ । धनकुटा नगरपालिका १ मा रहेको धनकुटा पख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गर्ने क्रममा वडाध्यक्ष भोगेन्द्र पाण्डेले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन जरुरी भएको बताए । उनले भने –‘सामुदायिक विद्यालयको श

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 451 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छलेका अवैध सामान बरामद

    मोरङ / मोरङको विराटनगर महानगरपालिका–१६बाट अवैधरुपमा भन्सार छलेर ल्याएका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । आइतबार राती इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलेर्र ल्याउँदै गरेको अवस्थामा प्रहरीले अवैध सामान बरामद गरेको हो । बरामद गरिएका सामानहरुमा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायत रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानको मूल्य १२ लाख ३ हजार ४ सय २० रुपैया बराबर रहकेो जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद गरिएको सामान प्रहरीले आवश्यक कारवाहीको लागि भन्सा

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 614 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महासंघको साधारणसभामा शुद्धीकरणको मुद्दा पेचिलो

    इटहरी / नेपाल पत्रकार महासङ्घ सुनसरीको १३ आँै साधारणसभा शनिबार इटहरीमा सम्पन्न भएको छ । साधारण्णसभामा विगतदेखि नै उठ्दै आएको सुद्धिकरण अभियानको मुद्दा पेचिलो रुपमा उठेको थियो । साधारणसभामा शुद्धीकरणका लागि फ्लोरबाट उठेको प्रस्तावलाई साधारण सभाले पारित गरेको छ । पारिदसँगै यसको कार्यान्वयनको प्रतिबद्धता गरिएको छ । महासंघकाचे संसोधित विधान २०७५ को दफा ७ उपदफा १ को खण्ड १ ले गरेको गरेको व्यवस्था अनुसार महासंघका सदस्यहरू पत्रकारिता पेसामा रहे नरहेको छानबिन गर्ने अधिकार दिएको छ । सोही विधानलाई टेकेर यो प्रस्ताव पास गरिएको हो । महासघका सदस्यहरुले सञ्चारकर्मीका लागि महासंघले उल्लेखनीय काम नगरेको बता

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 455 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखे

    झापा /हरेक स्थानीय तहले पछिल्लो समय स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । पछिल्लो समय झापाको दमक नगरपालिकाले समेत आफ्नो नगरमा रहेका दीर्घ रोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिकासँग सहकार्य गरेर नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको हो । यसका लागि नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । रेडक्रसका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमत रगतको आवश्यकता पर्ने, पाँच बर्ष मुनिका बालबबालिका लागि निःशुल्क रगत उपलब्ध

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 435 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट एक्स्पो : रोजगार पेभिलियनमा आकर्षण

    मोरङ \ विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा युवायुवतीहरूलाई आकर्षण बढेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरीसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए । स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य रहेका छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए । मेलामा

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 549 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved