धरान । दशै तिहारको बिदामा गृहकार्य स्वरुप दिइएको गृहकार्यमा विद्यार्थीहरुले तयार गरेको सचेतनामुलक सामग्रीहरुको धरान स्थित विष्णु मेमोरियल उच्च माध्यमिक विद्यालयले मिनि प्रदर्शनीको आयोजना गरेको छ । दशै देखि छठ सम्मको विदामा विद्यार्थीहरुले विद्यार्थीहरूले कक्षाकोठामा हासिल गरेका विभिन्न विषयको सैद्धान्तिक ज्ञान तथा सृजनात्मक क्षमतालाई व्यवहारिक रुपमा सिक्न सिकाउन गृहकार्य दिएको थियो । विद्यार्थीहरुलाई विविध परियोजना कार्य तथा मोडेल तयार गर्नका निम्ति दिइएको गृहकार्यका रुपमा तयार गरेका परियोजना कार्य तथा मोडेल समावेश गरि गत मंसिर १७ गते प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा विद्यार्थी र अभिभावक
धरान । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पिडित बनेकाहरुलाई राहत स्वरुप सहयोग गर्ने नेकपा एमालेको केन्द्रिय घोषणालाई सहयोग गर्न एमाले धरान उपमहानगर कमिटीले संकलन गरेको रहक हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि रुकुम र जाजरकोटका भूकम्पपीडितका लागि १ लाख ६६ हजार ४ सय २५ रुपैया एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज शेरधन राईलाई रकम हस्तान्तरण गरेको हो । भूकम्पपीडितका लागि १ लाख ६१ हजार १ सय २५ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ भने १८ नम्बर वडा कमिटीबाट प्राप्त नगद ५ हजार तीन सय रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गर
धरान । देशमा अस्थिरता पैदा गरेर लोकतन्त्र माथि प्रहार भइरहेको अवश्थामा पनि गठबन्धन सरकार मौन बसेको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले आरोप लगाएका छन् । अनेक बहानामा प्राप्ती उपलब्धीलाई ध्वस्त पार्न धावा बोलिरहेको अवश्थामा पनि गठबन्धन सरकार कान तेल हालेर बसेकै कारण एमालेले संकल्प यात्रा शुरु गर्नुपरेको उनले दाबी गरे । मंगलबार नेकपा एमाले धरान उपमहानगर कमिटीद्वारा आयोजित भुकम्प पिडितलाई राहत रकम हस्तान्तरण तथा संकल्प अभियानको विषयमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रममा संस्थापक मुख्यमन्त्री समेत रहेका राईले लोकतन्त्रलाई अप्ठ्यारोमा धकेल्ने काम भइरहँदा गठबन्धन सरक
धरान/ लामो समय सुस्ताएको धरानको साङ्गीतिक चहलपहल ‘धरान म्युजिक फेस्ट’ सँगै पुनः जुर्मुराएको छ । मङ्सिर १५ र १६ गते दुई दिन धरानको पब्लिक हाइस्कुलको खेल मैदानमा आयोजित ‘म्युजिक फेस्ट’ मा धरान गुञ्जायमान बन्यो । धरानको सांगीतिक माहोललाई तताउँदै दर्शकहरुको बाक्लो उपस्थितिमा भव्य रुपमा सम्पन्न ‘धरान म्युजिक फेस्ट’ धरानका उदाउँदो प्रतिभालाई ठूलो ‘प्लेटफर्म’ दिन र पूर्ण मनोरन्जनका प्रदान गर्न आयोजना गरिएको आयोजक सिल्भर इन्टरटेन्टमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए । सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा भएको ‘धरान म्युजिक फेस्ट
कृषिमा आधारित नागरिकहरूको सङ्ख्या क्रमशः घट्दै गएको भए पनि देशका अधिकांश नागरिक अहिले पनि कृषिमै आश्रित छन् । अहिले पनि करिब ६० प्रतिशत जनसङ्ख्या कृषिमै आश्रित रहेको देखिन्छ । हुन पनि देशको समृद्धि र विकासका लागि कृषि क्षेत्रको विकास अनिवार्य छ । हाम्रो देशको विकासका प्रमुख आधारहरू जलस्रोत, पर्यटन र कृषि नै हुन् । त्यसै कारण सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । अधिकांश नागरिकहरू कृषिमा आधारित भएका हुँदा ती किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन नल्याई समग्र देशवासीको जीवनस्तर माथि नउठ्ने निश्चित छ । सर्वसाधारण किसानहरूको जीवनस्तर माथि उठाउन सरकारी नीति तथा कार्यक्रम किसानमैत्री हु
इलाम/ इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएसँगै सांसद पद रिक्त बनेपछि उप निर्वाचनको तयारीका लागि नेताको दौडाहा सुरु भएको छ । उनको निधन भएसँगै जिल्लामा उपनिर्वाचनको तयारीका लागि उम्मेद्धवारका आकांक्षी नेता गाउँ गाउँमा पुग्न थालेका छन् । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आङ्कलन र चर्चा सुरु भइरहँदा काँग्रेसका दुई नेता र सुवास चन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङ गाउँ गाउँमा पुग्न थालेका छन् । उप निर्वाचन तोकिएको छैन र टिकट पनि कसले पाउने टुङ्गो नभए पनि आफूले टिकट पाउने भन्दा नेता मैदानमा उत्रिस
धरान/ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नेपाली काँग्रेसका कोशी प्रदेश सभाका नेताहरूलाई ओखलढुङ्गा कार्यक्रममा विरोध गर्ने विज्ञप्ति मार्फत खबरदारी गरेको छ । संघर्ष समितिले यसअघि एमालेका नेताहरूलाई ताप्लेजुङमा अवरोध गरेको थियो । ओखलढुङ्गामा मंगलवार नेपाली काँग्रेसद्वारा निर्मित बिपी स्मृत भवन उद्घाटन तथा नेपाली काँग्रेस जिल्ला सम्मेलनमा काँग्रेस नेताहरू सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता शेखर कोइराला लगायतका नेताहरू सहभागी हुने भनिएको छ । समितिद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ ‘उहाँहर
ओखलढुङ्गा/ राष्ट्रिय परिचयपत्रको फारम भरेका सम्बन्धित व्यक्ति लिन नआउदा ओखलढुङ्गाको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परियचपत्रको चाङ थुप्रिएको छ । ओखलढुङ्गाबाट राष्ट्रिय परिचयपत्रका लागि फारम भरेकाहरुले कार्ड लिन नआउदा कार्यालयमा नै कार्ड थन्किएको हो । राष्ट्रिय परिचयपत्रको निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले केही समय अगाडी स्थानीय तहमा अभियान सञ्चालन गरेको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा जिल्ला प्रशासन कार्यालयबाट नै आवेदन संकलन गरिरहेको छ । २०७७ साल साउन १ देखी २०८० साल कार्तिक मसान्तसम्म जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्रका लागि ईनरोलमेन
धरान/ राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महत्वपूर्ण मानिएको मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरीको सर्दुखोलादेखि झापाको पाटापुरसम्म सवा सय किलोमिटर सडक निर्माण २०७७/ ०७८ बाट शुरु भए पनि अझै अधुरै छ । कमल खोलादेखि साहदत्त खोलासम्मको ३२ किमी सडकको डिपिआर समेत पूरा भएको छैन भने राजमार्गभित्र पर्ने रुखको लगत उठाउने काम जारी छ । सम्झौता अनुसार एक बर्षभित्रमा सडक निर्माणको काम पूरा हुन कठिन छ । झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा पर्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गको लम्बाई १२७. ८ किलोमिटर रहेको छ । आर्थिक बर्ष २०७७/०७८ बाट शुरु भएको मार्ग २०८१/०८२ मा सम्पन्न हुनुपर्ने स
विराटनगर/ कोशी प्रदेशका सरोकारवालाहरुले प्रदेश सरकार,राजनीतिक दल तथा सांसदहरुलेसामाजिक क्षेत्रका समस्याहरुलाईमहत्वका साथ नलिएको आरोप लगाएका छन् । युएनडिपीको सहयोगमा कोशीप्रदेश संसदीय पत्रकार मञ्चले शुक्रबारविराटनगरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन् । सरकारले गर्नुपर्ने कामको विषयमा झक्झक्याउन सांसदहरुले गर्नुपर्ने कामको बारेमा छलफल गर्न बहु पक्षीय सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । छलफलमा खेलकुद, जेष्ठ नागरिक, अपाङ्गता, महिलामानवअधिकार, रंगकर्मी तथा संगीत क्षेत्रका अगु वाहरुले प्र देशसभाको सामाजिक विकास समिति र प्राकृतिक स्रोत साध