मोरङ /नेपाल शिक्षण परिषद्को आयोजनामा मोरङको विराटनगरमा ऐतिहासिक संस्कृत सम्भाषण शिविर सञ्चालन भइरहेको छ । करीब तीन सय सहभागीहरूले एकै स्थानमा प्रशिक्षण लिएको यो पहिलो शिविर हो । नेपालमा गुरुकुल पद्धतिको पठनपाठन र संस्कृत भाषाको जगेर्नाका निम्ति मोरङको विराटनगरस्थित लक्ष्मीनारायण वेदविद्याश्रममा पौष १० गतेदेखि २१ गतेसम्म सञ्चालन भइरहेको उक्त शिविरमा प्रदेश नं १ का झापा, मोरङ , सुनसरी , पाँचथरलगायतका जिल्लाबाट प्रशिक्षार्थीहरू सहभागी भएका छन् । संस्कृत भाषालाई लोकभाषा बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा संस्कृत गुरुकुलहरूका विद्यार्थी तथा शिक्षक एवम् आधुनिक विषयका विद्यार्थी र शिक्षक दुवै
विजयपुर / अहिले देशभर चिसो अत्याधिक बढेको छ । चिसोका कारण बृद्धबृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । तराई तथा पहाडी क्षेत्रमा अत्याधिक बढेको चिसोका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि धेरै बिमारीआउने गरेको पाइएको छ । अत्याधिक बढेको चीसोको कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका उपचारका लागि आउने गरेको डाक्टर अरुण कुमार सिंहले बताए । प्रतिष्ठानको उपचारमा आएका बच्चाहरु अधिकांश चीसोको कारण आउने गरेको पाइएको हो। चिसोका कारण बच्चामा श्वासप्रश्वास बढ्ने, ज्वरो आउने, रुघा खोकि, निमोनिया, झाडा पखााला लाग
धरान ः नेकपा एमाले १३ नं. वडा कमिटिले ज्येष्ठनागरिक सम्मान कार्यक्रममा ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार परेको राष्ट्रिय ढाका टोपी दिवसका अवसरमा सो सम्मान गरिएको हो । जसमा ७ जना ज्येष्ठ नागरिक महिला र ६३ जना ज्येष्ठ नागरिक पुरुषलाई ढाका टोपी र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा धरान उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख मञ्जु भण्डारी सुवेदी रहेकी थिइन् । उनले यस्तो उदाहरणीय कार्यमा सबै जना लाग्नुपर्नेमा जोड दिइन् । सम्मान मन्तव्य राख्नेहरुमा १३ नं. धरानका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले लोप हुँदै गएको ढाका टोपी संरक्षण
दुहबी /सुनसरीको दुहबी ५ स्थित बजार क्षेत्रको ४ प्लट(२ बिगाह) क्षेत्र खाली गराइनुका साथै नगरपालिका भित्र रहेको अवैध संरचना समेत हटाइने भएको छ । दुहबी नगरपालिकाको बिहिवारको कार्यपालिका बैठकले निर्णय गर्दै हटाउनको लागि ३५ दिने सूचना जारी गर्ने निर्णय भएको दुहबी नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले बनाए । नगरपालिकाले दुहबीको मुख्य बजार क्षेत्रको २ बिगाह क्षेत्रमा बनेको स्थायी र अस्थायी घर टहरा लगायत दुहबीको विभिन्न वडामा रहेको अवैधरुपमा बनेको भौतिक संरचना हटाउने तयारी थालेको नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले बताए । काठमाडौं लगायत देशभर अब्यबस्थित घर टहरा र अवैध संरचना हटाउने क्रम जारी
काठमाडौं / ‘दि नेपाल डिस्टीलरिज’ ४० यूपी सेगमेन्टको मदिरामा प्रवेश गरेको छ । लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो । यो ४० यूपी सेगमेन्टमा नेपाली बजारमा उपलब्धमध्येकै स्तरीय मदिरा रहेको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए । उनकाअनुसार ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको महाप्रबन्धन लामिछानेले बताए । यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको म
धरान / पूर्वको प्रमुख शैक्षिक केन्द्रका रुपमा स्थापित धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्थापनाको ६७ औं वार्षिकोत्सव मनाएको छ । क्याम्पस प्राङ्गणमा औपचारिक कार्यक्रम गर्दै महेन्द्र क्याम्पसले आफ्ना उत्कृष्ट विद्यार्थी तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान गरेको छ । यस्तै वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी खेलकुद प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीलाई पुरस्कृत गरेको छ । क्याम्पसको उन्नति र प्रगतिका लागि विद्यार्थी सङ्गठनका नेता, अविभावक, छात्रवृत्तिदाता, जग्गादाता, विद्वान, तथा अध्यापनरत साथै सेवा निवृत्त प्राध्यापकहरुले शुभकामना मन्तव्य राखेका थिए । प्राडा टङ्कप्रसाद न्यौपाने,
मोरङ / विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले तीन दिने खेलकुद सप्ताह २०७९’ सुुरू गरेका छ । कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्पार्टस तीन दिने विक सुरू भएको हो । आइतबारसम्म संचालन हुने स्पोर्टस विकमा फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए । यस विकमा उत्कृष्ट हुने खेलाडीले माघमा हुने हिसान स्पोर्टस विकमा सहभागि हसन पाउँने प्रिन्सिपल नेपालले बताए । कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले खेलकुद सप्ताह गर्दै आएको छ । कलेजमा कक्षा ११ र १२ कक्षामा अध्ययरत १५० जना विद
यातायात व्यावसायीहरु सङ्गठित बराहक्षेत्र १ स्थित तीर्थनगरी वचत तथा ऋृण सहकारी संस्थाले छैठौं वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ । आर्थिक वर्ष ०७७/७८ सालको सेयर पुँजीमा २० लाख ९९ हजार ३ सय रुपैयाँ वृद्धि गर्दै सहकारीले चालू आर्थिक वर्षमा कुल ६५ लाख ४१ हजार रुपैयाँ सेयर पुँजी निर्माण गरेको सार्वजनिक गरेको छ । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्द मगरले वित्तीय कारोबार, सामाजिक कार्यक्रम, उद्यमशीलता, व्यावसायिक कार्यक्रम र भावी लक्ष्यबारे जानकारी गराए।चालू आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष मगरले ६ करोड ८१ लाख ७७ हजार २ सय ७८ रुपैयाँ ५० पैसा निक्षेप सङ्
धरान/ राष्ट्रिय आविष्कार केन्द्रलाई धरानस्थित युएन कलेजमा विज्ञान विषय अध्ययनरत विद्यार्थीले आर्थिक सहयोग गरेका छन् । कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान संकायका ५० विद्यार्थीले शुक्रबार ५० हजार रुपैयाँ आर्थिक सहयोग गरे । कलेजका प्राध्यापक तथा युएन नवोदय हेल्पिङ हेन्डका संयोजक रामबहादुर लिम्बूसँगै आविष्कार केन्द्र पुगेका विद्यार्थीले केन्द्रका अध्यक्ष डा.महावीर पुनलाई सहयोग रकम हस्तान्तरण गरका हुन् । रकम हस्तान्तरणपछि विद्यार्थीसग कुराकानी गर्दै केन्द्रका अध्यक्ष डा.महावीर पुनले आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग जुटेको बताए । उनले वैज्ञानिक खोज अ
धरान /‘भेडेटार प्रकृतिको गहना पर्यटक भिœयाउने चाहना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा फूड फेस्टिवल सुरु भएको छ । ३ दिनसम्म सन्चालन हुने १० औं भेडेटार फुड फेस्टिबल स्थानीय जातीय, सांस्कृतिक खानेकुराका परिकार, स्थानीय कृषि उत्पादन प्रदर्शनमा केन्द्रित रहने छ । राष्ट्रिय कलाकार र स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुतिसहित आयोजना भएको फेस्टिवलमा भेडेटार हेली टुर, जिप लाइन तथा प्याराग्लाइडिङको पर्यटकले मनोरन्जन लिन सक्ने आयोजक होटल एसोसियसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन लिम्बुले बताइन् । उनले भनिन्–‘कोरोनापछिको