माघ ३ गतेदेखि महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

  • पुस ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

आइतबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले माघ ३ देखि ५ गतेसम्म विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मेयर कोइरालाले बताए ।

प्रतियोगिताले विद्यालय–विद्यालय र विद्यार्थी–विद्यार्थीबीच प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै भाइचाराको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेल्ने मेयर कोइरालाको भनाइ थियो ।

प्रतियोगिताको उद्घाटन विराटनगर–११ स्थित जनपथ माविमा हुनेछ भने अन्य विभिन्न विद्यालयका खेलमैदानमा प्रतियोगिता गरिने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

उपमेयर शिल्पा निराला कार्की, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेल, प्याब्सनका उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव अशोक लामा, शिक्षक महासंघका प्रतिनिधिलगायतको उपस्थितिमा भएको बैठकले तयारी समितिसमेत गठन गरेको छ ।

प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ । गत वर्षको प्रतियोगितामा ३० विद्यालयका ९ सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए ।

अघिल्लो वर्षभन्दा यस वर्ष विद्यालय र विद्यार्थीको सहभागिता बढी हुने अनुमान गरिएको शिक्षा शाखाकी अधिकृत तारा शर्माले जानकारी दिईन ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved