समाचार

    Showing 3,441-3,450 of 8,468 items.
  • मोडलको नगरस्तरीय हाजिरीजवाफ सम्पन्न

    धरान / धरान मोडल कलेजले नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । धरान १ मा रहेको कलेजले धरान नगरभरिका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई समेट्ने गरी आयोजना गरिएको नगरस्तरीय प्रतियोगितामा १२ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । आइतबार भएको प्रतियोगितामा दुई चरण गरी प्रतियोगिताको आयोजना गरिएको थियो । प्रारम्भिक चरणमा १२ वटा विद्यालयलाई सहभागी गराइएको थियो । जसबाट दोस्रो चरणका लागि ६ वटा समूह छनौट गरिएको थियो । छनौटमा पर्नेहरुमा पब्लिक हाइ स्कुल, ज्ञानोदय मा.वि., चन्द्र संस्कृत मा.वि., अल्पाइन मा.वि., समिट मा.वि. र भालढुंगा मा.वि. रहेका थिए । प्रतियोगितामा एम्स विद्यालयको सम

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुखानी हत्या काण्डको सम्झना

    इलामहरेक वर्ष फागुन २१ गते ५० अघिको घटना ताजा गराइदिन्छ जुन कम्युनिष्ट आन्दोलन र झापा विद्रोहको शीर्ष स्थानमा रहेको सुखानी हत्याकाण्डले । यो पटक सुखानीमा इलाम र झापाका कम्युनिष्ट नेता कार्यकर्ता भेला भएर त्यही हत्या काण्डमा सहादत प्राप्त गरेका शहिदहरुको स्मरणमा उनीहरुको प्रतिमामा माल्र्यापरण गरे । २०२९ फागुन २१ मा कम्युनिष्ट आन्दोलनका क्रममा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा फागुन २१ मा हत्या गरिएको थियो । घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको गरामनी, दाहाल चारपाने तथा राजवंशी ज्यामिरगढीका बासिन्दा थिए । उनीहरुलाई हत्या गरिएकै स्थानम

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 505 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • गाउँ गाउँमा सडक विस्तार झोलुङ्गेपुल प्रयोगविहीन बन्दैै

    धरान / गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि पछिल्लो समय झोलुंगे पुल प्रयोगविहीन बनेका छन् । झोलेंगेको विकल्प अहिले सडक बनेपछि झोलुंगे पुलको प्रयोग हुन छाडेको हो ।खोला तथा नदी तर्नका लागि बनाइएका यस्ता झोलुंगे पुल विगतमा एक गाउँदेखि अर्को गाउँ जोड्ने भरपर्दो माध्यम थियो । गाउँमा उत्पादन भएका कृषि सामग्री झोलुंगेपुल हुँदै लिएर बजारसम्म जाने र बजारबाट नुन तेल किनेर बोकेर ल्याउने भरपर्दो माध्यम बनेको थियो । तर पछिल्लो समय यस्ता झोलुंगेपुलको प्रयोग हुन छाडेपछि मर्मत सम्मारसमेत हुन नसक्दा जीर्ण समेत बन्दै गएका छन् । धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ बाट तेह्रथुम जिल्ला जोड्ने तेलिया खोलाको कंशुवा पु

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 565 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओखलढुंगामा दुर्घटना दुईको मृत्यु १२ घाइते

    ओखलढुंंगा /  ओखलढुंगामा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।जिल्लाको चिसंखुगढी गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना आइतबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी २ जनाको घटना स्थलमा मृत्यु भएको छ भने १२ घाइतेको अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउँदै गरेको ना.१ ज ८४८३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी चिसंखुगढी–३ का ५२ बर्षीय मिन बहादुर श्रेष्ठ र ७० बर्षीय भक्त बहादुर थापाको घटना स्थलमा न

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 551 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्यारुनले उचाल्यो बुढासुब्बा गोल्डकपको ट्रफी

    विजयपुर / २३ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधी क्यामरुनको एभिनियर फुटबल क्लबले जितेको छ । उपाधीसँगै एभिनियरले नगद १० लाख पुरस्कार जितेको छ । आज धरान रंगशालामा भएको फाइनल खेलमा झापाको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) लाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियर च्याम्पियन भएको हो । उपविजेता भएको केएफटिसीले नगद ५ लाख पुरस्कार जितेको छ । पहिलो पटक बुढासुब्बा गोल्डक खेलेको एभिनियरले उपाधी जित्दा तेस्रो पटकमा फाइनलमा पुगेको केएफटिसी उपविजेतामा सिमित बन्यो ।प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले ए

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 596 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • क्रिकेट प्रतियोगिताको उपाधि सरस्वतीलाई

    मोरङ / नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केसलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको प्रथम विराटनगर अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । सरस्वतीले बिहीबार भएको फाइनल खेलमा सत्यनारायण स्कुललाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरको खेलमा २९ ओभरमा सवै विकेट गुमाई १ सय २० रनको स्कोर खडा गरेको थियो । जस्मा सोनु सिंहलेले ४२ रन बनाउँदा आकाश यादवले अविजित २४ रन, आनन्द सोनीले १६ रन र विकाश कामतले ११ रनको योगदान दिए । सरस्वतीका शिवनारायण यादवले ३ विकेट लिँ

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 594 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नगर बस सञ्चालनका लागि रुटको परीक्षण

    विराटनगर /  विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको सिटी बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । बिहीबार दुईवटा बसबाट महानगरका विभिन्न रुटमा परीक्षण गरिएको थियो । कार्यबाहक मेयर कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला बसमा आफैं चढेर रुटको परीक्षण गरेका थिए । महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागिएक

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 581 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर / धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको २३ औं संस्करणमा एभेनियर फुटबल क्लब क्यामरुन फाइनल प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा पहिलो हाफको ४४ औं मिनेटमा टिम्बाले गोल गरे । दोस्रो गोल क्यामरुनले उपहार पायो । दोस्रो हाफको ४२ औं मिनेटमा एन्फा मोरङका खेलाडी सुजन चौधरीले असावधानी बेहोरे । शारीरिक रुपमा बलिया क्यामरुनी खेलाडीका अगाडि एन्फा मोरङका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे । यद्यपि खेल मोरङको पक्षमा हुन सकेन । मोरङले पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 727 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • दुध बेचेर मासिक ६८ हजार

    इलाम /  नेपालमा वैदेशिक रोजगारी नै आम्दानीका लागि मुख्य बाटो भएको ठानेर विदेश जान लाइन लाग्ने युवा जमात बढ्दै गइरहेको छ केही गरे गाउघरमै स्वरोजगार बन्न सकिन्छ भनेर नसोची विदेश जान मरिहत्ते गर्ने युवा एकपटक विदेश पुगेर आए पनि पुनः विदेशिने नै गर्छन् । गाउँमा हरेक घरका एक न एक युवाहरू पैसा कमाउन विदेशमा परिश्रम गरिरहेका छन् तर यहि केहि गर्न सकिन्छ भन्ने युवाहरु स्वदेशमै मनग्य आम्दानी गरिरहेका छन् । इलाम फाकफोकथुम गाउँपालिका ४ का एक किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । फुएतप्पा थामडाँडाका किसान भवानी खनालले दूध बेचेर मासिक ६८ हजार रुपैयाँ आम्दानी गर्न थालेका छन् । दैनिक ४

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 575 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • रामधुनी र शान्तिनगर फाइनलमा

    दुहबी / सुनसरी जिल्लास्तरीय सी डिभिजन नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रामधुनी युवा क्लब र शान्तिनगर फुटबल क्लब भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा रामधुनीले पञ्चायन क्लबलाई ४–२ ले हराउँदै फाइनलमा पुगेपछि उपाधिका लागि दुई टिमको भेट पक्का भएको हो । सरस्वती माविको खेलमैदानमा भएको खेलमा रामधुनीका लागि निवास फुयाल, महेश राउत, प्रेम सागर र संयम बस्नेतले गोल गरे । उता पराजित पञ्चायनका लागि सन्दिप लिम्बु र मिलन भुजेलले मात्र गोल फर्काउन सके । खेलमा रामधुनीका मणि मगर म्यान अफ द म्याच घोषित भए । उनलाई प्रेश चौतारी नेपाल कोशी प्रदेश कमिटी सदस्य तथा कोशीपत्र दैनिकका पत्रकार चन्दन रौनियारले

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 581 पटक पढिएको
    • " चन्दन रौनियार"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved